तपाइहरु ठूला लगानी लिएर आउनुस,हामी तपाइलाइ प्रोत्साहन र समर्थन गर्छौं,लगानीको सुरक्षा दिन्छौंः प्रधानमन्त्री ओली

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुइ दिने लगानी सम्मेलन काठमाडौमा शुरु

एनआइबि संवाददाता, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीकोलागि भर्जिनल्याण्ड भएको बताएका छन् । काठमाडौंको सोल्टी होटलमा शुक्रबारबाट शुरु भएको दुइ दिने लगानी सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीकालागि सबै किसिमको वातावरण तयार भइसकेको हुँदा मुनाफाको सुनिश्चितता रहेको बताए । उनले जुनै क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्ताहरुलाइ नेपालमा लगानीलागि आह्वान गरे ।
समृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ सरकार अघि बढेको भन्दै प्रधानमन्त्री ओली नेपालमा लगानीको सुरक्षाको प्रत्याभुतिको आधारहरु प्रस्तुत गरेका थिए । राजनीतिक स्थिरताका साथै , लगानीको सहजताकालागि सम्बन्धित कानुन निर्माण र संसोधन , भ्रष्टाचारमा शुन्य सहनशीलता , पारदर्शीता, तथा कानुनी शासन र सुशासन रहेको भन्दै उनले लगानीको सुनिश्चितताकालागि सरकार प्रतिवद्ध रहेको बताए । सरकारले लगानी संरक्षण र प्रतिफल फिर्ता लैजान पाउने अधिकारलाइ सुनिश्चित गरेको छ , लगानी गरेकाले राम्रो प्रतिफल पाएका छन्, लगानीकालािग ढिला नगर्नुस, तपाइहरु ठूला लगानी लिएर आउनुस,हामी तपाइलाइ प्रोत्साहन र समर्थन गर्छौं, सुरक्षा दिन्छौं,सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय लगानीकर्तालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
सम्मेलनमा सरकारले कृषि,जलविद्युत , शिक्षा, स्वास्थ्य, पर्यटन , पूर्वाधार विकासका क्षेत्रमा पहिल्याएका नीजी तथा सार्वजानिक गरेर ७७ वटा परियोजनाहरुको सोकेस गर्ने तयारी गरेको छ । जसमध्ये सार्वजानिक तर्फ ५० तथा नीजी तर्फका २७ परियोजना रहेको छ । प्रदेश तर्फका पनि केहि आयोजनाहरु सो केश गरिदैछ । त्यसैगरि एक दर्जन बढी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी समेत सरकारको रहेको छ । सम्मेलनमा ४० बढी राष्ट्रहरुका उच्च प्रतिनिधी लगायत ६ सय बढिको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको पनि बाक्लो सहभागिता रहेको छ ।

लगानी सम्मेलनलाइ लक्षित गरेर सरकारले सार्वजानिक नीजि साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुकासाथै विशेष आर्थिक क्षेत्र (सेज) ऐनमा संसोधन समेत गरिसकेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live