दोश्रो अनौपचारिक शिखर वार्ताकालागि चिनियाँ राष्ट्रपति भारत आउंदै , नेपालको राजकीय भ्रमण गर्ने

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चिनफिङले नेपाल र भारतमा एक एक रात बिताउने

एनआईबि संवाददाता,नयाँ दिल्ली/काठमाडौं

चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतीक्षित भारत र नेपालको  औपचारिक भ्रमणको मिति सार्वजानिक गरिएको छ । बुधबार चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सीको त्रिदिवसीय भ्रमण  सार्वजानिक गरेपछि भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले यो भ्रमण तालिका सार्वजानिक गरेको हो । शुक्रबार भारत र शनिबार नेपालको भ्रमण सकाएर राष्ट्रपति चिनफिङ सोमबार बेइजिंग फर्किने कार्यक्रम रहेको तालिका सार्वजानिक भएको छ । चीनको विदेश मन्त्रालयका अनुसार चिनफिङ भारतको ममल्लापुरमा भारतीय प्रधानमन्त्रीसँग अनौपचारिक बैठकमा सहभागी हुने र नेपालको राजकीय भ्रमण गर्ने भएका हुन् ।

भारतमा जिनफिङको एक रात

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत आउन लागेका चिनफिङ शनिबार तामिलनायडु राज्यको चेन्नई शहर पुग्दैछन् । चेन्नईबाट बाट ५८ किलोमिटर दक्षिण स्थित ममल्लापुरममा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपतिबीच अनौपचारिक वार्ता हुने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

शुक्रबार दिउँसो जिनपिंग चेन्नई उत्रने कार्यक्रम रहेको छ । त्यसपछि मोदी र जिनपिंगबीच चिया भेटको कार्यक्रम रहेको छ। साँझ ५ बजे उनीहरु ममल्लापुरमको प्रमुख ४ स्मारक अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अनौपचारिक वार्ताकालागि तय भएको स्थान शोर मन्दिरमा साँस्कृतिक कार्यक्रमसँगै ताजको फिसर्सम्यान कोभमा आयोजना गरिएको रात्रीभोजमा सहभागी भएपछि जिनफिङको शुक्रबारको कार्यक्रम सकिन्छ ।

शनिबार सोही परिसरमा मोदी र जिनफिङबीच अनौपचारिक वार्ता हुनेछ । दिवाभोज सम्म चल्ने यो वार्तामा द्धिपक्षिय व्यापार, आतंकबाद र सीमा विवादका विषयमा छलफल हुने भारतीय पक्षको भनाइ छ ।

भारत,चीन भुटानको त्रिपक्षिय मुलुकको सीमा दोक्लाममा विवाद चर्किएको बेला चिनको वुआनमा २७–२८ अप्रिल २०१८मा मोदी र चिनफिङबीच अनौपचारिक वार्ता भएको थियो । त्यसपछि दोक्लाम विवाद शान्त भएको थियो । त्यही वार्ताको दोश्रो कडीको रुपमा यो वार्ता हुन लागेको विदेश मन्त्रालयले अथ्र्याएको छ ।

कश्मीरको विशेषधिकार खारेज गरेको र लद्दाकलाइ कश्मीरबाट अलग्याएर केन्द्र शासन अन्तर्गत राखेको भारतको निर्णयमा चीनको असंतुष्टि रहेको छ । विश्वका अन्य शक्तिशाली मुलुकहरुबाट कश्मीर निर्णयलाइ भारतको आन्तरिक निर्णय भनेर समर्थन जुटाएको भारतलाइ पाकिस्तानले भने चीनको समर्थन लिएर चुनौती दिइनैरहेको छ । चीनका राष्ट्रपतिको भारत भ्रमण अघि पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफ्नो पक्षमा चीनको खुला समर्थन बोलाउन चीन पुगेका थिए । यस्तो अवस्थामा चीनका राष्ट्रपतिको भारत भ्रमण हुन लागेको छ ।

यद्यपि मोदीले चिनफिङसँगको वार्तामा कश्मीर मुद्दामा कुरा नहुने उल्लेख गरिसकेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यदि चीनका राष्ट्रपतिको तर्फबाट यसमा चासो आयो भने मोदीले उनलाइ बिस्तारमा बताउने स्पष्ट पारेका छन् । यो वार्ता भारत चीन सीमामा उत्पन्न भइरहने तनाव कम गर्ने र द्धिपक्षिय व्यापार सहज ढंगबाट अगाडि बढाउने विषयका साथै विश्वव्यापी रुपमा बढेको आतंकवादका मुद्दामा मुख्य रुपमा केन्द्रित हुने भारतको भनाइ छ ।

नेपालमा सी जिनफिङको एक रात

चेन्नईको भ्रमण सकाएर सी जिनफिङ शनिबार साँझ काठमाडौ पुग्ने कार्यक्रम रहेको छ । सीलाइ त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ । शनिबार भण्डारीले सीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यसैगरि सीले प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग डेलिगेसन सहितको औपचारिक वार्ता गर्नेछन् । अन्य राजनीतिक दलका प्रमुख नेताहरुसँग पनि सीले भेटने कार्यक्रम रहेको छ ।

जिनफिङको यो भ्रमण यस अर्थमा महत्वपूर्ण रहेको छ कि २३ वर्षको अन्तरालमा चीनका तर्फबाट कुनै राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्दैछन् । यस अघि सन् १९९६मा तात्कालिन राष्ट्रपति जियाङ जेमिन नेपालको भ्रमण गरेका थिए । त्यस यता चीनबाट यो स्तरको भ्रमण भएको थिएन् ।

सीको पहिलो कार्यकालमा सन् २०१६मा नेपाल भ्रमण गर्ने चर्चा चलेपनि त्यो स्थगित भएको थियो । यसअघि २०१२मा चिनिया प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमण गरेका थिए ।

केरुङ काठमाडौं रेलमार्ग निर्माणको घोषणा र संझौता यो भ्रमणको मुख्य हाइलाइट रहेको छ । यद्यपि यो रेलमार्ग निर्माणको संझौतामा नेपालले निकै सावधानी पुरयाएर गर्नुपर्ने सुझाव आएका छन् । पूर्ण रुपमा अनुदान सहयोगमा बनाइदिन चीनलाइ आग्रह गनपर्नेु सुझाव समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएका छन् । यसका अलाबा यो भ्रमणमा सडक निर्माण, उर्जा लगायतका क्षेत्रमा पनि संझौताहरु हुन सक्ने अनुमान गरिएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live