२३ वर्ष पछि चिनियाँ राष्ट्र्पति नेपालमा, काठमाडौंमा भव्य स्वागत, रेलमार्ग संभाव्यता अध्ययन गर्ने सीको घोषणा

तस्वीर सौजन्य:रासस

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं

दुइ दिने भ्रमणकालागि शनिबार काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङ शीतल निवासमा समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्ता पछि सोल्टी होटलमा आयोजना गरिएको रात्री भोजमा सहभागी भए । सीको सम्मानमा राष्ट्रपति भण्डारीले आयोजना गरेको यो रात्रीभोजमा भण्डारीले सीको आगमनमा स्वागत मन्तव्य राखिन भने सीले कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल प्रतिको आफ्नो सदभाव,सहयोग र सहकार्यका योजनाहरु घोषणा गरेका थिए ।

सीको सम्मानमा काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको रात्रीभोजमा दुवै समकक्षीले के भने ?

राष्ट्रपति भण्डारीले के भनिन ?

  • नेपाली जनताले केरुङदेखि काठमाडौ हुँदै लुम्बिनी सम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउँदै रेल्वे क्षेत्रमा चीनसँग रहेको उच्चतम प्रविधि र उपलब्ध श्रोत साधनका कारण नेपालीहरुको यो चाहना छिटै पुरा हुने विश्वास व्यक्त गरिन् ।

  • सीमावारपार कनेक्टिभिटीकालागि भएका पूर्वाधारमा सुधार गर्नुपर्ने कुरामा जोड दिइन ।

  • नेपाल र चीनबीच पारस्परिक विश्वास, सम्मान र हितमा आधारित सम्बन्ध घनिष्ठ, मजबुत र समस्यारहित रहेको बताइन् । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न सन् २०३० सम्ममा मध्यम आय भएका मुलुकमा उन्नत हुने उद्धेश्य राखेको बताउँदै यो उद्धेश्य प्राप्तिकालागि वैदेशिक लगानीको खाँचो औल्याइन् । चिनियाँ सहयोगको आवश्यक्ता औल्याउँदै भण्डारीले उत्पादनशील क्षेत्र, पूर्वाधार विकास तथा जलश्रोतको विकासमा चीनलाइ लगानीकालागि आह्वान गरिन् र लगानी सुरक्षाको प्रत्याभुति नेपाल सरकारले दिने बताइन् ।

  • द्धिदेशीय सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उँचो रहेको छ । पंचशीलमा आधारित न्यानो सम्बन्धलाइ थप उचाँइमा लैजाने प्रशस्त संभावनाहरु रहेको बताइन् ।

  • बुद्धको जन्मस्थल लुम्बिनीलाइ विश्वशान्तिको केन्द्र बनाउने प्रयासमा चीनको महत्वपूर्ण सहयोगको अपेक्षा राखेको बताइन् ।

  • चीनले सदैव नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको भन्दै नेपालको एक चीन नीति प्रतिको प्रतिबद्धता दोहरयाइन् । चीनको हित विपरित नेपाली भुमिमा कुनै पनि प्रकारका गतिविधिहरु हुन नदिने प्रतिवद्धता पून व्यक्त गरिन् ।

  • दुवै देश र जनताको हितमा हुने गरी मित्रराष्ट्र चीनसँगको समग्र सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन नेपाल प्रतिवद्ध रहेको बताइन् ।

सीले के घोषणा गरे ?

  • चिनियाँ राष्ट्रपति सीले हिमालय सीमापार केरुंग–काठमाडौं रेल संभाव्यताबारे अध्ययन गर्ने घोषणा गरे । यो रेलमार्गको निर्माणमा चीनको त चासो थियौ ने , नेपालमा झन बढि चर्चा र चासो रहेको थियो ।

  • अरनिको राजमार्गको स्तरोन्नति र केरुङ–काठमाडौं सडकमार्गलाइ सक्रिय रुपमा अघि बढाउने ।

  • नेपालसँगको बढि भन्दा बढि सीमा नाका खोल्ने र नेपाललाइ भुपरिवेष्ठित मुलुकबाट भूजडित देश बनाउन सहयोग गर्ने ।

  • नेपाल भ्रमण वर्ष २०२० सफल पार्न चीनले सहयोग गर्ने । विश्वको सबैभन्दा बढि जनसंख्या भएको मुलुक चीनका पर्यटकहरुलाइ नेपाल भ्रमण गर्न अभिप्रेरित नै गर्ने आश्वासन दिए ।

  • दुइ मुलुकको हित हुने सहकार्य गरेर विकास र समृद्धि तर्फ उन्मुख हुने, पुस्तौंपुस्ताको मैत्रिपूर्ण सम्बन्ध र रणनीतिक साझेदारी गरेर दुइ मुलुकबीच सम्बन्ध स्थापना गर्ने र दुइ मुलुकबीचको कनेक्टिभिटि सन्जाललाइ सहज बनाउने प्रतिवद्धता व्यक्त गरे ।

  • भुकम्पपछिको पूननिर्माण परियोजनाहरुलाय सक्रियताकासाथ अघि बढाउने उल्लेख गरे ।

  • चीन नेपालको सम्बन्धमा कुनै समस्या नरहेको, मित्रता मात्र रहेको स्पष्ट पारे ।

  • नेपालमा सामाजिक स्थायित्व,सामाजिक सद्भाव र जनताको सुखी जीवन देखेर खुशी लागेको बताए ।

  • सीले लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल भएको पनि मनन गरे ।

  • आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद व्याप्त रहेको अहिलेको समयमा बहुलवाद र आर्थिक भुमण्डलीकरणलाइ सहयोग गर्नुपर्छ ।

  • आफ्नो भ्रमणका क्रममा चीन र नेपाल सम्बन्धको नयाँ खाका बनाउन सकेकोमा खुशी व्यक्त गरे ।

  • सीले चीन र नेपालको संयुक्त प्रयासबाट दुइ पक्षीय सम्बन्धको नयाँ भविष्य निर्माण गर्न आह्वान गरे ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live