चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किए

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनाआईबि संवाददाता,नयाँ दिल्ली

दुइ दिने नेपालको राजकिय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार अपरान्ह स्वदेश फर्किएका छन् । उच्चस्तरीय वार्ता तथा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सकेर सी सिधैं विमानस्थल पुगेका थिए ।

उनलाइ विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के.पी.शर्मा ओली लगायत उपराष्ट्रपति, विभिन्न सांसद , उच्च राजनीतिज्ञ, कुटनीतिज्ञ, नेपाल सरकारका उच्च अधिकारी, चीनकालागि नेपाली राजदूत, नेपालकालागि चिनियाँ राजदूत लगायतले विदाइ गरेका थिए ।

सीको सम्मानमा विमानस्थलमा सेनाले विदाइ सलामी दिएको थियो । त्यसैगरि नेपाली कला र संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएका थिए । २३ वर्षपछि चिनबाट नेपालमा राष्ट्रपति स्तरको भ्रमण भएको हो । नेपालमा करीब २१ घण्टा बिताएर राष्ट्रपति सी बेइजिंग फर्किएका छन् ।

यो भ्रमण भारतको तामिलनायडु राज्यको मामल्लपुरममा आयोजना गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीचको अनौपचारिक शिखर वार्ता पछि हुने गरि तय गरिएको थियो । शुक्रबार साँझ चेन्नई उत्रिएका सी शनिबार अपरान्ह चेन्नईबाट नेपाल तर्फ लागेका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live