उच्च शिक्षामा विश्वमा कहाँ छ त्रिभुवन विश्वविद्यालय ?

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिभुवन विश्वविद्यालयको शिक्षाको गुणस्तर खस्कियो, त्रिवि १००० प्लसमा,उत्कृष्ट ३५० भित्र भारतको दुई संस्थान 

एनआईबि संवाददाता, नयाँ दिल्ली

विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सुचीमा नेपालको स्थान पुछारमा रहेको छ । नेपालको त्रिभुवन विश्वाद्यालय उत्कृष्ट १००० प्लसको स्थानमा पुगेको छ । टाइम्स हायर एजुकेशन(टीएचई)ले जारी गरेको ‘वल्र्ड युनिभर्सिटी रयान्किंग २०२०’ले सार्वजानिक गरेको सुचीका आधारमा त्रिविको स्थान तोकिएको हो । नेपालबाट प्रतिस्पर्धामा सहभागी भएको त्रिभुवन विश्वविद्यालसँग आउदा वर्षहरुमा महत्वपूर्ण प्रगति गर्ने क्षमता रहेको तर त्यसकालागि पूर्वाधार विकास, उपकरण र मानवीय क्षमतामा अत्यधिक लगानी गर्नु पर्ने आवश्यक्ता रहेको टीएचईले सुझाव दिएको छ ।

टीएचईले तोकिएको मापदण्ड अन्तर्गत विभिन्न १३ शीर्षकका आधारमा करीब १४सय विश्वविद्यालयहरुको मूल्याँकन गरेको थियो । गत वर्ष(२०१९)मा पहिलो पटक त्रिवि उत्कृष्ट ८०० देखि १०००को सुचीमा परेको थियो । एकै वर्षमा यो स्थान पून पछि धकेलिएको छ । नेपालमा विश्वविद्यालयहरुको गुणस्तरीय शिक्षाको वहस छेडिएको बेला विश्वको उत्कृष्ट विश्वविद्यालयको सुचीले नेपालमा उच्च शिक्षाको स्तरमा सुधारको टड्कारो खाँचो औल्याएको छ ।

उत्कृष्ट ३५० भित्र भारतका दुइ संस्थान

प्रतिस्पर्धामा यो पटक भारतीय विश्वविद्यालयको प्रदर्शन पनि खस्केको छ । यो वर्ष विश्वका उत्कृष्ट ३००सुचीमा भारतको एउटा विश्वविद्यालयल पनि पर्न सकेन । पछिल्लो सात वर्षमा पहिलो पटक उत्कृष्ट ३००बाट भारतका विश्वविद्यालयल बाहिरिएको हो । आईआईटी,खडगपुर र आइआइटी,बम्बे सन्२०१३ मा उत्कृष्ट ३०० भित्र पर्न सफल भएका थिए । त्यसपछि लगातार यो स्थान कायमै रहेको थियो ।

उत्कृष्ट ३५०मा भने भारतको इन्डियन इन्स्टिचूट अफ साइन्स(आईआईएससी) बैग्लोर र भारतीय औद्योगिक संस्थान(आईआईटी),रोपर पर्न सफल भएको छ । आईआईटी दिल्ली,खडगपुर र जामिया मिल्लिया समेत केहि विश्वविद्यालयको रेन्किंगमा यस वर्ष सुधार आएको छ । दिल्ली विश्वविद्यालय र जवाहरलाल नेहरु विश्वविद्यालय उत्कृष्ट ६०० प्लसमा रहेका छन् ।

समग्र र्यान्किंगमा गत वर्षको तुलनामा भारतीय विश्वविद्यालको संख्या भने यस पटक धेरै छ । २०१८मा ४९ संस्थानले यसमा स्थान ओगटेका थिए भने यो वर्ष ५६ संस्थानले स्थान बनाएका छन् । यो वर्ष उत्कृष्ट ५०० को सुचीमा भारतका ६ विश्वविद्यालयले स्थान बनाएका छन् । चीनको सिंगुवा युनिभर्सिटी ग्लोबल रेन्किंगमा २३ औं र पेन्किंग २४ औं स्थानमा पुगेको छ ।

विश्वका उत्कृष्ट १०मा अक्सफोर्ड पहिलाे 

विश्वका उत्कृष्ट १० विश्वविद्यालयको सुचीमा लण्डन अब्बल रहेको छ । लण्डनको अक्सफोर्ड विश्वविद्यालय पहिलो नम्बरमा रहेको छ । पछिल्लो चार वर्षदेखि अक्सफोर्ड पहिलो नम्बरमा कायमै छ । उत्कृष्ट १०मा लण्डनको ३ र अमेरिकाको ७ विश्वविद्यालय रहेका छन् ।

१.अक्सफोर्ड यूनिवर्सिटी,लण्डन
२. कैलिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी,अमेरिका
३. यूनिवर्सिटी अफ कैम्ब्रिज,लण्डन
४.स्टैनफोर्ड यूनिवर्सिटी,अमेरिका
५.मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी,अमेरिका
६प्रिंसटन यूनिवर्सिटी,अमेरिका
७.हार्वर्ड यूनिवर्सिटी,अमेरिका
८.येल यूनिवर्सिटी,अमेरिका
९.यूनिवर्सिटी अफ शिकागो,अमेरिका
१०.इम्पेरियल कलेज लन्डन

ग्लोबल रैकिंगमा विश्वका ९२ मुलुकका लगभग १३९६ विश्वविद्यालय सहभागी थिए । विश्वविद्यालयहरुको पढाईको स्तर, अनुसंधान, औद्योगिक आय, अन्तराष्ट्रिय दृष्टिकोण लगायत १३ विभिन्न शीर्षकका मापदण्डका आधारमा यो सुची सार्वजानिक गरिएको हो । लण्डनमा मुख्य कार्यालय रहेको प्रकाशित टीएचईले पछिल्लो २०११ देखि यो रेन्किंग प्रकाशित गर्दै आएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live