सी र मोदीको वार्ताकालागि मामल्लपुरम नै किन ?

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चेन्नईबाट झण्डै ५८ किलोमिटर दक्षिणमा रहेको मामल्लपुरममा शुक्रबार र शनिबार भेटदैछन् । यसलाइ अप्रिल २०१८मा चीनको वुआन शहरमा जिनपिङ र मोदीबीच सम्पन्न अनौपचारिक शिखर वार्ताको दोश्रो श्रृखंलाको रुपमा प्रस्तुत गरिएको छ ।

सामान्यतया भारतीय राष्ट्रप्रमुख अथवा सरकार प्रमुखहरुले यस्तो उच्चस्तरीय भेटवार्ता नयाँ दिल्लीमै गर्ने परम्परागत शैली रहेको छ । तर यो शैलीलाइ थाती राख्दै यो अनौपचारिक शिखर वार्ता तामिलनायडु राज्यको तटीय शहर ममल्लापुरम(महाबलीपुरम)मा गर्ने तयारी गरिएको छ ।

चिनियाँ राष्ट्रप्रमुखसँगको भेटवार्ताकोलागि मोदीले किन यो शहर नै चयन गरे होलान त ? यसका दुइ कारण हुन सक्ने अनुमान गरिएको छ । मोदीले राज्यका अन्य द्रबिडियन दलहरुलाइ भारतीय जनता पार्टी नेतृत्वको सरकार तामिलनायडु राज्यकालागि गम्भीर छ भन्ने संदेश दिन खोजेको हुन सक्छ अथवा यो शहरसँग चीनको कुनै ऐतिहासिक सम्बन्ध पनि हुन सक्ने जानकारहरुले अनुमान गरेका छन् । यसकोलागि इतिहास तिर फर्किनुपर्ने हुन्छ ।

मामल्लापुरमको इतिहास

गुप्त वंशको पतनपछि दक्षिण भारतमा पल्लव वंश सत्तामा आए । तेश्रो शताब्दीदेखि नवौं शताब्दी ईस्वीको अन्त सम्म उनीहरुले शासन गरे । पल्लव शासनको सबैभन्दा राम्रो समयावधि ६५० र ७५० इस्वीको बीचलाइ मानिन्छ । यो युगलाइ स्वर्ण युग पनि भनिन्थ्यो । पल्लवहरु गहिरो चिन्तक, विचारक थिए र निकै शक्तिशाली पनि ।

मामल्लपुरम, जसलाइ महाबलिपुरमा पनि भनिन्छ । पूर्वी तटीय रोडमा अवस्थित छ । यो शहरको नाम ‘मामल्लन’ शब्दबाट लिइएको हो । जसको अर्थ महान योद्धा हुन्छ । पल्लव वंशका राजा नरसिंहवर्मन प्रथमको पराक्रमबाट नै यो क्षेत्रको नामाकरण भएको मानिन्छ । वर्मनले इस्वी सन् ६३० देखि लगभग ६७० सम्म यो क्षेत्रमा शासन गरेका थिए । उनी आफ्नो कला र मुर्तिकला प्रेमकालागि पनि प्रख्यात थिए । यस क्षेत्रमा अहिले देखिएका अखंड राक–कट संरचनाहरु उनकै समयमा निर्माण भएको मानिन्छ ।

यो शहर यही वर्षहरुमा पुरातत्वविद र अन्य वैज्ञानिककालागि रुचिको विषय पनि रहयो । सन् २००४मा हिन्द महासागरमा आएको सुनामीले मामल्लपुरम तटलाइ दिएको टक्कर पछि अपतटीय क्षेत्रमा पनि प्राचिन कालका नयाँ शास्त्र र साक्ष्यहरु सामुन्ने आएको थियो । प्रसिद्ध शोर मन्दिरको आसपास पानी भित्र हलचल भएका कारण इतिहासका कैयौ स्मृतिहरु उजागर भएको थियो जसमा खंडहरको पर्खाल, ढुङाका मूर्तिकला तथा अन्य स्मारकहरु भेटिएका थिए ।

यो शहरलाइ विदेशी पर्यटकहरुले द सेभेन पैगोडाको रुपमा सान्दर्भिक गरेका हुन भन्ने पनि भनाइ छ । जसमध्ये पाँचलाइ अहिले पंचरथ(पाँच रथ) को रुपमा हेरिन्छ । यो क्षेत्रमा कैयौं वर्ष अघि आएको एक सुनामीमा शहरको एक हिस्सा समुद्रमा डवेको हुनसक्ने व्याख्या पनि गरिएको छ । यहाँ लगभग चार वर्गकिलोमिटर क्षेत्रमा लगभग ३२ व्यक्तिगत स्मारक छन र त्यसमध्ये १३ पहाडी क्षेत्रमा अवस्थित छ ।

मामल्लापुरमको चिनिया कनेक्सन

कला र वास्तुकलाको अलाबा , नरसिंह वर्मन प्रथम केहि त्यस्ता राजाहरुको पर्दथे जो युद्धमा कहिल्यै पराजित भएनन् । उनी व्यापार र साझेदारी गर्नमा पनि निपूण थिए । अन्य मुलुकहरुसँग, विशेष गरेर छिमेकी मुलुकहरुसँग व्यापापरिक साझेदारी गर्नकालागि उनी समझदार मानिन्थे ।

केहि उपलब्ध साहित्यिक प्रतिवेदन अनुसार पल्लव राजाहरुको चीनसँग व्यापार र रक्षा सम्बन्ध गाँसिएको थियो । जस अनुसार त्यतिबेलाको एउटा शक्तिशाली राष्ट्रको हैसियतमा वर्मनले चीनसँग तिब्बतको विकासलाइ नजीकबाट नियाल्नमा सहयोग गर्ने सहमति गरेका थिए ।

चीनका एक प्रसिद्ध बौद्ध भिक्षुहरु मध्येका एक बोधिधर्म पल्लव राजाको तेश्रो पुत्र रहेको पनि मानिन्छ । उनले ईस्वी ५२७मा चीनकालागि काँचीपुरमको मामल्लपुरमदेखि चीनसम्मको यात्रा तय गरेका थिए ।

पुरातत्वविद र इतिहासकारहरुद्धारा गरिएको विभिन्न अध्ययन अनुसार मामल्लपुरमको चीन,श्रीलंका र अन्य दक्षिण पूर्वी एशियाली मुलुकहरुसँग पनि व्यापारिक सम्बन्ध थियो । चीन,फार्सिया र रोमका सिक्काहरु पनि मामल्ल्पुरममा पाइएको छ । यी सिक्काहरु पल्लवकालागि व्यापारीक केन्द्रका रुपमा काममा आएको थियो ।

भारतीय पुरातत्व सर्वेक्षण(एएसआई)का अनुसार, यो पेरिप्लस(१ ईस्वी,पेरिप्लस समुद्री बन्दरगाहको नक्सा कोरिएको कागजी दस्तावेज हो ) र टालेमी(ईस्वी सन् १४०,टालेमी रोम सभ्यताका प्रख्यात भूगोलविद् हुन् ) को समयमा एउटै समुद्री बन्दरगाह रहेको थियो । कैयौं भारतीय उपनिवेशवादीहरु यो बन्दरगाह शहरको माध्यम प्रयोग गरेर दक्षिण पूर्वी एशियाकालागि रवाना भएका थिए ।

त्यहाँ वास्तुशिल्पका केहि त्यस्ता प्रमाणहरु पनि भेटिएका छन् जसले महेन्द्रवर्मन प्रथम(ईस्वी सन् ६००–६३०) को समयकालभन्दा पछिल्तिरको घटनाक्रमलाइ पनि उजागर गर्छ । चिनिया यात्री ह्वेन त्सांङले पनि आफनो यात्रा रेकर्डमा यो समुद्री बन्दरगाहबारे उल्लेख गरेका छन् ।

ऐतिहासिक कनेक्सनका साथै लगानी सम्बन्ध

शिखर वार्ताकालागि मामल्लापुरम नै चुन्नुको पछाडि ऐतिहासिक कनेक्सनका अलावा अर्को पनि एक कारण हुनसक्ने अनुमान गरिएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र उनका शीर्षस्थ अधिकारीहरुलाइ चढेको विमानको अवतरणकालागि निकै ठूलो रनवे आवश्यक पर्छ । शिखर सम्मेलनकालागि छलफल गरिएको शहरहरुमा त्यस्तो रनवे छैन् । अन्यथा आफनो निर्वाचन क्षेत्र वाराणसीमा यो शिखर वार्ता गराउने मोदीको चाहना थियो ।

त्यसैगरि उदयपुर र मुम्बई पनि वार्ता स्थलकालागि छलफलमा थियो । तर त्यहाँको पूर्वाधार पर्याप्त नभएका कारण अन्तत मामल्लपुरमको छनौट भएको हो । चेन्नईमा यस्तो विमान अवतरणकालागि पूर्वाधार हुनु र सबैभन्दा नजीक ऐतिहासिक कनेक्सनको शहर मामल्लापुरम पर्ने भएको हुँदा यही स्थान छानिएको भन्ने पनि छ ।

अर्को कुरा तामिलनायडु राज्यमा चिनियाँ लगानीको केन्द्र पनि हो । थुप्रै चिनिया फर्महरुका औद्योेगिक कारखानाहरु यही क्षेत्रमा छन् । कारण जे भएपनि २००० वर्ष अघि यो शहरबाट भारत र चीनबीच द्धिपक्षिय व्यापारको बिजारोपण भएको मानिन्छ । आज द्धिपक्षिय व्यापार ६० अर्ब डलर पुगेको छ । अहिले चीन भारतको दोश्रो ठूलो व्यापारिक साझेदार बनेको छ भने भारत दक्षिण एशियामा चीनको सबैभन्दा ठूलो व्यापारिक भागीदार हो ।

एक हजार बढि चिनियाँ कम्पनी भारतमा कारोबार गरिरहेका छन् । चीनको भारतमा ८ अर्ब डलर बराबरको लगानी छ । २ लाख बढि भारतीयलाइ रोजगारी दिएको छ । त्यसैगरि चीनमा दुइ तिहाइ बढि भारतीय कम्पनीहरु लगातार मुनाफामा काम गरिरहेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live