गान्धीको जन्मदिनमा ऋतिक–टाइगरको ‘वार’

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

बलिउडका दुइ चर्चित एक्सन हिरोहरु यही अक्टोबर २ तारिखका दिन  सिनेमा घरमा वार (युद्ध)गर्नेछन् । गान्धीको जन्मदिनको दिन ऋतिक रोशन र टाइगर श्राफ अभिनित बहुप्रतीक्षित चलचित्र ‘वार’ प्रदर्शन हुँदैछ । ऋतिक रोशन र टाइगर श्राफको जोडी पहिलो पटक यो चलचित्रमा देखिदैछन् । वारलाइ बलिउडको अहिलेसम्मको सबैभन्दा ठूलो एक्सन फिल्म दाबी गरिएको छ । वारमा ऋतिक र टाइगर खतरनाक जंग लडेका छन् ।

हलिउडका चार द्धन्द निर्देशकको कोरियोग्राफी

चलचित्रमा हलिउड स्टाइलका एक्सन दृश्यहरु देख्न सकिनेछ । विश्वका विभिन्न ७ मुलुकमा छायाँकन गरिएको सिनेमामा हलिउडका ४ दिग्गज द्धन्द निर्देशकले एक्सन सिनकालागि कोरियोग्राफी गरेको बताइएको छ । हलिउडको जस्तो एक्सन सिनकालागि भर्खरै बाहुबली अभिनेता प्रभासको साहो पनि निकै चर्चामा रहेको थियो ।

ऋतिक र टाइगरको कनेन्सन

ऋतिक बलिउडमा उत्कृष्ट नृत्य, द्धन्द दृश्यकालागि चर्चित छन् भने विश्वका हयान्डसम हिरोहरुको सुचीमा पनि गनिन्छन् । ऋतिक पछि नृत्य र द्धन्द दृश्यकालागि चर्चामा आएका पछिल्लो पुस्ताका अभिनेतामा टाइगर पर्छन । ऋतिक मार्शल आर्टस र ताइक्वान्दो प्रशिक्षित छन भने १४ वर्षको उमेरदेखि मार्शल आर्टस र ताइक्वान्दो सिकेका टाइगर ब्लयाक बेल्ट बिजेता हुन । ऋतिकको फ्यान मात्र नभएर उनीबाट प्रभावित भएर टाइगरले नृत्य सिकेको बताउँदै आएका छन् ।

निर्माण र निर्देशन

यशराज फिल्मको ब्यानरमा निर्माण भएको वारलाइ सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् । फिल्मलाइ भारतको सेन्सर बोर्डले प्रदर्शनकालागि अनुमति दिइसकेको छ । बोर्डले बिना कुनै सेन्सर २ घंटा३५ मिनेट अवधिको फिल्मकालागि अनुमति दिएको छ । ऋतिक र टाइगरका अलावा सिनेमामा वाणी कपुरले मुख्य भुमिकामा काम गरेकी छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live