चिनियाँ विदेशमन्त्री काठमाडौंमा

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । आइतबार काठमाडौं आइपुगेका उनलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरे । वाङ विमानस्थलबाट सिधै द्धारिकाज होटल गए । आइतबार चिनिया दूतावासको आन्तरिक ब्रिफिंगमा समय बिताएका यीे सोमबार तीनबजेदेखि शुरु हुने नेपाल र चीनबीचको दुईपक्षीय मन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीचको यो वार्ता दरबारमार्गस्थित होटल याक एण्ड यतीमा हुनेछ ।

त्यसलगत्तै दुई पक्षीय प्रतिनिधि मण्डल बीच सामान्य सहयोग सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर हुनेछ । त्यसपछि उनी केपी ओलीलाइ भेट्न बालुवाटार पुग्नेछन् । वाङले प्रधानमन्त्रीसँग एक्ला एक्लै पनि भेट्ने पनि कार्यक्रम छ । प्रधानमन्त्रीसँगको भेटपछि वाङ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नेछन । राष्ट्रपति भेटपछि उनी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले याक एण्ड यति होटलमा आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछन् । यहाँ उनले पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेतासँग सामूहिक रुपमा भेट गर्नेछन् ।

रात्रीभोजमा सहभागी भएपछि उनको सोमबारको कार्यक्रम सकिनेछ,त्यसपछि उनी द्वारिकाज होटल फर्किनेछन । मंगलबार उनले नक्साल स्थित मेरियट होटलमा राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ । उनीहरुलाई भेटेपछि वाङ द्वारिका होटल फर्कने छन् । द्वारिकामा लन्च गरेर उनी एअरपोर्ट पुग्ने कार्यक्रम रहेको छ ।

वाङ पाकिस्तानको राजधानी इस्लामावादबाट काठमाडौं आइपुगेका हुन् । उनी शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा चीन–पाकिस्तान–अफगानिस्तानको त्रिदेशीय विदेशमन्त्री स्तरीय बैठकमा सहभागी थिए । उनको भ्रमणलाइ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको रुपमा हेरिएको छ । राष्ट्रपति सी जिनफिङले कार्तिकमा नेपाल भ्रमण गर्ने भनिएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थायी सरकार बनेपछि उत्तरतर्फबाट नेपालमा भएको यो उच्च स्तरको औपचारिक राजनीतिक भ्रमण हो । राज्य परिषद समेत रहेका वाङ यस अघि सन् २०१५ अगस्तमा आएको महाभुकम्पपछि आयोजित दाता सम्मेलनम भाग लिन काठमाडौं आएका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live