नयाँ दिल्लीमा वाणिज्य सन्धि पूनरावलोकन बैठक

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वाणिज्य सन्धि पूनरावलोकन बैठक

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतको राजधानी नयाँ दिल्लीमा विहिबारदेखि शुरु भएको नेपाल भारत वाणिज्य सन्धि पूनरावलोकन सम्बन्धि तेश्रो चरणको बैठक पहिलो दिन विभिन्न विषयमा छलफल गरेर सम्पन्न भएको छ । दुइ दिन बस्ने बैठकमा भएका छलफलको निष्कर्ष शुक्रबार निकालिनेछ । वाणिज्य सन्धि नविकरण गर्नु पूर्व छलफलकालागि बसेको यो तेश्रो चरणको बैठक हो ।

बैठकमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले नेपाल तर्फको नेतृत्व गरेका छन भने भारतीय पक्षबाट वाणिज्य मन्त्रालयका सार्क डिभिजन हेर्ने अतिरिक्त सचिव भुपिन्द्र सिंह बल्ला नेतृत्वको टोली रहेको छ ।

बैठकमा नेपाल भारतबीचको बढदो उच्च व्यापार घाटा न्यूनिकरणकालागि भंसारजन्य र गैरभंसारजन्य अवरोधहरु हटाउँदै पूर्वाधार सुदृढिकरणको विषयमा दुबै पक्षबीच छलफल भएको छ । पोखरामा सम्पन्न दोश्रो चरणको बैठकले उठाएका विषयमा थप छलफल गर्नुका साथै व्यापार घाटा कम गर्न आवश्यक पर्ने व्यापारजन्य पूर्वाधार सुधार, नयाँ पहिचान र निर्माणको विषयमा गहन रुपमा छलफल हुँदैछ ।

नेपालको भारतसंगको व्यापार घाटा

२०१८–१९को तथ्याँक अनुसार नेपालको भारतसँगको व्यापार घाटा ८ खर्ब ५५ अर्ब नाघिसकेको छ । तुलनात्मक रुपमा यो घाटा करीब साढे एघार प्रतिशतले बढेको हो । नेपालले भारतबाट ९ खर्ब १७ अर्ब बराबरको सामान आयात गरेको छ भने ६२ अर्ब ७३ करोड बराबरको सामान निर्यात गरेको छ । नेपालको विश्वमा हुने समग्र १३ खर्ब २६ अर्बको व्यापारमा भारतसँगको घाटा नै उच्च रहेको छ ।

वाणिज्य सन्धि पूनरावलोक बैठकको पृष्ठभुमि

२४–२५ अप्रिल, २०१८ मा व्यापार, पारवहन तथा अनाधिकृत व्यापार नियन्त्रण समन्वयसँग सम्बन्धित नेपाल भारत अन्तर–सरकारी उप समिती (आइजीसी) को सहसचिव स्तरीय बैठक काठमाडौंमा  सम्पन्न  भएको थियो । यही बैठकमा नेपालको भारतसँगको बढदो व्यापार घाटा न्यूनिकरणकालागि २००९मा संसोधन भएको वाणिज्य सन्धिलाइ समयसापेक्ष परिमार्जन गर्नु पर्ने नेपाली पक्षको आवश्यक्ताबोध अनुरुप दुइ पक्षबीच सैद्धान्तिक सहमति भएको थियो ।

यो सहमतिलाइ गत वर्ष ११ मे २०१८ (२०७५बैशाख २८–२९)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीद्धयले अगाडि बढाउन निर्देशित गरेका थिए । त्यसपछि वाणिज्य सन्धि पूनरावलोकन सम्बन्धि पहिलो बैठक ९ अगस्त २०१८मा नयाँ दिल्लीमा बसेको थियो । एक दिनकालागि मात्र बसेको यो बैठक सन्धि पूरावलोकनको उद्धेश्य र आवश्यक्ताको सैद्धान्तिक पक्ष पहिचान गर्नमा केन्द्रित रहेको थियो ।

दोश्रो बैठक ७ फेब्रुअरी २०१९ मा पोखरामा बस्यो । पहिलो बैठकमा सहमति भएका सैद्धान्तिक विषयहरुलाइ कसरी लिएर जाने भन्ने विषयमा बुँदागत रुपमा छलफल भएको थियो । तथ्य,तथ्याँकका साथ बुँदागत रुपमा भएको छलफललाइ तेश्रो बैठकमा ड्राफ्ट बनाएर प्रस्तुत गरिने सहमति भएको थियो ।

नेपाल भारत वाणिज्य सन्धि प्रत्येक सात वर्षमा स्वत नविकरण हुने प्रावधान रहेको छ । पछिल्लो समय २०१६मा नविकरण भएको सन्धिको म्याद आगामी २०२३मा सकिनेछ । दुवै पक्षको सहमति अनुसार पछिल्लो पटक सन् २००९मा यो सन्धिमा संसोधन गरिएको थियो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live