पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यको सम्मुखमा रहेको मुलुकमा सुदृढ शान्ति सुरक्षा र राजनीतिक स्थायित्यका कारण पर्यटक आगमनमा उल्लेख्य सुधार भएको छ । अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा (स्थलमार्ग हुँदै आएका भारतीय पर्यटकबाहेक) ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या सन् २०१७ को भन्दा २५ प्रतिशतले बढी हो । पछिल्लो समयमा पनि पर्यटकको आगमन राम्रो रहेको सरकारले जनाएको छ ।

पछिल्ला वर्षमा स्थलमार्गभन्दा हवाईमार्गबाट आउने पर्यटकको संख्या बढ्दै गएको र समग्र अवस्था सुधारिदो रहेकाले भ्रमण वर्षको लक्ष्य प्राप्त हुनेमा आशा जगाएको छ । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा सन् २०१८ मा हवाइमार्ग हुँदै आउने पर्यटक ८२ दशमलव आठ र स्थलमार्गबाट आउने पर्यटक १७ दशमलव दुई प्रतिशत रहेका उल्लेख छ ।

सबैभन्दा बढी भारत, चीन, अमेरिका, श्रीलङ्का र बेलायतबाट पर्यटक नेपाल भित्रिएका छन् । चीन, थाइल्याण्ड र श्रीलङ्बाबाट आउने पर्यटक बढ्दै गएका सर्वेक्षणले देखाएको छ । भारत र चीनबाट आउने हिस्सा तुलनात्मक रुपमा केही कम देखिएपनि आगमन दरमा भने वृद्धि भएको छ ।
पर्यटकको बसाई र खर्च दरमा भने केही कमी आएको छ । सन् २०१७ मा बसाई औसत प्रति पर्यटक प्रतिदिन १२ दशमलव ६ दिन थियो । खर्च प्रतिदिन प्रतिपर्यटक ५४ अमेरिकी डलर थियो तर सन् २०१८ मा औसत बसाई १२ दशमलव चार दिन तथा खर्च ४४ अमेरिकी डलर रहेको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा पर्यटन क्षेत्रबाट ६७ अर्ब नौ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ । चालू आवको फागुनसम्म भने ४६ अर्ब ५९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।

यसवर्ष स्थलमार्गबाट आएका पर्यटक (भारतबाहेक) सबैभन्दा बढी भैरहवा नाका हुँदै ८३ दशमलव तीन प्रतिशत छ । दोस्रोमा रसुवा नाकाबाट ११ दशमलव नौ प्रतिशत आएका छन् । बिदा, मनोरञ्जन र पर्वतारोहणका लागि आउने पर्यटक दुई तिहाइभन्दा बढी रहेको सर्वेक्षणमा उल्लेख छ । भ्रमणमा आउनेमा ६० प्रतिशत पर्यटक मनोरञ्जनका लागि नेपाल आउछन् ।

पदयात्रा तथा पर्वतारोहणका लागि १६ प्रतिशत, तीर्थयात्राका लागि १४ दशमलब चार र अन्य उद्देश्यले नौ दशमलब छ प्रतिशत पर्यटक भित्रिने गरेका छन् । लुम्बिनीमा आन्तरिक पर्यटकको आकर्षण आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने नेपालको प्रमुख गन्तव्यमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनी रहेको सर्वेक्षणले देखाएको छ ।

सन् २०१७ मा १५ लाख ५२ हजार ५८६ पर्यटकले लुम्बिनीको भ्रमण गरेकोमा सन् २०१८ मा दुई प्रतिशतले कमी भए पनि आकर्षण भने राम्रो रहेको जनाइएको छ ।
लुम्बिनीमा आउने पर्यटकमा ११ लाख ५५ हजार ५सय ४४ आन्तरिक पर्यटक छन् । एक लाख ९२ हजार ४सय १० भारतीय र एक लाख ६९ हजार १सय८० अन्य मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

पर्वतारोहणमा पर्यटकको अवस्था पर्वतारोहणमा समेत पर्यटकको आकर्षण देखिएको छ । सन् २०१८ मा अनुमति लिएका पर्वतारोहण दलको संख्या २सय ८० र पर्वतारोहीको सख्या २हजार ३ सय ३० रहेको आर्थिक सर्वेक्षणमा देखाइएको छ । नेपाल पर्वतारोही संघबाट अनुमति लिएका सहित सन् २०१८ मा १ हजार ९सय १० र पर्वतारोही ८ हजार ६ सय ४१ पुगेका छन् । पर्वतारोहणमा छ हजार ५०० मिटर माथिका हिमाल सरकारले र त्यो भन्दा तलका हिमाल संघले रोयल्टी उठाउँदै आएको छ ।दुवैतर्फ गरेर सन् २०१८ मा ५८ करोड १५ लाख रोयल्टी संकलन भएको छ । सबैभन्दा बढी प्रदेश नम्बर १ अन्तर्गतका हिमालबाट मात्रै कूल रोयल्टीको ९० प्रतिशत र गण्डकी प्रदेशबाट नौ प्रतिशत सङ्कलन भएको छ ।

तारे होटल थपिए
एक वर्षमा चार वटा तारे होटल थपिएका छन् । गत आर्थिक वर्षमा १सय २५ तारे होटल रहेकामा चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १सय २९ पुगेको छ । अन्य पर्यटकीय होटल, लज तथा रिसोर्ट गत आर्थिक वर्षमा ९सय ७७ रहेकामा चालु आर्थिक वर्षको पुससम्ममा १ हजार एक सय २५ पुगेको छ । यस अवधिमा ३सय २४ होमस्टे सञ्चालन भएका छन् ।
तारे होटलको वेड संख्या गत पुस सम्ममा ४सय ४९ ले थपिएको छ । अन्य पर्यटकीय होटलको वेड संख्या चालू आवको पुससम्ममा २९ हजार १३६ पुगेको छ । क्यासिनो भने एक थपिएर आठ, ट्रेकिङ् एजेन्सी दुई हजार ६४९, ट्राभल एजेन्सी तीन हजार ५०८ र ७२ ¥याफ्टिङ एजेन्सी पुगेको जनाइएको छ ।
–रासस


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live