बिहिबार नेकपा सचिवालय बैठक बस्दै, सभामुखको विषय प्रमुख एजेण्डा

तस्वीर:रासस

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बिहिबार बस्दैछ। सचिवालय बैठकमा प्रतिनिधिसभाको सभामुख चयन प्रमुख एजेण्डा हुने विश्वास गरिएको छ।
यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख चयन गर्न बैठक बसे पनि बैठकले सभामुख चयन गर्न सकेको थिएन।
पुष ४ गतेबाट शुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनले सभामुख चयन गर्न नसक्दा संसद बन्धक भनेको छ।
नेकपाभित्र अध्यक्षद्वयले नै सभामुख पदमा आफू अनुकुलका मान्छे नियुक्त गर्ने मनोकाक्षा राख्दा संसदले सभामुख पाउन सकेको छैन। प्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष ओलीले सुवास नेम्बाङलाई सभामुख बनाउने रुचि राख्दै गर्दा पार्टीका अर्का अध्यक्ष दाहालले अग्नी सापकोटाको नामअघि सारेको बुझिएको छ।
पछिल्लो समय राष्ट्रपति विद्या भण्डारीले पनि उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सभामुख बनाउने इच्छा प्रकट गरेको बताउँदै गर्दा नेकपाभित्र सभामुख नियुक्त गर्नु फलामको चुउारा चपाए जस्तै हुँदै गएको छ।
नेकपा सचिवालयका एक सदस्यले एनआईबिसँग अनौपचारिक कुरा गर्दै बिहिबार बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठकमा उठेका एजेण्डाका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको बताए।
बैठक बिहिबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live