काठमाडौंमा गुन्जियो चौरसियाको बाँसुरीको धुन

तस्बीरःभारतीय दूतावास,काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, काठमाडौं

विश्व विख्यात बाँसुरी वादक पण्डित हरिप्रसाद चौरसियाको सुमधुर वाँसुरी वादन प्रस्तुति काडमाडौंमा सम्पन्न भएको छ । भारतको ७३औं स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंको भद्रकालीस्थित सैनिक सभागृहमा सम्पन्न साँगीतिक प्रस्तुतिमा चौरसियाको आधुनिक तथा शास्त्रीय बाँसुरी वादनले दर्शक दीर्घालाइ मुग्ध बनाएको थियो । कार्यक्रममा पण्डित चौरसियालाइ बाँसुरीमा विवेक सोनार र देबोप्रिया रणदिवे, तानपुरामा अमृता उप्रेती र तबलामा शुभांकर बेनर्जीले साथ दिएका थिए । चौरसियाको एकल र फ्यजन प्रस्तुतिले दर्शकलाइ मंत्रमुग्ध बनाएको थियो ।

कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहभागी भएका थिए । काठमाडौ स्थित भारतीय दूतावास तथा बी.पी कोइराला नेपाल भारत फाउण्डेसको आयोजनामा सम्पन्न कार्यक्रममा भारतीय दूतावासका तर्फबाट मन्जीव पूरी सहभागी थिए ।

कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

भारत सरकारको उच्च सम्मान पदम भुषण र विभुषण दुवैवाट सम्मानित चौरसिया उत्तर प्रदेशको इलाहबादमा जन्मेका हुन । उनको अधिकाँश बाल्यकाल काशीको गंगा किनारमा बितेको थियो । ६ वर्षको हुँदा उनकी आमाको देहावसान भएको थियो । कुश्तीबाज पिताका छोरा हरिप्रसादले बाबुको अनुमति बिना नै संगीत सिक्न शुरु गरेका थिए । शुरुवातमा उनले तबला सिकेका थिए ।

आफना छिमेकी राजारामसँग संगीत सिक्न शुरु गरेका ८१ वर्षीय बाँसुरी वादकले काशीका पंडित भोलानाथ प्रसानासँग बाँसुरी बजाउन सिकेका थिए । संगीत सिकेपछि उनले अल इण्डिया रेडियोमा लामै समय काम गरे । संगीतमा उत्कृष्टता हासिल गर्ने उनको चाहनाले उनी बाबा अलाउद्दिन खाँकी छोरी र शिष्या अन्नपूर्णदेवीको शरणमा पुगे । जतिबेला अन्नपूर्ण देवीले सार्वजानिक रुपमा गायन र वादन गर्न छोडेर एकान्तवासमा थिइन । अन्नपूर्ण देवीले दिएको ज्ञानका कारण उनको संगीतमा जादूइ स्पर्श प्रस्फुटन भयो ।

बाँसुरी बादनबाट शास्त्रीय संगीतलाइ लोकप्रिय बनाएका चौरसियाले संतुर वादक पंडित शिवशंकर शर्मासँग मिलेर ‘शिव–हरि’ नामबाट केहि हिन्दीमा संगीत पनि दिए। चाँदनी, डर, लम्हे, सिलसिला जस्ता हिट फिल्मा यो जोडीले काम गरेका थिए । त्यस्तै फासले , विजय र साहिवामा यो जोडीले आफनो संगीत दिएका थिए । पंडित चौरसियाले बलिउडका प्रसिद्ध संगीतकार एस.डी बर्मन(सचिन देव वर्मन) र आर.डी बर्मन(राहुल देव वर्मन)का केहि फिल्ममा बाँसुरी बादन गरेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live