First Nepal India business online news portal

यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपिकाका प्रधानमन्त्री अबी अहमदलाइ प्रदान गरिने

एनआईबि संवाददाता,नयाँ दिल्ली

सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रदान गरिने भएको छ । शान्ति र अन्तरास्ट्रिय समन्वय जुटाउन उल्लेखनीय भूमिका निर्वाह गरेको तथा विशेष रुपमा छिमेकी मुलुक इरिट्रियासँगको बीस वर्षे लामो सीमासंघर्ष अन्त्य गर्दै शान्ति संझौताकालागि गरेको निर्णायक पहलकालागि अलीलाइ यो पुरस्कार दिने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।

नर्वेको राजधानी ओस्लोमा १०० औं नोबेल शान्ति पुरस्कार विजेता घोषणा समारोहमा अबी अहमदको नाम घोषणा गरिएको हो । आगामी डिसेम्बरमा ओस्लोमा आयाजना गरिने विशेष समारोहमा अबीलाइ करिब ९ लाख अमेरिकी डलर बराबरको पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।

२०१८ अप्रिलमा प्रधानमन्त्री बनेका अहमदले इरिट्रियासँगको शान्तिवार्ता पून थाल्ने घोषणा गरे । इथियोपिया र इरिष्ट्रियाबीच सन् १९९८ देखि २००० सम्म सीमा युद्ध चलेको थियो । अहमदको पहलमा २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै यी दुइ मुलुकबीच गतवर्ष शान्ति सम्झौता भएको थियो । उनले आबीले सन् २०१८ को जुलाईमा इरिट्रियाका राष्ट्रपति इसियास अफवेर्कीसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसका साथै उनले विवादित क्षेत्रसमेत हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री भएयता आबीले इथियोपियामा निकै धेरै सुधारका कार्यहरू गरिसकेका छन् । पदस्थापनापछि उनले कानुन तथा नियम खुकुलो पार्नुका साथै १० हजारभन्दा बढी विपक्षी नेता तथा कार्यकर्तालाई जेलमुक्त गरे । त्यसका साथै राजनीतिक प्रतिशोधका कारण देश निकाला गरिएकालाई उनले फर्काउन पहल गरे ।
गरिबी र द्वन्द्वको चपेटाबाट गुज्रिरहेको इथियोपियामा शान्ति र विकासका लागि अबीले आर्थिक सुधारका धेरै महत्वकांक्षी योजना अघि सारेको र तिनले प्रतिफल दिन शुरु गरेको इन्स्टिच्युटकी अध्यक्ष बेरिट रेइस–एन्डरसनले बताइन ।

शान्ति र सामन्जस्यकालागि नोबेल पुरस्कारले अबीको महत्वपूर्ण योगदानलाइ थप मजबुत बनाउँदै लैजाने समितिले अपेक्षा गरेको छ । इथियोपिया अफ्रिकाको दोश्रो ठूलो जनसंख्या र पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक हो ।

एउटा शान्तिपूर्ण, स्थिर र सफल इथियोपियाका कयौं सकारात्मक प्रभावहरु हुनेछन् जसले यस क्षेत्रका राष्ट्रहरुबीच भाइचाराको सम्बन्ध मजबुत पार्न मदत मिल्नेछ । पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको इच्छाको प्रावधानहरुलाइ ध्यानमा राख्दै नर्वेजियन नोबेल समितीले अबी अलि अहमदलाइ यस वर्षको शान्ति पुरस्कारकालागि योग्य ठहराएको समितिले जनाएको छ ।

सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि २ सय २३ जना व्यक्ति तथा ७८ संघसंस्थासहित ३०१ को मनोनयन परेको थियो । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि अबी सहित न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न र जलवायु क्षेत्रमा क्रियाशील अभियन्ता ग्रेटा थनवर्ग पनि मनोनयमा परेका थिए । यसअघि अमेरिकी राष्ट्रपतिद्वय जिम्मी कार्टर र बाराक ओबामा लगायतका राजनीतिज्ञले समेत नोबेल शान्ति पुरस्कार पाइसकेका छन् ।

को हुन अबी अहमद् अली?

सन् १९७६ अगस्त १५मा इथियोपियाको हालको जिमा क्षेत्रको बेशाशा शहरमा जन्मिएका अबी अहमदले कम्प्युटर साइन्समा स्नातक गरेका छन् । बेलायतको राजधानी लन्डनस्थित ग्रिनविच विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अबीले इथियोपियाको अदिस अबाबा विश्वविद्यालयबाट ‘शान्ति तथा सुरक्षा मुद्दा’ विषयमा विद्यावारिधि गरेका छन् ।
सन् १९९१को शुरुवातमा उनी सशस्त्र संघर्षमा समेत सहभागी भएको थिए । आफना दाजुको मृत्यु भए पश्चात अबीले मेन्गिस्टु हैले मरियमको माक्सिस्ट–लेनिनिस्ट शासन व्यवस्था विरुद्ध संघर्षमा पनि उत्रिएका थिए ।

सन् १९९५ मा रुवान्डामा संयुक्त राष्ट्रसंघीय शान्तिदूतका रूपमा कार्य समेत गरेका अबी सन् २०१० मा राजनीतिमा प्रवेश गरेलगत्तै सांसदमा निर्वाचित भएका थिए ।

पूर्वसैनिक ‘इन्टेलिजेन्स अफिसर’ अबी इथियोपियाकाको सत्तारूढ दल इपीआरडीएफ र ओपीडीका सभापति हुन । त्यसका साथै उनी हाल अफ्रिकाकै सबैभन्दा कम उमेरका सरकार प्रमुख पनि हुन् ।

सी र मोदीबीचको अनौपचारिक वार्तामा के के कुराकानी भयो ?

एनआईबि संवाददाता,नयाँ दिल्ली

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मामल्लपुरममा शुक्रबार साँझ ५ बजेदेखि १० बजेसम्म करीब पाँच घण्टा समय अनौपचारिक वार्तामा बिताएका छन् । भारतीय विदेश मन्त्रालयले शुक्रबार राती गरेको मिडिया ब्रिफिगंमा विदेश सचिव विजय गोखलेले दुवै नेताहरुले अनौपचारिक वार्तामा पाँच घण्टाको क्वालिटि टाइम बिताएको बताए ।

युनेस्कोको विश्व सम्पदा सुचीमा रहेको शोर मन्दिरमा आयोजना गरिएको आधा घण्टाको कलाक्षेत्र साँस्कृतिक प्रस्तुति बाहेकको समय उनीहरुले एक्लाएक्लै कुराकानीमा बिताएको गोखलेले जानकारी गराए । दुइ दिने अनौपचारिक भ्रमणमा क्रममा शुक्रबार साँझ चेन्नइबाट मामल्लपुरम पुगेका सीलाइ मोदीले महाभारतका पात्र अर्जुनले तपस्या गरेको स्थलको प्रांगणमा स्वागत गरेका थिए । दक्षिण भारतीय पहिरनमा रहेका मोदीले सी लाइ त्यहाँबाट साँस्कृति धरोहरको अवलोकन गराउँदै कुराकानीको क्रम अगाडि बढेको थियो ।

राष्ट्रपति सीलाई चेन्नईको विमानस्थलमा तामिलनायडुका राज्यपाल वनवारीलाल पुरोहितले स्वागत गरेका थिए । चेन्नई विमानस्थलमै साँस्कृतिक कार्यक्रम आयोजना गरेर सीको पारम्परिक तरीकाले स्वागत गरिएको थियो । सिले यो स्वागतको प्रशंसा गरेका थिए । सी चेन्नईबाट मामल्लपुरमकालागि प्रस्थान गरेका थिए ।

भेटवार्ताको पृष्ठभुमि

चीनको वुआनमा अप्रिल २०१८मा भएको सी मोदीको अनौपचारिक वार्ताको दोश्रो श्रृखंलाको रुपमा यो अनौपचारिक शिखर वार्ता रहेको छ । भारत र चीनबीच दोक्लाम विवाद चर्किएको समयमा यो अनौपचारिक वार्ताको वातावरण मिलाइएको थियो । त्यतिबेलाको भारत चीन सम्बन्धको पृष्ठभुमि र अहिलेको अवस्थामा खासै तात्विक भिन्नता आएको छैन् । उतिबेला भारत,भुटान र चीनको त्रिपक्षिय साँधमा रहेको दोक्लामको सीमामा भारत र चीनका सेनाहरुबीच घम्साघम्सी परेको थियो ।

अहिले भारत सरकारले जम्मु कश्मीरको विशेषाधिकार खारेज सँगै चीनको चासो रहेको कश्मीरबाट अलग्गयाएर लद्दाकलाइ केन्द्र शासन मातहत ल्याउने निर्णय गरेको छ । यो निर्णयमा एकातिर पाकिस्तानको चर्को विरोध छ भने अर्कोतिर चीनले समेत यो मुद्दामा एक समय खुलेर पाकिस्तानको साथ दिएको देखिएको छ ।

व्यापार मुख्य आवश्यक्ता

यद्यपि यो पृष्ठभुमिमा समेत यो अनौपचारिक शिखर वार्ताकालागि दुवै मुलुक तयार भएका कारण व्यापारीक सम्बन्ध नै प्रमुख देखिएको छ । चीनका उत्पादनकालागि भारत ठूलो बजार रहेको छ भने भारतकोलागि चीन व्यापारिक साझेदार । एक अर्काको आवश्यक्ता र महत्व दुवै मुलुकले बुझेका कारण नै हुन सक्छ, सौहार्दपूर्ण वातावरणमा यो अनौपचारिक भेट संभव भयो । यद्यपि चीनले बीआरआइ परियोजनामा भारतको साथ पाएको छैन् । भारतको साथ नपाएसम्म चीनको पाकिस्तान सम्मको सीपेक परियोजना अपुरो हुन्छ ।

सास्कृतिक धरोहरको अवलोकनमा भएको छलफल

यद्यपि यी कुराहरुलाइ थाति राख्दै शुक्रबार दुवै नेताहरुबीच द्धिपक्षिय हित र चासोका मुद्दाहरुमा वृहत छलफल भएको छ । गोखलेका अनुसार मोदीले दक्षिण भारतको चीनसँगको ऐतिहासिक तथा व्यापारिक सम्बन्धबारे चर्चा गरेका थिए । बोधिधर्माको उदाहरण पनि उल्लेख गरिएको थियो । बोधिधर्माले तामिलनायडुबाट बुद्धिज्मको प्रचार चीन र जापान सम्म पुरयाएका थिए ।

अर्जुन तपस्यास्थलमा भएका मनुष्य र जनावरका कलाकृति देखाउँदै प्रकृतिप्रेमी मोदीले जीवनयापनकालागि प्राकृतिका यी दुइ प्राणीहरु बीचको एकताबारे सीलाइ बिस्तार गरेका थिए । त्यसपछि मोदीले सीलाइ गणेश रथ देखाएका थिए । पल्ल्व वंशले १३०० वर्ष पहिला बनाएको यो मन्दिरको मान्यता वर्तमान सभ्यता र जीवीत सँस्कृतिमा पनि रहेको र अहिले पनि सो मन्दिरमा पुजा अर्चना हुने वास्तविकता साझा गरेका थिए ।

ऐतिहासिल स्थलको अवलोकन पछि सीले यी पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक कतिपय धरोहरबारे आफू जानकार रहेको भन्दै यस्ता कुराहरुबाट द्धिपक्षिय सम्बन्धमा उपयोग गर्ने बारे चासो राखेका थिए ।

डिनर टेबलमा के भयो कुराकानी ?

डिनर टेबलमा झण्डै दुइ घण्टा बिताएका दुइ नेताले खुला र सौहार्दपूर्ण वातावरणमा वन एण्ड वन कुराकानी गरे । दुवै नेताहरुबीच राष्ट्रिय हित, आ–आफ्ना सरकारका प्राथमिकताका विषयमा बिस्तारमा कुराकानी भएको थियो ।

प्रधामन्त्री मोदीले सीलाइ आफू जनताको मतका आधारमा पून दोश्रो पटक चुनिएर आएको बताउँदै आर्थिक विकास अबको प्राथमिकता रहेको स्पष्ट पारेका थिए । सीले मोदीको कुरामा समर्थन जनाउँदै आफू भारत सरकारसँग निकै नजीक भएर काम गर्न इच्छुक रहेको बताए ।

तस्वीर साभार:नरेन्द्र मोदी ट्वीटर

उनीहरुबीच दुइ मुलुकको आर्थिक,व्यापारिक तथा लगानी प्रोत्साहित गर्नकालागि संभाव्यताका क्षेत्रहरुबारे पनि छलफल भएको थियो । व्यापारको आकार र मूल्य कसरी बढाउने बारे पनि छलफल भयो । भारतीय प्रधानमन्त्रीले चीनसँगको व्यापार घाटा र असंतुलनका बारेमा पनि चिनपिङसँग चासो राखेका थिए ।

आतंकबादका मुद्दाहरुमा दुवै मुलुकले झेलिरहेको समस्या दुइ नेताहरले साझा गरेका थिए । दुवै नेताहरुले आ–आफ्ना मुलुकको आकार वृहत भएको भन्दै कट्टरवाद दुवै मुलुकको चासोको विषय रहेको स्वीकार गरेका थिए । दुवै मुलुकको बहुजातिय , बहुसाँस्कृति र बहुधार्मिक समाजलाइ जोगाउन सँगै मिलेर काम गर्नसक्ने सहमति गरेका थिए । यो छलफलको सार आतंकबाद दुवै मुलुकको साझा समस्या थियो ।

शनिबार क्षेत्रीय र अन्तराष्ट्रिय मुद्दामा कुराकानी हुने

शनिबार पनि सी र मोदीबीचको वान टु वान छलफल जारी रहनेछ । जसमा क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्दाहरुका विषयमा यी दुइ नेताहरुले कुराकानी गर्ने विदेश मन्त्रालयले जनाएको छ । मोदीको पहिलो कार्यकाल देखि अहिले सम्म चिनियाँ राष्ट्रपतिसँग अन्य १७  पटक भेटवार्ता गरिसकेका छन् ।

चेन्नईको मामल्लपुरमा सी–मोदी भेट

एनआईबि संवाददाता,नयाँ दिल्ली

दुइ दिने अनौपचारिक यात्राका क्रममा भारत आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार झण्डै पाँच घण्टाको समय सँगै बिताएका छन् । चेन्नई विमानस्थलमा शुक्रबार दिउँसो २ बजे उत्रिएका सीलाइ विमानस्थलमा तामिलनायडुका राज्यपाल वनवारीलाल पुरोहितले स्वागत गरेका थिए । चेन्नई विमानस्थलमै साँस्कृतिक कार्यक्रम आयोजना गरेर सीको पारम्परिक तरीकाले स्वागत गरिएको थियो ।

त्यहाँबाट ४ बजे सी झण्डै ५८ किलोमिटर दक्षिणको मामल्लपुरम पुगे । मामल्पुरममा सीलाइ दक्षिण भारतीय पारम्परिक पहिरनमा पहिरनमा मोदीले स्वागत गरेका थिए । मोदीले सीलाइ मामल्लपुरमका ऐतिहासिक, साँस्कृतिक धरोहरहरुको व्याख्या गर्दै अवलोकन गराए ।

यो भेट एकदमै अनौपचारिक रुपमा भएको थियो । सी पनि औपचारिक पोशाकमा थिएनन । औपचारिक भ्रमणमा टाई सुटमा देखिने सी मामल्लपुरमा प्यान्ट सर्टमा नै घुमिरहेका थिए ।

मोदीले सीलाइ कुन्ती पुत्र अर्जुनले तपस्या गरेको स्थान ‘अर्जुनको तपस्या स्थल’ देखाएका थिए । महाभारतका पाँच पाण्डवहरुको नाममा बनेको ‘पँच रथ’को अवलोकन गराएका थिए । त्यसैगरी  मोदीले सीलाइ सबै स्थलहरुबारे आफैले व्याख्या गर्दै अवलोकन गराएका थिए । गणेश मन्दिरको दर्शन पछि दुवै शक्तिशाली नेताहरु पंचरथ मन्दिरमा केहि बेर बसे र कुराकानी गरेका थिए ।ऐतिहासिक, साँस्कृतिक संरचनाहरु , ढुँगामा कुदिएका सदियौं पुराना मुर्तिकलाालाइ सीले पनि बडो चाख दिएर अवलोकन गरेको दृश्य देखियो ।

चीन र भारत दुवै साँस्कृतिक रुपमा सम्पन्न मुलुक हुन । मोदीको पहिलो वुआन शिखर वार्ताका क्रममा चीनका राष्ट्रपतिले पनि आफना धरोहरहरुको अवलोकन गराएका थिए । पुरातात्विक साँस्कृतिक धरोहरहरुको संरक्षण र प्रवद्र्धनमा चीन निकै गभ्भीर छ । भारतले पनि ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्वका धरोहरहरुलाइ विश्व सामु पर्यटकीय प्रवद्र्धनकोलागि उपयोग गर्ने गरेको छ ।

गणेश मन्दिरको अवलोकन पछि सी र मोदी शोर मन्दिरमा पुगे । जहाँ दक्षिण भारतको कला र संस्कृति झल्किने परम्परागत नृत्यहरु सहितको साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

मोदीले सीसँगको अनौपचारिक वार्ताको लागि दक्षिण भारतको मामल्लपुरम नै छनौट गर्नुको पछाडि  दुइ तीन वटा कारण रहेको विश्लेषण गरिएको छ ।

पहिलो, दक्षिण भारतमा भारतीय जनता पार्टीको राजनीतिक पकड कमजोर रहेको छ । पछिल्लो समयमा हिन्दीलाइ राष्ट्रिय भाषाको रुपमा बनाउने सरकारले गरेको घोषणाले यो क्षेत्रका राजनीतिक दलहरु झनै बिच्किएका थिए । जसको भर्पाइ स्वरुपमा मोदीले अमेरिकाको ह्युस्टनमा आयोजना गरिएको हाउडी मोदी कार्यक्रममा तामिल भाषामा समेत सम्बोधन गरेका थिए । अहिले सीको भ्रमणकोलागि यही क्षेत्र रोजेर उनले राज्यका द्रबिडियन दलहरुलाइ भाजपा नेतृत्वको सरकार तामिलनायडु राज्यको विकासकालागि गम्भीर छ भन्ने संदेश दिन खोजेको हुन सक्ने विश्लेषण गरिएको छ ।

दोश्रो, दक्षिण भारत कला र संस्कृतिमा निकै सम्पन्न छ । विश्व सम्पदा सुचीमा सुचीकृत शोर मन्दिर यही छ । त्यसका अलाबा कदम कदममा विश्वका पर्यटकहरुलाइ आकर्षित गर्न सक्ने साँस्कृति सम्पदाहरु छन् । विश्वका सबैभन्दा शक्तिशाली राष्ट्रका प्रमुखले यी सम्पदाहरुको अवलोकन गर्दा विश्वमै यी स्थलहरुको प्रचार प्रसार हुने विश्वास पनि गरिएको छ । दक्षिण भारतको साँस्कृति धरोहर विश्व सामु राख्ने अवसरको रुपमा पनि मोदीले प्रयोग गरेको हुन सक्ने विश्वास गरिएको छ ।

तेश्रो,दक्षिण भारतमा पल्लव वंश सत्तामा आएपछि चिनियाँहरुसँग व्यापारिक र रक्षा सम्बन्ध गाँसेको इतिहास रहेको अध्ययनहरुमा पाइएको छ । पल्लव वंशका राजा नरसिंह वर्मन प्रथमले एउटा शक्तिशाली राष्ट्रको हैसियतमा चीनसँग तिब्बतमाथि नजर राख्न सहयोग गर्ने सहमति गरेका थिए ।
चीनका एक प्रसिद्ध बौद्ध भिक्षुहरु मध्येका एक बोधिधर्म पल्लव राजाको तेश्रो पुत्र रहेको पनि मानिन्छ । उनले काँचीपुरमको मामल्लपुरमदेखि चीनसम्मको यात्रा तय गरेका थिए ।

चौथो र मुख्य कुरा २००० वर्ष अघि यो शहरबाट भारत र चीनबीच द्धिपक्षिय व्यापारको बिजारोपण भएको मानिन्छ । आज द्धिपक्षिय व्यापार ६० अर्ब डलर पुगेको छ ।
अहिले तामिलनायडु राज्य चिनियाँ लगानीको केन्द्र पनि हो । थुप्रै चिनिया औद्योेगिक कल कारखानाहरु यही क्षेत्रमा छन् । अहिले चीन भारतको दोश्रो ठूलो व्यापारिक साझेदार बनेको छ भने भारत दक्षिण एशियामा चीनको सबैभन्दा ठूलो व्यापारिक भागीदार हो ।

एक हजार बढि चिनियाँ कम्पनी भारतमा कारोबार गरिरहेका छन् । चीनको भारतमा ८ अर्ब डलर बराबरको लगानी छ । २ लाख बढि भारतीयलाइ रोजगारी दिएको छ । त्यसैगरि चीनमा दुइ तिहाइ बढि भारतीय कम्पनीहरु लगातार मुनाफामा काम गरिरहेका छन् ।

तर भारत र चीनबीचको व्यापारमा भारतले उच्च व्यापार घाटा बेहोरिरहेको छ । यी दुइ मुलुकबीच बेलाबेलामा अरुणान्चल क्षेत्रमा सीमा विवाद , र पाकिस्तानलाइ समर्थन देखाइरहने चीन बीच चिसोपना पनि आइरहेको छ । पछिल्लो समयको कश्मीरको विशेषाधिकार खारेजीका कारण पाकिस्तानले माँगेको समर्थन र लद्दाकलाइ अलग राज्य बनाउँदै केन्द्र शासन अन्तर्गत ल्याउने भारतको निर्णयमा चीनको आपत्ति रहेको देखिएको छ ।

शनिबारको कार्यक्रम

शनिबार बिहान १० बजे ताज फिसरम्यान्स कोभ रिसोर्टमा मोदी र सीबीच एक्लाएक्लै करीब एक घण्टा कुराकानी हुने कार्यक्रम रहेको छ । १० बजेर ५० मिनेटमा उच्च स्तरिय प्रतिनिधीमण्डल सहित छलफल हुने कार्यक्रम रहेको छ । दिवाभोज सम्म चल्ने यो छलफलमा द्धिपक्षिय व्यापार, आतंकबाद र सीमा विवादका विषयमा छलफल हुने भारतीय पक्षको भनाइ छ । एक घण्टाको यो छलफल पछि मोदीका तर्फबाट आयोजना गरिएको लन्चमा सी सहभागी हुनेछन् ।

त्यसको एक घण्टा पछि अर्थात १२ बजेर ४५ मिनेटमा चिनियाँ राष्ट्रपति चेन्नई एयरपोर्टकालागि प्रस्थान गर्नेछन् । त्यहाँबाट १ बजेर ३० मिनेटमा उनी नेपालको राजकीय भ्रमणकालागि काठमाडौ तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु-याऔँ

सी चिनफिङ

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ ।

मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु । यस्तो रमाइलो भूमिमा आई नेपाली साथीहरूसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न म आतुर छु । आशा छ, हामी द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ खाका योजना बनाउन सक्नेछौँ ।

चीन र नेपाल पहाड र नदीले जोडिएका छन्, युगौँयुगदेखि नै यी दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ ।करिब १६०० वर्ष अगाडि चिनियाँ महान् भिक्षु फा सियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एक–अर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मको शास्त्रपदहरू अनुवाद गरेका थिए ।

चीनको थाङ राजवंशमा, नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सङचन गम्पोसँग विवाह भएको थियो । महान् भिक्षु स्यवियान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन आफ्नो यात्रावृत्तान्त लेखेका थिए ।

वीयान राजवंशमा, नेपाली प्रसिद्ध कलाकार अरनिकोले चीनमा आएर पेइचिङमा सेतो स्तूप निर्माण गरेका थिए । युगौँयुगदेखि हाम्रा दुवै देशका जनताबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका यी केही उदाहरणहरू हुन् ।

सन् १९५५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्धको स्थापना भएदेखि दुवै देशले एकले अर्कोलाई सम्मान र विश्वास गर्दै एकले अर्काको समर्थन गर्दै आएका छन् । हामीबीचको यस्तो पारस्परिक सम्मान, मैत्रीपूर्ण सहयोगको सम्बन्ध छिमेकी मुलुकहरूबीचको राम्रो सम्बन्धको नमुना बनेको छ ।

चीन र नेपाल एकआपसमा सम्मान र विश्वास गर्ने असल मित्र हुन् :

शान्तिपूर्ण सहअस्तित्वका पाँचवटा सिद्धान्तका आधारमा दुवै पक्षले सफलतापूर्वक दुई देशबीचको सीमालाई रेखाङ्कित गरी हिमालयलाई दुई देशबीचको बलियो स्तम्भ बनाएका छन् । दुवै पक्षले एक–अर्काको मुख्य चासोको विषयलाई दृढताका साथ समर्थन गर्दछन् ।

नेपाल एक मात्र चीनको नीतिमा अडिग रहेको छ, त्यसको दृढताका साथ पालना गरेको छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरोधी गतिविधि सञ्चालन गर्न दिएको छैन । चीनले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्थाअनुरूप विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ ।

चीन र नेपाल आपसी लाभ र हितका सहयोगका लागि असल साझेदार हुन् :

दक्षिण एसियामा नेपाल चीनको व्यापार तथा विकासको महìवपूर्ण साझेदार हो । गत वर्षमा द्विपक्षीय व्यापार परिमाण एक÷एक अर्ब अमेरिकी डलर पुगेको थियो । चीनले नेपालमा ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको थियो । नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेको छ र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दैछ ।

यसरी हिमालय वारिपारिको कनेक्टिभिटी नेटवर्कको निर्माण विस्तार हुँदैछ, जसबाट दुवै देश मात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुनेछ । चीन र नेपाल एकअर्काबाट सिक्ने असल छिमेकी हुन् । लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदान–प्रदानको प्रतीक बनेको छ ।

दक्षिण एसियामा चिनियाँ नागरिकको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडान छन्, हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिले एकअर्काको देश भ्रमण गर्दछन् । हाम्रा दुई देशबीच ११ जोडी भगिनी सहर बनिसकेका छन् । दिन प्रतिदिन बढ्दो आदान–प्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशको विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् ।

चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन् :

सन् २००८ मा चीनको सछ्वान प्रान्तको वेनछ्वानमा विनाशकारी भूकम्प गएपछि नेपाली सरकार र नेपाली जनताले सक्रियताका साथ पैसा र सामग्रीहरू प्रदान गरी चीनको भूकम्प राहत कार्यमा सहयोग पु¥याएका थिए । त्यसैगरी सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चिनियाँ सरकार र जनताले तुरुन्तै ठूलो मात्रामा उद्धार कार्य प्रारम्भ गरी भूकम्पपश्चात्को पुनःनिर्माणमा पनि सहयोग पु¥याएका थिए । यी चीन र नेपालबीच रहँदै आएको भाइचाराका उत्कृष्ट उदाहरण हुन् ।

वर्तमानमा नेपाल सरकार र जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यप्राप्तिका लागि अघि बढिरहेका छन् भने चिनियाँ सरकार र जनता ‘दुईवटा सय वर्ष’ लक्ष्यप्राप्तिका लागि अगाडि बढिरहेका छन् । चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ । एकसाथ रही हामीले गर्नुपर्ने कामहरू यी हुन् ।

रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु :

नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु-याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्दछ । यसका लागि उच्चस्तरीय आदान–प्रदान कायम गर्नुपर्छ । आपसी राजनीतिक विश्वास बढाउनु पर्दछ, एकअर्काको मुख्य चासोका विषयहरूमा आपसी सहयोगलाई अझै सुदृढताका साथ जारी राख्नुपर्दछ । देशको सुशासन तथा विकासको अनुभवसम्बन्धी आदान–प्रदानलाई बढाई दुवै देशका जनतालाई अझ बढी फाइदा प्रदान गर्नुपर्दछ ।

व्यावहारिक सहयोगको विस्तार गर्नु :

दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणलाई सक्रिय रूपमा अगाडि बढाउनु पर्दछ । चीनले चिनियाँ उद्यमीहरूलाई नेपालमा मुख्यतः व्यापार र लगानी, पुनःनिर्माण, ऊर्जा, पर्यटन यी चार क्षेत्रमा लगानी गर्न प्रेरित गरेको छ ।

दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिई नेपालका विशिष्ट उत्पादनहरूलाई चीनमा निर्यात गर्न चीन नेपाललाई स्वागत गर्दछ, चीनले नेपाललाई पुनःनिर्माणका लागि सहयोगलाई निरन्तरता दिनेछ र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्नेछ ।

जनस्तरीय आदान–प्रदानलाई व्यापक पार्नु :

दुवै पक्षले शिक्षा, युवा, पर्यटन र अन्य क्षेत्रहरूका आदान–प्रदान र सहयोगलाई प्रवद्र्धन गर्नुपर्दछ, दुवै देशका एयरलाइन्सका सीधा उडानहरू बढाई जनताको आवत–जावत बढाउन सहयोग पु¥याउनु पर्छ । चीन नेपालको ‘२०२० नेपाल पर्यटन वर्ष’को पूर्ण समर्थन गर्दछ र अझ बढी चिनियाँ नागरिकलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्नेछ ।

चीनले नेपालका उत्कृष्ट युवाका लागि बढी सरकारी छात्रवृत्ति प्रदान गर्नेछ र नेपालको निर्माणका लागि बढी सङ्ख्यामा प्रतिभाशाली व्यक्तिहरूलाई प्रशिक्षण दिनेछ । चीन अझ बढी नेपाली विद्यार्थीलाई चीनमा अध्ययन गर्न आउन स्वागत गर्दछ ।

सुरक्षासम्बन्धी सहयोगलाई सुदृढ पार्नु :

चीनले कानुनको कार्यान्वयन गर्ने क्षमताको निर्माणका लागि नेपाललाई सहयोग गर्नेछ र कानुनको कार्यान्वयन गर्ने प्रशिक्षण कार्यमा नेपाललाई सहयोग दिनेछ । सीमा वारपारका आपराधिक गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र दुवै देशका नागरिकको सुरक्षा, आर्थिक तथा व्यापारिक आदान–प्रदान सुचारु बनाउनका लागि दुवै पक्षले सीमा रक्षाका लागि आपसी सम्पर्कलाई सुदृढ पार्नुपर्दछ । त्यसबाहेक हामीले सेनाको पारस्परिक भ्रमण, कर्मचारीको तालिम र उपकरण प्रविधिको क्षेत्रमा पनि व्यावहारिक सहयोगलाई सुदृढ पार्नुपर्छ ।

नेपालीमा एउटा भनाइ छ, ‘थोपा–थोपा मिलेर समुद्र बन्दछ’, चिनियाँमा पनि यस्तै भनाइ छ, ‘सबैले दाउरा थप्दै गएमा आगोको ज्वाला अझै ठूलो हुँदै जानेछ ।’ जबसम्म दुवै देशले मैत्रीपूर्ण परम्परालाई अगाडि बढाउने र निरन्तर रूपमा आदान–प्रदान र सहयोगलाई विस्तार गर्दै जानेछ, मलाई विश्वास छ– चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु¥याउन सक्दछौँ ।

साभार : गोरखापत्र 

(जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमणको पूर्वसन्ध्यामा गोरखापत्रमा छापिएको यो विशेष आलेख नेपाल स्थित चिनियाँ दूतावासको संयोजनमा  छापिएको हो ।)

चिनियाँ राष्ट्रपति सी चेन्नई पुगे

एनआइबि संवाददाता,नयाँ दिल्ली

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुइ दिने भारत भ्रमणका क्रममा चेन्नई पुगिसकेका छन् । तामिलनायडुका राज्यपाल वनवारीलाल पुरोहितले उनलाइ विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा पारम्परिक तरीकाबाट सीको स्वागत गरिएको छ ।

त्यहाँबाट सी मामल्लापुरमकालागि प्रस्थान गर्नेछन् । सी र मोदीको भेट मामल्लिपुरममा साँझ ५ बजे हुने कार्यक्रम रहेको छ । सीको स्वागतकालागि प्रधामन्त्री नरेन्द्र मोदी यस अघि नै चेन्नई हुँदै मामल्लापुरम पुगिसकेका छन् । मामल्लिपुरमा उनीहरुबीच आजै अनौपचारिक भेटघाट हुनेछ ।

अनौपचारिक भेटघाट भएको हुँदा यो भेटपछि न कुनै संयुक्त घोषणापत्र न कुनै औपचारिक प्रस वक्तव्य जारी हुन्छ । चेन्नईदेअि मामल्लपुरम सम्म सीकोलागि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । सुरक्षकर्मीहरुका साथै गली गलीमा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

नेपालको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपतिको १९ घण्टा

एनआईबि संवाददाता,नयाँ दिल्ली/काठमाडौं

चिनियाँ राष्ट्रपति शनिबार तामिलनायडु राज्यको चेन्नई विमानस्थलबाट दिउँसो १ः३५ बजे काठमाडौंकालागि उडनेछन् । चाइना एयरलायन्सको विशेष विमानबाट भारत आएका सी नेपालको राजकिय भ्रमणकालागि काठमाडौं जानेछन् ।

काठमाडौको त्रिभुवन विमानस्थलमा सीको विशेष विमान करीब ४ः३० देखि ५ः३० बजेसम्म उत्रने अनुमान गरिएको छ । चेन्नईदेखि काठमाडौंको हवाइ दुरी झण्डै १७ सय किलोमिटर रहेको छ । यो दुरी चार घण्टाभित्र तय गर्न सकिने हुँदा सी ५ देखि ५ः३० बजेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरिसक्ने अनुमान गरिएको हो ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री के.पी. शर्मा ओलीले

शनिबार साँझ देखि आइतबार बेइजिंग फर्किनु अघि सीको काठमाडौंको कार्यक्रम यस्तो रहेको छ ।

  • सीको बस्ने व्यवस्था काठमाडौंको सोल्टी होटलमा गरिएको छ ।

  • शनिबार साँझ ६ः३० बजे सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतलनिवासमा भेटघाट हुनेछ ।

  • त्यसपछि ७ः३०बजे विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा सोल्टी होटलमै आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

  • आइतबार करीब १०ः३०देखि १२ः३० बजे सम्म सीसँग प्रधानमन्त्री के.पी.शर्मा ओलीको भेट देखि द्धिपक्षिय संझौतामा हस्ताक्षर सम्मका कार्यक्रम सम्पन्न हुनेछ ।

  • जिनफिङ १२ः३० बजे बेइजिंग प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

  • उनले काठमाडौंमा जम्माजम्मी १९ घण्टा जति समय बिताउँनेछन् ।

चेन्नई देखि मामल्लपुरम:चिनियाँ राष्ट्रपतिको २४ घण्टा

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतदेखि नेपाल सम्मको भ्रमण तालिका अनुरुप चिनिया राष्ट्रपति सी जिनपिंङ शुक्रबार दिउँसो २ बजे एयर चाइनाको विशेष विमानबाट तामिलनायडु राज्यको चेन्नई पुग्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत आउन लागेका चिनफिङ साँझ ४ बजे चेन्नईबाट बाट ५८ किलोमिटर दक्षिण स्थित ममल्लापुरमकालागि प्रस्थान गर्नेछन् ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको तालिका अनुसार साँझ ५ बजे प्रधानमन्त्री नरेन्द्र मोदीले जिनपिङलाइ मामल्लपुरमको तीन ऐतिहासिक स्थल (अर्जुनको तपस्यास्थल, पाँच रथ र शोर मन्दिर) को अवलोकन गराउने कार्यक्रम रहेको छ । त्यसपछि अनौपचारिक वार्ताकालागि तय भएको स्थान शोर मन्दिरमा साँस्कृतिक कार्यक्रमसँगै ताजको फिसर्सम्यान कोभमा आयोजना गरिएको रात्रीभोजमा सहभागी भएपछि जिनफिङको शुक्रबारको कार्यक्रम सकिन्छ ।

शनिबार बिहान १० बजे ताज फिसरम्यान्स कोभ रिसोर्टमा मोदी र सीकोे वार्ताको कार्यक्रम रहेको छ । दुवै बीच एक्लाएक्लै करीब एक घण्टा कुराकानी हुने कार्यक्रम रहेको छ । । १० बजेर ५० मिनेटमा उच्च स्तरिय प्रतिनिधीमण्डल सहित छलफल हुने कार्यक्रम रहेको छ । दिवाभोज सम्म चल्ने यो छलफलमा द्धिपक्षिय व्यापार, आतंकबाद र सीमा विवादका विषयमा छलफल हुने भारतीय पक्षको भनाइ छ । एक घण्टाको यो छलफल पछि मोदीका तर्फबाट आयोजना गरिएको लन्चमा सी सहभागी हुनेछन् ।

त्यसको एक घण्टा पछि अर्थात १२ बजेर ४५ मिनेटमा चिनियाँ राष्ट्रपति चेन्नई एयरपोर्टकालागि प्रस्थान गर्नेछन् । त्यहाँबाट १ बजेर ३० मिनेटमा उनी काठमाडौंकालागि प्रस्थान गर्नेछन् । सीको चेन्नईदेखि मामल्लपुरमसम्मको यात्रा अवधि लगघग २४ घण्टाको रहेको छ ।

वुआन देखि मामल्लपुरम

भारत,चीन भुटानको त्रिपक्षिय मुलुकको सीमा दोक्लाममा विवाद चर्किएको बेला चिनको वुआनमा २७–२८ अप्रिल २०१८मा मोदी र चिनफिङबीच अनौपचारिक शिखर वार्ता भएको थियो । त्यसपछि दोक्लाम विवाद शान्त भएको थियो । त्यही वार्ताको दोश्रो श्रृखंला स्वरुप मामल्लपुरमा यो शिखर वार्ता हुन लागेको विदेश मन्त्रालयले अथ्र्याएको छ ।

कश्मीरको विशेषधिकार खारेज गरेको र लद्दाकलाइ कश्मीरबाट अलग्याएर केन्द्र शासन अन्तर्गत राखेको भारतको निर्णयमा चीनको असंतुष्टि कायमै छ । विश्वका अन्य शक्तिशाली मुलुकहरुबाट कश्मीर निर्णयलाइ भारतको आन्तरिक निर्णय भनेर समर्थन जुटाएको भारतलाइ पाकिस्तानले भने चीनको समर्थन लिएर चुनौती दिइनैरहेको छ । चीनका राष्ट्रपतिको भारत भ्रमण अघि पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफ्नो पक्षमा चीनको खुला समर्थन बोलाउन चीन पुगेका थिए । यस्तो अवस्थामा चीनका राष्ट्रपतिको भारत भ्रमण हुन लागेको छ ।

यद्यपि मोदीले चिनफिङसँगको वार्तामा कश्मीर मुद्दामा कुरा नहुने उल्लेख गरिसकेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यदि चीनका राष्ट्रपतिको तर्फबाट यसमा चासो आयो भने मोदीले उनलाइ बिस्तारमा बताउने स्पष्ट पारेका छन् । यो वार्ता भारत चीन सीमामा उत्पन्न भइरहने तनाव कम गर्ने र द्धिपक्षिय व्यापार सहज ढंगबाट अगाडि बढाउने विषयका साथै विश्वव्यापी रुपमा बढेको आतंकवादका मुद्दामा मुख्य रुपमा केन्द्रित हुने भारतको भनाइ छ ।

सी र मोदीको वार्ताकालागि मामल्लपुरम नै किन ?

एनआईबि संवाददाता,नयाँ दिल्ली

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चेन्नईबाट झण्डै ५८ किलोमिटर दक्षिणमा रहेको मामल्लपुरममा शुक्रबार र शनिबार भेटदैछन् । यसलाइ अप्रिल २०१८मा चीनको वुआन शहरमा जिनपिङ र मोदीबीच सम्पन्न अनौपचारिक शिखर वार्ताको दोश्रो श्रृखंलाको रुपमा प्रस्तुत गरिएको छ ।

सामान्यतया भारतीय राष्ट्रप्रमुख अथवा सरकार प्रमुखहरुले यस्तो उच्चस्तरीय भेटवार्ता नयाँ दिल्लीमै गर्ने परम्परागत शैली रहेको छ । तर यो शैलीलाइ थाती राख्दै यो अनौपचारिक शिखर वार्ता तामिलनायडु राज्यको तटीय शहर ममल्लापुरम(महाबलीपुरम)मा गर्ने तयारी गरिएको छ ।

चिनियाँ राष्ट्रप्रमुखसँगको भेटवार्ताकोलागि मोदीले किन यो शहर नै चयन गरे होलान त ? यसका दुइ कारण हुन सक्ने अनुमान गरिएको छ । मोदीले राज्यका अन्य द्रबिडियन दलहरुलाइ भारतीय जनता पार्टी नेतृत्वको सरकार तामिलनायडु राज्यकालागि गम्भीर छ भन्ने संदेश दिन खोजेको हुन सक्छ अथवा यो शहरसँग चीनको कुनै ऐतिहासिक सम्बन्ध पनि हुन सक्ने जानकारहरुले अनुमान गरेका छन् । यसकोलागि इतिहास तिर फर्किनुपर्ने हुन्छ ।

मामल्लापुरमको इतिहास

गुप्त वंशको पतनपछि दक्षिण भारतमा पल्लव वंश सत्तामा आए । तेश्रो शताब्दीदेखि नवौं शताब्दी ईस्वीको अन्त सम्म उनीहरुले शासन गरे । पल्लव शासनको सबैभन्दा राम्रो समयावधि ६५० र ७५० इस्वीको बीचलाइ मानिन्छ । यो युगलाइ स्वर्ण युग पनि भनिन्थ्यो । पल्लवहरु गहिरो चिन्तक, विचारक थिए र निकै शक्तिशाली पनि ।

मामल्लपुरम, जसलाइ महाबलिपुरमा पनि भनिन्छ । पूर्वी तटीय रोडमा अवस्थित छ । यो शहरको नाम ‘मामल्लन’ शब्दबाट लिइएको हो । जसको अर्थ महान योद्धा हुन्छ । पल्लव वंशका राजा नरसिंहवर्मन प्रथमको पराक्रमबाट नै यो क्षेत्रको नामाकरण भएको मानिन्छ । वर्मनले इस्वी सन् ६३० देखि लगभग ६७० सम्म यो क्षेत्रमा शासन गरेका थिए । उनी आफ्नो कला र मुर्तिकला प्रेमकालागि पनि प्रख्यात थिए । यस क्षेत्रमा अहिले देखिएका अखंड राक–कट संरचनाहरु उनकै समयमा निर्माण भएको मानिन्छ ।

यो शहर यही वर्षहरुमा पुरातत्वविद र अन्य वैज्ञानिककालागि रुचिको विषय पनि रहयो । सन् २००४मा हिन्द महासागरमा आएको सुनामीले मामल्लपुरम तटलाइ दिएको टक्कर पछि अपतटीय क्षेत्रमा पनि प्राचिन कालका नयाँ शास्त्र र साक्ष्यहरु सामुन्ने आएको थियो । प्रसिद्ध शोर मन्दिरको आसपास पानी भित्र हलचल भएका कारण इतिहासका कैयौ स्मृतिहरु उजागर भएको थियो जसमा खंडहरको पर्खाल, ढुङाका मूर्तिकला तथा अन्य स्मारकहरु भेटिएका थिए ।

यो शहरलाइ विदेशी पर्यटकहरुले द सेभेन पैगोडाको रुपमा सान्दर्भिक गरेका हुन भन्ने पनि भनाइ छ । जसमध्ये पाँचलाइ अहिले पंचरथ(पाँच रथ) को रुपमा हेरिन्छ । यो क्षेत्रमा कैयौं वर्ष अघि आएको एक सुनामीमा शहरको एक हिस्सा समुद्रमा डवेको हुनसक्ने व्याख्या पनि गरिएको छ । यहाँ लगभग चार वर्गकिलोमिटर क्षेत्रमा लगभग ३२ व्यक्तिगत स्मारक छन र त्यसमध्ये १३ पहाडी क्षेत्रमा अवस्थित छ ।

मामल्लापुरमको चिनिया कनेक्सन

कला र वास्तुकलाको अलाबा , नरसिंह वर्मन प्रथम केहि त्यस्ता राजाहरुको पर्दथे जो युद्धमा कहिल्यै पराजित भएनन् । उनी व्यापार र साझेदारी गर्नमा पनि निपूण थिए । अन्य मुलुकहरुसँग, विशेष गरेर छिमेकी मुलुकहरुसँग व्यापापरिक साझेदारी गर्नकालागि उनी समझदार मानिन्थे ।

केहि उपलब्ध साहित्यिक प्रतिवेदन अनुसार पल्लव राजाहरुको चीनसँग व्यापार र रक्षा सम्बन्ध गाँसिएको थियो । जस अनुसार त्यतिबेलाको एउटा शक्तिशाली राष्ट्रको हैसियतमा वर्मनले चीनसँग तिब्बतको विकासलाइ नजीकबाट नियाल्नमा सहयोग गर्ने सहमति गरेका थिए ।

चीनका एक प्रसिद्ध बौद्ध भिक्षुहरु मध्येका एक बोधिधर्म पल्लव राजाको तेश्रो पुत्र रहेको पनि मानिन्छ । उनले ईस्वी ५२७मा चीनकालागि काँचीपुरमको मामल्लपुरमदेखि चीनसम्मको यात्रा तय गरेका थिए ।

पुरातत्वविद र इतिहासकारहरुद्धारा गरिएको विभिन्न अध्ययन अनुसार मामल्लपुरमको चीन,श्रीलंका र अन्य दक्षिण पूर्वी एशियाली मुलुकहरुसँग पनि व्यापारिक सम्बन्ध थियो । चीन,फार्सिया र रोमका सिक्काहरु पनि मामल्ल्पुरममा पाइएको छ । यी सिक्काहरु पल्लवकालागि व्यापारीक केन्द्रका रुपमा काममा आएको थियो ।

भारतीय पुरातत्व सर्वेक्षण(एएसआई)का अनुसार, यो पेरिप्लस(१ ईस्वी,पेरिप्लस समुद्री बन्दरगाहको नक्सा कोरिएको कागजी दस्तावेज हो ) र टालेमी(ईस्वी सन् १४०,टालेमी रोम सभ्यताका प्रख्यात भूगोलविद् हुन् ) को समयमा एउटै समुद्री बन्दरगाह रहेको थियो । कैयौं भारतीय उपनिवेशवादीहरु यो बन्दरगाह शहरको माध्यम प्रयोग गरेर दक्षिण पूर्वी एशियाकालागि रवाना भएका थिए ।

त्यहाँ वास्तुशिल्पका केहि त्यस्ता प्रमाणहरु पनि भेटिएका छन् जसले महेन्द्रवर्मन प्रथम(ईस्वी सन् ६००–६३०) को समयकालभन्दा पछिल्तिरको घटनाक्रमलाइ पनि उजागर गर्छ । चिनिया यात्री ह्वेन त्सांङले पनि आफनो यात्रा रेकर्डमा यो समुद्री बन्दरगाहबारे उल्लेख गरेका छन् ।

ऐतिहासिक कनेक्सनका साथै लगानी सम्बन्ध

शिखर वार्ताकालागि मामल्लापुरम नै चुन्नुको पछाडि ऐतिहासिक कनेक्सनका अलावा अर्को पनि एक कारण हुनसक्ने अनुमान गरिएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र उनका शीर्षस्थ अधिकारीहरुलाइ चढेको विमानको अवतरणकालागि निकै ठूलो रनवे आवश्यक पर्छ । शिखर सम्मेलनकालागि छलफल गरिएको शहरहरुमा त्यस्तो रनवे छैन् । अन्यथा आफनो निर्वाचन क्षेत्र वाराणसीमा यो शिखर वार्ता गराउने मोदीको चाहना थियो ।

त्यसैगरि उदयपुर र मुम्बई पनि वार्ता स्थलकालागि छलफलमा थियो । तर त्यहाँको पूर्वाधार पर्याप्त नभएका कारण अन्तत मामल्लपुरमको छनौट भएको हो । चेन्नईमा यस्तो विमान अवतरणकालागि पूर्वाधार हुनु र सबैभन्दा नजीक ऐतिहासिक कनेक्सनको शहर मामल्लापुरम पर्ने भएको हुँदा यही स्थान छानिएको भन्ने पनि छ ।

अर्को कुरा तामिलनायडु राज्यमा चिनियाँ लगानीको केन्द्र पनि हो । थुप्रै चिनिया फर्महरुका औद्योेगिक कारखानाहरु यही क्षेत्रमा छन् । कारण जे भएपनि २००० वर्ष अघि यो शहरबाट भारत र चीनबीच द्धिपक्षिय व्यापारको बिजारोपण भएको मानिन्छ । आज द्धिपक्षिय व्यापार ६० अर्ब डलर पुगेको छ । अहिले चीन भारतको दोश्रो ठूलो व्यापारिक साझेदार बनेको छ भने भारत दक्षिण एशियामा चीनको सबैभन्दा ठूलो व्यापारिक भागीदार हो ।

एक हजार बढि चिनियाँ कम्पनी भारतमा कारोबार गरिरहेका छन् । चीनको भारतमा ८ अर्ब डलर बराबरको लगानी छ । २ लाख बढि भारतीयलाइ रोजगारी दिएको छ । त्यसैगरि चीनमा दुइ तिहाइ बढि भारतीय कम्पनीहरु लगातार मुनाफामा काम गरिरहेका छन् ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live