First Nepal India business online news portal

राष्ट्र संघले परिर्वतन गर्यो भारतको आर्थिक वृद्धिसम्बन्धि पूर्व अनुमान

एनआईबि संवाददाता, नयाँ दिल्ली

संयुक्त राष्ट्र संघले भारतका आर्थिक वृद्धिदर सम्बन्धि आफ्नो पूर्व अनुमानमा परिर्वतन गरेको छ। बिहिवार राष्ट्र संघले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धिदर ५ दशमलव ७ प्रतिशत हुने अनुमान गरेको हो। यो वृद्धिदर राष्ट्र संघले पूर्व अनुमान गरेको भन्दा कम हो।

यस्तै राष्ट्र संघको एक अध्ययनले केही देशको आर्थिक वृद्धिदर (जीडीपी) मा भने यो वर्ष तिव्रता आउने अनुमान गरेको छ। अघिल्लो वर्ष विश्वको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत रहेपछि राष्ट्र संघलेले आफ्नो यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो।

राष्ट्र संघलको विश्व आर्थिक स्थिति र सम्भावना, २०२० का अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर २ दलमलव ५ प्रतिशत रहने अनुमान गरेको छ। यद्यपि विश्वमा हाल देखिएको व्यापार तनाव, वित्तिय क्षेत्रको गिर्दो अवस्था, भू रभजनीतिक तनाव बढ्यो भने यो अनुमानमा कमी आउन सक्नेमा पनि राष्ट्र संघ सचेत रहेको द इकनोमिक्स टाइम्स्मा प्रकाशित समाचारमा जनाइएको छ।

राष्ट्र संघको रिर्पोटमा भारतको आर्थिक वृद्धिदर ५ दलमलव ७ प्रतिशत हुने अनुमान गरिदै गर्दा डब्ल्यूईएसपीले भने सन् २०१९ मा भारतको आर्थिक वृद्धिदर ७ दशमलव ६ प्रतिशत हुने अनुमान गरेको थियो।

भारतको तथ्यांक विभागले केही दिनअघि सार्वजनिक गरेको सन् चालू आर्थिक वर्ष २०१९–२०२० मा भारतको आर्थिक वृद्धिदर ५ प्रतिशत रहेन अनुमान गरेको थियो।

PM Oli Reshuffled cabinet

Nepinbiz Correspondent, Kathmandu

President Bidya Devi Bhandari has, on the recommendation of the Prime Minister and in accordance with Article 76 (9) of the Constitution, reshuffled the Council of Ministers with some new appointments, omission and changes in portfolio.

The new Council of Ministers is as follows:

    1. KP Sharma Oli – Prime Minister
    2. Iswar Pokharel – Deputy Prime Minister Defense
    3. Upendra Yadav – Deputy Prime Minister Law, Justice and Parliamentary Affairs
    4. Ram Bahadur Thapa – Minister Home
    5. Pradeep Kumar Gyawali – Minister Foreign Affairs
    6. Hridayesh Tripathi – Minister Federal Affairs and General Administration
    7. Girirajmani Pokharel – Minister Education, Science and Technology
    8. Barshaman Pun – Minister Energy, Water Resources and Irrigation
    9. Ghanashyam Bhusal – Minister Agriculture and Livestock Development
    10. Bhanubhakta Dhakal – Minister Health and Population
    11. Lekhraj Bhatta – Minister Industry, Commerce and Supplies
    12. Yogesh Kumar Bhattarai – Minister Culture, Tourism and Civil Aviation
    13. Shakti Bahadur Basnet – Minister Forest and Environment
    14. Rameswar Raya Yadav – Minister Labour, Employment and Social Security
    15. Dr Yubaraj Khatiwada – Minister Finance
    16. Mohammad Istiyak Rai – Minister Urban Development
    17. Jagat Bahadur Sunar (Biswakarma) – Minister Youth and Sports
    18. Gokul Prasad Banskota – Minister Communications and Information Technology
    19. Padma Kumari Aryal – Minister Land Management, Cooperatives and Poverty Alleviation
    20. Bina Magar – Minister Drinking Water
    21. Basant Kumar Nembang – Minister Physical Infrastructure and Transportation
    22. Parbat Gurung – Minister Women, Children and Senior Citizens
    23. Moti Lal Dugad – Minister of State Industry, Commerce and Supplies
    24. Nawaraj Rawat – Minister of State Health and Population
    25. Rambir Manandhar – Minister of State Urban Development

This is stated in a statement issued by assistant spokesperson of the Office of the President Keshav Prasad Ghimire. In the new cabinet, Hridayesh Tripathi, Ghanashyam Bhusal, Lekhraj Bhatta, Rameswar Raya Yadav, Basant Kumar Nembang and Parbat Gurung are the new ministers while all three Ministers of State including Moti Lal Dugad, Nawaraj Rawat and Rambir Manandhar are new additions.

नेपाल–चीन संयुक्त वक्तव्य : नेपालको विकास र समृद्धिमा बीआरआई महत्वपूर्ण /Nepal-China joint statement

एनआईबि संवाददाता,काठमाडौं

दुइ दिने भ्रमण सकेर चीनका राष्ट्रपति सी चिनफिङ बेइजिंङ फर्किएपछि नेपाल– चीन संयुक्त वक्तव्य जारी गरिएको छ । शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा दुइ समकक्षीले दिएको छुट्टाछुटै स्वागत मन्तव्य र सम्बोधनमा बोलिएका लगभग सबै कुरा संयुक्त वक्तव्यमा समेटिएको छ ।

चिनियाँ राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम थपिएको उल्लेख छ ।

दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एकअर्काको चासो र सरोकारलाई सम्मान गर्ने भनिएको छ ।

नेपाली पक्षले एक चीन नीतिप्रतिको प्रतिवद्धता दोहोरयाउँदै ताइवान चीनको अभिन्न अंग रहेको र तिब्बत चीनको आन्तरिक मामिला भएको स्पष्ट पारेको छ। नेपाली भूमीबाट चीन विरुद्धको कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता नेपालले संयुक्त वक्तव्यमा पनि दोहरयाएको छ ।

बीआरआई

वक्तव्यमा मुख्य रुपमा बेल्ट एण्ड रोड इनिसिएटिभलाइ चीन र नेपाल दुवैले एक महत्वपूर्ण अवसरको रुपमा लिएको बताइएको छ । वक्तव्यमा भनिएको छ , ‘नेपाल र चीनले बीआरआईलाइ सबै क्षेत्रहरुमा पारस्परिक रुपले फाइदा पुरयाउने सहयोगलाइ वृहत्तर रुपमा लिने,साझा रुपमा समृद्धि ल्याउने र यस क्षेत्रमा शान्ति, स्थायित्व र विकास कायम गर्न आफूलाइ समर्पण गर्ने एक महत्वपूर्ण अवसरको रुपमा लिएको छ । नेपाल र चीनबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ ।’

राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुत आर्थिक विकासका आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई चीन सरकारको सहयोग कायम रहने पनि वक्तव्यमा उल्लेख छ। सन् २०३० सम्मे अति कम विकसित मुलुकबाट मध्यम आय मुलुकतर्फ लैजाने नेपालको विकास एजेन्डामा चीनको बीआआई परियोजनाबाट लाभ लिन र दिन दुवै मुलुक तयार रहेको वक्तव्यमा उल्लेख छ ।

‘कनेक्टिभिटी संजाल बिस्तार गर्न बीआरआईमा नेपालले गरेको संझौता अनुरुप ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सन्जालको फ्रेम वर्क भित्र रहेर बन्दरगाह, सडक,रेल्वे, हवाइ यातायात तथा सुचना आदान प्रदानको विकासमा गर्नेमा दुवै पक्ष सहमत भएका छौं, वक्तव्यमा भनिएको छ।

केरुङ–काडमाडौं रेलमार्गको संभाव्यता अध्ययन गर्ने संझौता संयुक्त वक्तव्यमा राखिएको छ । त्यसैगरि काठमाडौ पोखरा लुम्बिनी सम्मको रेलमार्ग बिस्तारको विषयमा पनि दुवै पक्ष सहमत भएका छन् ।

रेल्वे, सडक तथा सुरुङ मार्गका साथै जलमार्ग तथा पानीजहाजका का नेपाली प्राविधिक मानव संसाधनलाइ चीनले तालिम दिन सहयोग गर्नेछ ।

दुवै पक्षले दुइ मुलुकका नागरिक उडड्यन प्राधिकरणहरुले हवाई अधिकारको व्यवस्था बिस्तार गर्ने सम्बन्धमा भएको सहमतिलाइ स्वागत गरेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाइ द्रुत गतिमा सम्पन्न गर्ने र चाँडै संचालनमा ल्याउने सहमति गरेका छन् ।

दुवै पक्षले नेपालको निर्यात व्यापार बिस्तार गर्न नेपालमा बुहप्रयोगात्मक प्रयोगशाला स्थापनाकोलाग प्राविधिक सहयोग प्रदान गर्ने कुरामा विचार गर्ने भनिएको छ । तातोपानी भंसार निरिक्षण स्टेशनलाइ पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सहयोग गर्ने सहमति भएको छ ।

चिनियाँ बैंकहरुलाइ नेपालमा शाखा र अन्य वित्तिय सेवाहरु खोलेर दुवै मुलुकबीचको व्यापार र लगानीलाइ सहज बनाउन सहयोग गर्नेछ ।

यातायात पारवहन संझौताको प्रोटोकलको परिचालनकालागि दुवै पक्षले आफनो आन्तरिक प्रकृयाहरु चाँडै सम्पन्न गर्ने सहमति भएको छ ।

चीनको सिचुवान प्रान्तको छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्ने विषयमा समझदारी भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

पाँच पृष्ठको संयुक्त वक्तव्यको पुरा विवरण

Joint Statement Between china and nepal—china

१८ बुँदे समझदारी र २ लेटर अफ एक्सचेन्जमा के के छ ?List of Instruments Signed and Exchanged between Nepal and China

एनआईबि संवाददाता,काठमाडौं

नेपाल र चीनबीच सहयोग र समन्वयका बीस बुँदामा हस्ताक्षर भएका छन् । जसमध्ये १८ समझदारी पत्रमा हस्ताक्षर भएको छ भने दुइ वटा लेटर अफ एक्सचेन्ज आदान प्रदान गरिएको छ । नेपाल चीनबीचको सहयोगको क्षेत्रमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि विकास, उद्योग तथा वाणिज्य र काठमाडौँ महानगरपालिका लगायत अन्य सरकारी निकाय समेटिएको छ ।

परराष्ट्र मन्त्रालयले यी २० बुँदाहरुको सुची सहितको विज्ञप्ति जारी गरेको छ । जुन यस प्रकार रहेको छ ।

१.सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता।

२.सुशासन क्षमता बृद्धिका लागि समझदारी।

३.अपराधिक मामिमालामा पारस्परिक कानुनी सहायताकालागि सन्धि।

४.सगरमाथा संरक्षणको लागि समन्वय गर्ने समझदारी।

५. राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनकालागि समझदारी।

६.चीनको छेङदुमा नेपालको महावाणिज्य दुतावास स्थापनाकालागि लागि लेटर अफ एक्सचेन्ज आदानप्रदान ।

७. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी चीन–नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनको लागि सहमति।

८. काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति ।

९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ शहरबीच भगिनी सम्बन्ध स्थापनाको सहमति।

१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधि राष्ट्रिय प्रशासनबीच समझदारी ।

११. विपद् जोखिम न्यूनीकरण र आपतकालिन सहायताकोलागि नेपालको गृह मन्त्रालय र चीनको आपतकालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी।

१२.महान्यायाधीवक्ता कार्यालय,नेपाल र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटरबीच समझदारी।

१३. त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच सम्झौता।

१४.नेपालबाट चीनमा सुन्तला तथा यस प्रकारका फलफूल निर्यातको लागि नेपालको कृषि विभाग तथा चीनको भंसारको सामान्य प्रशासनबीच आवश्यक फाइटोसेनिटरी प्रोटोकल तयार ।

१५.व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि नेपालको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।

१६. चीनको सहयोगमा नेपालमा भुकंप निगरानी नेटवर्क परियोजनाकालागि वितरण तथा स्वीकृति प्रमाणपत्र ।

१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।

 १८. सुरुङ निर्माण सहयोगकालागि अर्थ मन्त्रालय र चीनको अन्तराष्ट्रिय विकास समन्वय निकायबीच समझदारी ।

१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि लेटर अफ एक्सचेन्ज आदानप्रदान ।

२०.चीनको सहयोगमा काठमाडौं उपत्यकाको खानेपानी वितरण सुधार परियोजनाको व्यवहारिकता जाँच बैठककोलागि माइन्युट।

आइतबार होटल सोल्टीमा प्रधानमन्त्री के.पी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा समझदारी पत्र आदान प्रदान गरिएको हो । ओली र सीको नेतृत्वमा दुवै तर्फका प्रतिनिधि मण्डलबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्तापछि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

संझौता पत्र आदान प्रदान अघि सम्पन्न उच्चस्तरीय प्रनिनिधी मण्डलको वार्ताको शुरुवातमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । लगत्तै चिनियाँ राष्ट्रपति सीले पनि सम्बोधन गरेपछि वार्ता औपचारिक रुपमा कार्यसूचीमा प्रवेश भएको थियो ।

काठमाडौंको सोल्टी होटलमा ११ बजेर १० मिनेटबाट सुरु भएको वार्ता करीब ४० मिनेट चलेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देश उच्च पदस्थ अधिकारीहरु वार्तामा सहभागी थिए ।

दुइ दिने नेपालको राजकिय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार अपरान्ह स्वदेश फर्किसकेका छन् ।  २३ वर्षपछि चिनबाट नेपालमा राष्ट्रपति स्तरको भ्रमण भएको हो । नेपालमा करीब २१ घण्टा बिताएर राष्ट्रपति सी बेइजिंग फर्किएका हुन् ।

यो भ्रमण भारतको तामिलनायडु राज्यको मामल्लपुरममा आयोजना गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीचको अनौपचारिक शिखर वार्ता पछि हुने गरि तय गरिएको थियो । शुक्रबार साँझ चेन्नई उत्रिएका सी शनिबार अपरान्ह चेन्नईबाट नेपाल आएका थिए ।

List of Instruments Signed and Exchanged between Nepal and China

  1. Agreement between the Governments of Nepal and the People’s Republic of China on the Boundary Management System
  2. MoU between the Governments of Nepal and the People’s Republic of China on the Exchanges and Cooperation on Governance Capacity Building
  3. Treaty between Nepal and the People’s Republic of China on Mutual Legal Assistance in Criminal Matters
  4. MoU on Mount Sagarmatha/Zhumulangma Protection Cooperation between Nepal and China
  5. MoU on Promoting Key Projects of Investment and Cooperation on Productive Capacity between the National Planning Commission of Nepal and the National Development and Reform Commission of the People’s Republic of China.
  6. Exchange of Note for Setting up a Consulate General of Nepal in Chengdu
  7. MoU between the Ministry of Physical Infrastructure and Transport of Nepal and the Ministry of Transport of the People’s Republic of China on Feasibility Study of China-Nepal Cross-Border Railway Project.
  8. Agreement between Kathmandu Metropolitan City of Nepal and Nanjing City of the People’s Republic of China on the Establishment of Sister-City Relationship.
  9. Agreement between Butwal Sub-Metropolitan City of Nepal and Xi’an City of the People’s Republic of China on the Establishment of Sister-City Relationship.
  10. MoU on Cooperation on Traditional Medicine between the Ministry of Health and Population of the Government of Nepal and the National Administration of Traditional Chinese Medicine of the People’s Republic of China.
  11. MoU between the Ministry of Home Affairs of Nepal and the Ministry of Emergency Management of the People’s Republic of China Regarding Cooperation in Disaster Risk Reduction and Emergency Response.
  12. MoU on Cooperation between the Supreme People’s Procurator of the People’s Republic of China and Office of the Attorney General of Nepal
  13. Agreement between Tribhuvan University of Nepal and Confucius Institute Headquarters of China on the Establishment of Confucius Institute at Tribhuvan University.
  14. Protocol of Phytosanitary Requirements for the Export of Citrus Fruits from Nepal to China between Department of Agriculture of the Government of Nepal and General Administration of Customs of the People’s Republic of China.
  15. MoU between the Ministry of Industry, Commerce and Supplies of the Government of Nepal and the Ministry of Commerce of the People’s Republic of China on the Establishment of Joint Working Group on Trade
  16. Delivery and Acceptance Certificate for the China-Aid Earthquake Monitoring Network Project in Nepal
  17. MoU on Establishment of Investment Cooperation Working Group between the Ministry of Finance of Nepal and the Ministry of Commerce of the People’s Republic of China
  18. MoU between the Ministry of Finance of Nepal and China International Development Cooperation Agency on Tunnels Construction Cooperation
  19. Exchange of Letter for Border Security Equipment and Office Equipment
  20. Minutes of Meeting for Feasibility Investigation of China-Aid Municipal Water Supply Improvement Project in Kathmandu Valley of Nepal

 

चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किए

एनाआईबि संवाददाता,नयाँ दिल्ली

दुइ दिने नेपालको राजकिय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार अपरान्ह स्वदेश फर्किएका छन् । उच्चस्तरीय वार्ता तथा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सकेर सी सिधैं विमानस्थल पुगेका थिए ।

उनलाइ विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के.पी.शर्मा ओली लगायत उपराष्ट्रपति, विभिन्न सांसद , उच्च राजनीतिज्ञ, कुटनीतिज्ञ, नेपाल सरकारका उच्च अधिकारी, चीनकालागि नेपाली राजदूत, नेपालकालागि चिनियाँ राजदूत लगायतले विदाइ गरेका थिए ।

सीको सम्मानमा विमानस्थलमा सेनाले विदाइ सलामी दिएको थियो । त्यसैगरि नेपाली कला र संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएका थिए । २३ वर्षपछि चिनबाट नेपालमा राष्ट्रपति स्तरको भ्रमण भएको हो । नेपालमा करीब २१ घण्टा बिताएर राष्ट्रपति सी बेइजिंग फर्किएका छन् ।

यो भ्रमण भारतको तामिलनायडु राज्यको मामल्लपुरममा आयोजना गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीचको अनौपचारिक शिखर वार्ता पछि हुने गरि तय गरिएको थियो । शुक्रबार साँझ चेन्नई उत्रिएका सी शनिबार अपरान्ह चेन्नईबाट नेपाल तर्फ लागेका थिए ।

नेपाल र चीनबीच २० समझदारी पत्रमा हस्ताक्षर

एनआईबि संवाददाता,काठमाडौं

नेपाल र चीनबीच २० समझदारी पत्रमा हस्ताक्षर भएको छ । गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि विकास, उद्योग वाणिज्य, काठमाडौँ महानगरपालिका लगायत सरकारी निकायसँग साझेदारी गर्ने सम्बन्धि विभिन्न दर्जन बढि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

आइतबार होटल सोल्टीमा प्रधानमन्त्री के.पी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा समझदारी पत्र आदान प्रदान गरिएको हो । ओली र सीको नेतृत्वमा दुवै तर्फका प्रतिनिधि मण्डलबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्तापछि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर पत्रमा नेपालले प्राथमिकता साथ उठाएको र नेपालमा सबैभन्दा चर्चा र चासोमा रहेको केरुङ–काठमाडौं रेलमार्गको बिस्तृत अध्ययन प्रतिवेदन(डीपीआर)  समावेश  छ । सम्पर्क सञ्जालबारे अध्ययन गर्न नेपाल र चीनबीच संयन्त्र गठन गर्ने सहमति गरेको छ । त्यसैगरी, टोखा–छहरे सुरुङ मार्ग निर्माण, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौं स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालय  लगायतको विषय समेटिएको छुट्छाछुट्टै समझदारी पत्र पनि आदान प्रदान भएको हो ।

काठमाडौंमा खानेपानी व्यवस्थापनकालागि महानगरपालिकासँग मिलेर कार्य गर्ने विषयमा पनि समझदारी भएको छ ।त्यसैगरी, दुई देशबीच बुटवल–सियान र काठमाडौं तथा चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

संझौता पत्र आदान प्रदान अघि सम्पन्न उच्चस्तरीय प्रनिनिधी मण्डलको वार्ताको शुरुवातमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । लगत्तै चिनियाँ राष्ट्रपति सीले पनि सम्बोधन गरेपछि वार्ता औपचारिक रुपमा कार्यसूचीमा प्रवेश भएको थियो । काठमाडौंको सोल्टी होटलमा ११ बजेर १० मिनेटबाट सुरु भएको वार्ता करीब ४० मिनेट चलेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देश उच्च पदस्थ अधिकारीहरु वार्तामा सहभागी थिए ।

दुइपक्षीय वार्तामा बस्नु अघि सीले ओलीसँग एक्ला एक्लै वार्ता पनि गरेका थिए । आइतबार बिहान सीले सत्तारुढ नेपाल कम्युनिट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालय सदस्यहरुसँग भेटवार्ता गरेका थिए । सीले प्रचण्डसँग अलग्गै पनि भेटवार्ता गरेका थिए ।

शनिवार साँझ नेपाल आएका सीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेट पछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाइ भेटेर पहिलो औपचारिक राजनीतिक भेटघाट शुरु गरेका थिए । शनिबार नै सी र देउवाबीच सोल्टी होटलमा भेटवार्ता भएको थियो ।

२३ वर्ष पछि चिनियाँ राष्ट्र्पति नेपालमा, काठमाडौंमा भव्य स्वागत, रेलमार्ग संभाव्यता अध्ययन गर्ने सीको घोषणा

एनआईबि संवाददाता,काठमाडौं

दुइ दिने भ्रमणकालागि शनिबार काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङ शीतल निवासमा समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्ता पछि सोल्टी होटलमा आयोजना गरिएको रात्री भोजमा सहभागी भए । सीको सम्मानमा राष्ट्रपति भण्डारीले आयोजना गरेको यो रात्रीभोजमा भण्डारीले सीको आगमनमा स्वागत मन्तव्य राखिन भने सीले कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल प्रतिको आफ्नो सदभाव,सहयोग र सहकार्यका योजनाहरु घोषणा गरेका थिए ।

सीको सम्मानमा काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको रात्रीभोजमा दुवै समकक्षीले के भने ?

राष्ट्रपति भण्डारीले के भनिन ?

  • नेपाली जनताले केरुङदेखि काठमाडौ हुँदै लुम्बिनी सम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउँदै रेल्वे क्षेत्रमा चीनसँग रहेको उच्चतम प्रविधि र उपलब्ध श्रोत साधनका कारण नेपालीहरुको यो चाहना छिटै पुरा हुने विश्वास व्यक्त गरिन् ।

  • सीमावारपार कनेक्टिभिटीकालागि भएका पूर्वाधारमा सुधार गर्नुपर्ने कुरामा जोड दिइन ।

  • नेपाल र चीनबीच पारस्परिक विश्वास, सम्मान र हितमा आधारित सम्बन्ध घनिष्ठ, मजबुत र समस्यारहित रहेको बताइन् । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न सन् २०३० सम्ममा मध्यम आय भएका मुलुकमा उन्नत हुने उद्धेश्य राखेको बताउँदै यो उद्धेश्य प्राप्तिकालागि वैदेशिक लगानीको खाँचो औल्याइन् । चिनियाँ सहयोगको आवश्यक्ता औल्याउँदै भण्डारीले उत्पादनशील क्षेत्र, पूर्वाधार विकास तथा जलश्रोतको विकासमा चीनलाइ लगानीकालागि आह्वान गरिन् र लगानी सुरक्षाको प्रत्याभुति नेपाल सरकारले दिने बताइन् ।

  • द्धिदेशीय सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उँचो रहेको छ । पंचशीलमा आधारित न्यानो सम्बन्धलाइ थप उचाँइमा लैजाने प्रशस्त संभावनाहरु रहेको बताइन् ।

  • बुद्धको जन्मस्थल लुम्बिनीलाइ विश्वशान्तिको केन्द्र बनाउने प्रयासमा चीनको महत्वपूर्ण सहयोगको अपेक्षा राखेको बताइन् ।

  • चीनले सदैव नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको भन्दै नेपालको एक चीन नीति प्रतिको प्रतिबद्धता दोहरयाइन् । चीनको हित विपरित नेपाली भुमिमा कुनै पनि प्रकारका गतिविधिहरु हुन नदिने प्रतिवद्धता पून व्यक्त गरिन् ।

  • दुवै देश र जनताको हितमा हुने गरी मित्रराष्ट्र चीनसँगको समग्र सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन नेपाल प्रतिवद्ध रहेको बताइन् ।

सीले के घोषणा गरे ?

  • चिनियाँ राष्ट्रपति सीले हिमालय सीमापार केरुंग–काठमाडौं रेल संभाव्यताबारे अध्ययन गर्ने घोषणा गरे । यो रेलमार्गको निर्माणमा चीनको त चासो थियौ ने , नेपालमा झन बढि चर्चा र चासो रहेको थियो ।

  • अरनिको राजमार्गको स्तरोन्नति र केरुङ–काठमाडौं सडकमार्गलाइ सक्रिय रुपमा अघि बढाउने ।

  • नेपालसँगको बढि भन्दा बढि सीमा नाका खोल्ने र नेपाललाइ भुपरिवेष्ठित मुलुकबाट भूजडित देश बनाउन सहयोग गर्ने ।

  • नेपाल भ्रमण वर्ष २०२० सफल पार्न चीनले सहयोग गर्ने । विश्वको सबैभन्दा बढि जनसंख्या भएको मुलुक चीनका पर्यटकहरुलाइ नेपाल भ्रमण गर्न अभिप्रेरित नै गर्ने आश्वासन दिए ।

  • दुइ मुलुकको हित हुने सहकार्य गरेर विकास र समृद्धि तर्फ उन्मुख हुने, पुस्तौंपुस्ताको मैत्रिपूर्ण सम्बन्ध र रणनीतिक साझेदारी गरेर दुइ मुलुकबीच सम्बन्ध स्थापना गर्ने र दुइ मुलुकबीचको कनेक्टिभिटि सन्जाललाइ सहज बनाउने प्रतिवद्धता व्यक्त गरे ।

  • भुकम्पपछिको पूननिर्माण परियोजनाहरुलाय सक्रियताकासाथ अघि बढाउने उल्लेख गरे ।

  • चीन नेपालको सम्बन्धमा कुनै समस्या नरहेको, मित्रता मात्र रहेको स्पष्ट पारे ।

  • नेपालमा सामाजिक स्थायित्व,सामाजिक सद्भाव र जनताको सुखी जीवन देखेर खुशी लागेको बताए ।

  • सीले लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल भएको पनि मनन गरे ।

  • आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद व्याप्त रहेको अहिलेको समयमा बहुलवाद र आर्थिक भुमण्डलीकरणलाइ सहयोग गर्नुपर्छ ।

  • आफ्नो भ्रमणका क्रममा चीन र नेपाल सम्बन्धको नयाँ खाका बनाउन सकेकोमा खुशी व्यक्त गरे ।

  • सीले चीन र नेपालको संयुक्त प्रयासबाट दुइ पक्षीय सम्बन्धको नयाँ भविष्य निर्माण गर्न आह्वान गरे ।

शीतल निवासमा चिनियाँ राष्ट्रपति सी

एनआईबि संवाददाता,काठमाडौं

दुइ दिने औपचारिक भ्रमणका क्रममा शनिबार साँझ काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सि चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा निर्धारित समयतालिका अनुरुप साँझ सात बजे दुइ समकक्षीबीच भेटवार्ता भएको हो ।

दुइ समकक्षीको भेटमा द्धिपक्षिय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सी र भण्डारीबीच झण्डै ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सीले राष्ट्रपति कार्यालयमा रहेको अतिथि पुस्तिकामा समेत हस्ताक्षर गरेका थिए ।

तस्वीर सौजन्य:रासस

२३ वर्षपछि चिनियाँ राष्ट्रपति काठमाडौंमा

एनआईबि संवाददाता,काठमाडौं

अन्तत बहुप्रतीक्षाको घडी सकिएको छ । चिनियाँ राष्ट्रपति सि जिनफिङ काठमाडौं आइपुगेका छन् । भारतको दुइ दिने भ्रमण सकेर नेपालको राजकीय भ्रमणका क्रममा उनी काठमाडौं आइपुगेका हुन् । एयर चाइनाको विशेष विमानबाट उनी निर्धारित समयमै अर्थात ४ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका छन् । सीलाइ विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारील स्वागत गरेकी छन् । राष्ट्रपति सीको सम्मानमा सेनाले विमानस्थलमै ‘गार्ड अफ अनर’ दिएको छ ।

चिनिया राष्ट्रपति चेन्नईबाट काठमाडौंकालागि प्रस्थान

एनआईबि संवाददाता,नयाँ दिल्ली

दुइ दिने अनौपचारिक यात्राका क्रममा भारत आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबारको कार्यक्रम सकेर नेपालको राजकीय भ्रमणकालागि प्रस्थान गरेका छन् । उनी चेन्नई विमानस्थलबाट करीब दुइ बजे उडेका छन् । चिनियाँ राष्ट्रपति चढेको विमान काठमाडौंमा साढे चार बजेदेखि पाँच बजे अवतरण गर्ने अनुमान छ ।

उनी भारतीय प्रधानमन्त्रीसँगको अनौपचारिक शिखर वार्ताकालागि शुक्रबार चेन्नई आइपुगेका थिए । चेन्नईको मामल्लपुरमा शुक्रबार र शनिबार सी र मोदीबीच अनौपचारिक वार्ता भएको थियो ।
Nepal news headlines | breaking news kathmandu | national news of nepal live