सुषमा पंचतत्वमा विलिन

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबी संवाददाता, नयाँ दिल्ली
भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको बुधबार नयाँ दिल्लीको लोधी रोड स्थित शवदाह गृहमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियो । स्वराजकी छोरी बाँसुरीले उनको अन्तिम संस्कारका रीति रिवाज पुरा गरिन । उनको अन्तिम संस्कारमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा नेता लाल कृष्ण आडवाणी, गृहमन्त्री अमित शाह , राजनाथ सिंह , लोकसभा अध्यक्ष ओम बिडला , जेपी नड्डा सहित बीजेपी का वरिष्ठ नेता लोधी रोड शवदाह गृहमा सहभागी भएका थिए । यसका अतिरिक्त सोनिया गान्धी, गुलाम नबी आजाद , आनन्द शर्मा , राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, मनोहरलाल खट्टर , शरद यादव लगायतका नेताहरु सहभागी थिए । यस अघि स्वराजको पार्थिव शरीरलाइ अन्तिम श्रद्धान्जलिकालागि भाजपा मुख्यालयमा राखिएको थियो ।

सुषमा स्वराजको मंगलबार राती हृदयघातका कारण आकस्मिक निधन भएको थियो । ६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार राती आफनो निवासमा लडेकी सुषमालाइ परिवारका सदस्यले एम्स अस्पताल पुरयाएका थिए । अस्पताल पुरयाउँदा सम्म उनको निधन भइसकेको थियो । भाजपाकी प्रखर र ओजस्वी नेता स्वराजको तीन वर्षअघि विदेशमन्त्रालयको जिम्मेबारीमा रहँदा नै एम्स अस्पतालमा मृगौला प्रत्यारोपाण गरिएको थियो । उनलाइ इन्फेक्सनबाट बच्न चिकित्सकले सल्लाह दिएका थिए । नौपटक सम्म साँसद भएकी स्वराज आम जनताकाबीच आफनो सेवाभाव तथा अभिभावकत्वका कारण चर्चित थिइन् ।
सरकारले जम्मु कश्मीरमा धारा ३७० हटाएको बिल लोकसभाबाट बहुमतकासाथ पारित गराएको खुशीयालीमा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीलाइ अभिनन्दन गर्दै साँझ सात बजे टिविट गरेकी थिइन । यो नै उनको अन्तिम टिविट बन्न पुगेको छ । उनले लेखेकी थिइन , ‘प्रधानमन्त्री ज्यू तपाइलाइ हार्दिक अभिनन्दन । मैले आफ्नो जीवनमा यो दिन हेर्न प्रतीक्षा गरिरहेको थिए ।

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live