नेपाल भारत संयुक्त आयोगको बैठकमा के–के भयो?

तस्बीर श्रोतः भारतीय दूतावास, काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

  • अतिरिक्त हवाइमार्ग संचालनको अनुमति पछि धकेलियो
  • भुकम्प प्रभावित र हुलाकी सडक निर्माणकालागि भारत सरकारद्धारा सहयोग हस्तान्तरण

एनआइबि टिम, काठमाडौं/नयाँ दिल्ली

नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक द्धिपक्षिय कनेक्टिभिटि तथा आर्थिक साझेदारीको विषयको छलफलमा केन्द्रित रहेर सम्पन्न भएको छ । बैठक व्यापार पारवहन, उर्जा तथा जल विद्युत तथा शिक्षा तथा संस्कृति लगायतका विषयमा केन्द्रित रहेको थियो । बैठकमा भारत सरकारले नेपाल सरकारलाइ प्रतिवद्धता गरेको दुइ क्षेत्रमा सहयोग समेत हस्तान्तरण गरेको छ । चौथो बैठकमा भएका सहमतिहरुको कार्यान्वयको समीक्षा गर्दै पछिल्लो समयमा द्धिपक्षित सम्बन्धमा भएको प्रगतिमा बैठकले संतोष समेत व्यक्त गरेको छ ।

बैठकमा के के भयो ?

 संयुक्त आयोग बैठकले पछिल्लो दुइ वर्षमा नेपाल भारतबीच भएको उच्चस्तरीय भ्रमणको आदान प्रदानले द्धिपक्षिय सम्बन्धको समग्र क्षेत्रमा उत्पन्न भएको प्रगतिमा खुशी व्यक्त गरेको छ ।

 बैठकमा १९५०को शान्ति तथा मैत्री सन्धिको समीक्षा तथा प्रबुद्ध व्यक्ति समुह(इपीजी)ले तयार पारेको प्रतिवेदन हस्तान्तरणका विषयमा पनि दुवै मुलुकको विचार आदान प्रदान भयो ।

 अन्तराष्ट्रिय,क्षेत्रीय तथा सह क्षेत्रीय मन्चहरुमा भएका सहकार्यका बारेमा पनि बैठकमा छलफल भएको छ ।

 आयोगले बैठकमा मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, हुलाकी सडकको चार खण्ड र नुवाकोट गोर्खा जिल्लाका भुकम्प प्रभावितको आवास पूर्ननिर्माण जस्ता द्धिपक्षिय परियोजनाहरुमा भएको प्रगतिमा खुशी व्यक्त गरेको छ । जनकपुर–जयनगर रेल्वे र जोगबनी–विराटनगरमा सीमा पार रेल्वे परियोजना र विराटनगरमा एकीकृत चेक पोष्ट (आइसीटी) निर्माणमा भएको प्रगतिमा पनि खुशी व्यक्त गरेको छ । बाँकी रहेको परियोजना पनि द्रुत गतिमा सम्पन्न हुनेमा आयोग सहमत भएको छ ।

 प्रधानमन्त्री ओलीले सन् २०१८मा गरेको भारत भ्रमणका दौरान सहमती जनाएका तीन नयाँ क्षेत्र(रक्सौल–काठमाडौ विद्युतिय रेलमार्ग, अन्तरदेशीय जलमार्ग र कृषिमा नयाँ साझेदारी ) को प्रगतिमा पनि आयोगले संतोष व्यक्त गरेको छ । व्यापार, पारवहन र रेलसेवासँग सम्बन्धि सन्धि संझौताको तत्काल समीक्षाकोलागि दुर्व पक्ष सहमत भए । व्यापार तथा पारवहनलाइ सहज बनाउनकालागि दुइ देशबीचका मुख्य नाकाहरुको केन्द्रमा पूर्वाधार निर्माण तथा लजिष्टिक सुविधालाइ समयसापेक्ष बनाउन सहमत भए ।

 सीमावर्ती क्षेत्रका बाढी प्रभावित जिल्लाहरुमा पानीको अप्राकृतिक बहावलाइ नियन्त्रण र सही दिशामा परिचालन गर्नकालागि दुवै मुलुकका अधिकारीहरुको संयुक्त टोलीले बाढी प्रभावित सीमावर्ती जिल्लाहरुमा अनुगमन गरेर दिएको सुझाव अनुरुप अगाडि बढने सहमति भएको छ ।

 आर्थिक सामाजिक विकासमा पर्यटनको महत्वमा जोड दिंदै दुवै परराष्ट्रमन्त्रीद्धयले नेपाल भ्रमण वर्ष २०२०को सन्दर्भमा एक आपसमा सहयोग अभिवृद्धि गर्नेमा सहमति व्यक्त गरे । नेपाल सरकारले अतिरिक्त हवाइमार्गको बारेमा गरेको आग्रहमा भारतीय पक्षले दुवै मुलुकको नागरिक उड्डयन अधिकारीबीच छलफल भइरहेको हँुँदा त्यसबाट सकारात्मक परिणाम आउने आशा व्यक्त गरे ।

 खाद्य सुरक्षा र मापदण्डको नेपाल सरकारको खाद्य,प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र भारत सरकारको खाद्य सुरक्षा तथा मापन प्राधिकरणबीच खाद्य सुरक्षा तथा मापदण्ड सम्बन्धी संझौतामा हस्ताक्षर भएको छ ।

भुकम्प प्रभावित र हुलाकी सडक निर्माणकालागि भारत सरकारद्धारा सहयोग हस्तान्तरण

  •  यसैबीच नेपालका भुकम्प प्रभावित गोर्खा र नुवाकोट जिल्लाका भुकम्प प्रभावितहरुको घर निर्माणकालागि भारत सरकारले २ अर्ब ४५ करोड रुपैया हस्तान्तरण गरेको छ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकको अवसर पारेर भारत सरकारले सो रकम हस्तान्तर गरेको हो । बुधबार शुरु भएको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा राजदूत मन्जीव सिंह पुरीले पूनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीलाइ २ अर्ब ४५ करोड चेक हस्तान्तरण गरे । सन् २०१५मा गोर्खा वारपाकलाइ केन्द्र विन्दु बनाएर आएको शक्तिशाली भुकम्प पछि भारत सरकारले नेपालका गोर्खा, नुवाकोट र रसुवा जिल्लामा ५० हजार घर निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरेको थियो । सोही अनुरुप निर्माण सम्पन्न भएको गोर्खा र नुवाकोटकालागि सो रकम हस्तान्तरण गरेको हो ।

 त्यसैगरि हुलाकी राजमार्गका सडक पूर्वाधार विकासकोलागि ८० करोड ७१ लाख रुपैयाको चेक पनि हस्तान्तरण गरेको छ । तराइ क्षेत्रका सडक पूर्वाधार विकासकालागि भारत सरकारले प्रतिवद्धता गरेको ५०० करोड रुपैयाबाट यो रकम हस्तान्तरण गरेको हो । राजदूत पुरीले यो चेक भौतिक पूर्वाधार तथा पारवहन मन्त्रालयका सचिव देवेन्द्र रेग्मीलाइ हस्तान्तरण गरे ।

पहिलो दिनको बैठकको समापनपछि विदेशमन्त्री जयशंकर तथा भ्रमण टोलीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रीभोजको आयोजना गरेका थिए । विदेशमन्त्री जयशंकर विहिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live