चीनको ‘स्टारफिस’ विमानस्थलको चर्चा,आर्किटेक्टको भइसक्यो निधन

तस्वीर साभार : दि गार्डियन

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता, नयाँ दिल्ली

भौतिक संरचनाको निर्माणमा विश्वमा उत्कृष्ट मानिएको चीनले चमत्कारी संरचनाहरु निर्माण गर्दै आएको छ । ‘स्टारफिस’ उपनाम दिइएको डेक्जिंग अन्तराष्ट्रिय विमानस्थल बनाएर चीनले विश्वकै ध्यान आकर्षित गरेको छ ।

बुधबार चीनका राष्ट्रपति सी चिनपिंगले विमानस्थलको औपचारिक उदघाटन गरे । ११ अर्ब डलरको लागतमा निर्माण गरिएको मेगा एयरपोर्टको उदघाटन गर्दै चिनपिंगले विमानस्थल संचालनमा आएको घोषणा गरे । विहिबारदेखि विमानस्थलमा नियमित हवाइ सेवा सुचारु भएको छ । अक्टोबर १मा गणतन्त्र स्थापनाको ७० औं वर्षगाँठ मनाउनु अघि चीनले विमानस्थल संचालनमा ल्याएको हो ।

चाइना न्यूज सर्भिसका अनुसार चाइना साउदर्न र चाइना इस्टर्न एयरलायन्सले डेक्जिंगको स्थानिय समयअनुसार ३.४५मा पहिलो उडान भर्नेछन् । सरकारी संचारमाध्यम ग्लोबल टाइम्सका अनुसार सात वटा घरेलु एयरलायन्सले यो विमानस्थलबाट सेवा शुरु गर्ने आशा गरिएको छ । विमानस्थलबाट ब्रिटिश एयरवेज, कैथे पेसिफिक र फिनएयर सहित अन्तराष्ट्रिय हवाइसेवा कम्पनीहरुले डेक्सिंग मार्गलाइ प्रयोग गर्ने घोषणा गरिसकेका छन् ।

डिजाइन कसको ?

नयाँ विमानस्थललाइ प्रसिद्ध वास्तुकार जहाँ हदीदले डिजाइन गरेकी हुन् । ३१ मार्च २०१६ मा उनको मृत्यु भइसकेको छ । जहाँ हदीद प्रिजकर आर्किटेक्चर प्राइज पाउने पहिलो महिला आर्किटेक्ट थिइन् । यो पुरस्कार उनले २००४मा पाएकी थिइन ।

यो विमानस्थल चीनको राजधानी बेइजिंगबाट ६७ किलोमिटर दक्षिणमा अवस्थित छ । निर्माण शुरु भएको ५ वर्षमा विमानस्थल तयार पारिएको हो । यसको शिलान्यास २४ डिसेम्बर २०१४मा गरिएको थियो भने ३० जुन २०१९मा निर्माण कार्य सम्पन्न भइसकेको थियो ।
चिनियाँ संचारमाध्यमका अनुसार यो विमानस्थल एउटै भवनभित्र निर्माण गरिएको विश्वको सबैभन्दा ठूलो टर्मिनल हो र यसको क्षेत्रफल ७लाख वर्गमिटरमा फैलिएको छ ।

यो विमानस्थलमा चार वटा रनवे छन् । सन् २०२५सम्म वार्षिक सात करोड भन्दा बढी यात्रुलाइ सेवा दिने गरी विमानस्थलको क्षमता बिस्तार गरिने बताइएको छ । विमानस्थलको सन् २०४० सम्ममा ८ वटा रनवे बनाएर वार्षिक १० करोड यात्रुलाइ सेवा दिने महत्वकाँक्षी लक्ष्य रहेको छ ।

पश्चिमा संचारमाध्यमहरुले भने बेइजिंग क्यापिल अन्तराष्ट्रिय विमानस्थल नजीकै किन अर्को विमानस्थलको आवश्यक्ता परयो भनेर आलोचकलाइ उद्धृत गर्दै समाचार लेखेका छन् । बेइजिंग विमानस्थलमा बढदो भीडको दबाबलाइ संतुलित गर्नकालागि यसको आवश्यक्ता रहेको चीनका अधिकारीहरुले बताएका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुले चीनको यो सफलतालाइ विश्वको आठौं आश्चर्यभित्र परेको ग्रेट वालसँग दाँजेका छन् । दि गार्डियनले हेडलाइन नै लेखेको छ ,‘दि ग्रेट वाल अफ चाइना ।’ ‘अमेरिकाले २० औं शताब्दीमा बनाएका सिमेन्टेड भौतिक संरचना चीनले प्रत्येक दुइ वर्षमा बनाइरहेको छ,’गार्डियनले लेखेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live