सलमानको ‘भारत’ भर्सेज वल्र्ड कप क्रिकेट २०१९

तस्बीर साभारः न्यूजएक्स डट कम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतमा सबैभन्दा बढि चर्चामा आउने भनेको क्रिकेट, बलिउड र राजनीति हो । क्रिकेटको क्रेज भारतीयहरुमा यति धेरै छ कि यी तीनै कुरा एक अर्कालाइ अनुकुल र प्रतिकुल प्रभाव पार्न उत्तिकै सक्षम छ । बलिउडका दबंग हिरो सलमान खानको चर्चित फिल्म ‘भारत’लाइ क्रिकेटले भने कस्तो प्रभाव पार्ला ?

सलमान ईदको सुल्तानका नामले पनि चिनिन्छन् । यो मौका पारेर रिलिज भएका उनका फिल्मले बक्स अफिसमा रेकर्ड नै बनाएका छन् । तर यस पटक विश्व कप क्रिकेटले भारत फिल्मलाइ टक्कर दिने भएको छ ।
भारत रिलिज हुने र विश्वकप क्रिकेट शुरु हुने एकै समय परेको छ । विश्व कप क्रिकेट ३० मेदेखि शुरु हुँदैछ । ५ जुनमा भारत रिलिज हुँदैछ । संजोग के परेको छ भने सोहि दिन विश्वकपमा भारतले पहिलो म्याच खेल्दैछ ।

विश्वकपको जोशको बीचमा फिल्मको रिलिजलाइ लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । केहि विश्लेषकले यसले फिल्मको कमाइलाइ कुनै असर नपार्ने बताउँछन् । फिल्म ट्रेड विश्लेषक अतुह मोहनले आफनो टिविटमा लेखेका छन् , ‘भारत त्यही दिन रिलिज हुँदैछ जुन दिन विश्वकपमा भारतको पहिलो म्याच हुँदैछ । लन्दनमा हुने म्याचमा भारत र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । के यसको असर फिल्मको कमाइमा पर्छ ,’ मलाइ लाग्दैन ।

केहि विश्लेषक भने थोरै भएपनि भारतको कमाइमा फरक पर्ने बताइरहेका छन् । भारत र साउथ अफ्रिकाको म्याच साँझ तीन बजेदेखि शुरु हुनेछ । त्यसकारण पनि साँझको शोमा फिल्मलाइ प्रभाव पर्नसक्ने विश्लेषकहरुको अनुमान छ । उनीहरुका अनुसार भारतमा क्रिकेटको जवदस्त क्रेज छ त्यसमा पनि वल्र्डकप झन दोब्बर हुन्छ । तर सलमान खान पनि जबरदस्त फ्यान फलोअर भएका अभिनेता हुन जसले ईदमा किर्तिमान नै बनाउँछन । त्यसैले यो ईदमा क्रिकेट भर्सेज सिनेमा, कुन कसमाथि हावी हुनेछ त्यसकोलागि कुर्नै पर्छ ।

सलमान खान ‘भारत’मा भिन्न भिन्न लुकमा देखिएका छन् । उनीसँग कैटरिना कैफ र दिशा पटानीले अभिनय गर्दैछन् । ‘भारत’लाइ अली अब्बास जफरले निर्देशन गरेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live