रिलिज अघि नै ‘साहो’को चर्चा चुलियो

तस्बीर साभारःप्रभास इन्स्टाग्राम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनबिआई संवाददाता, नयाँ दिल्ली

बाहुबली २ पछि पहिलो पटक पर्दामा देखिन लागेका प्रभास र श्रद्धा कपुर अभिनित बहुप्रतीक्षित फिल्म ‘साहो’को प्रतीक्षा सकिन लागेको छ । फिल्म यसै साता रिलिज हुँदैछ । ब्लकबस्टर ‘बाहुबली’२ पछि अभिनेता प्रभासको दुइ वर्षपछि रिलिज हुन लागेको पहिलो फिल्म साहो रिलिज अघि नै चर्चामा छ ।

फिल्मको प्रवद्र्धनका क्रममा कपिल शर्माको शोले यसको चर्चा थप चुलिएको छ । आइतबारको कपिलको सोमा सिनेमाका कलाकारहरु प्रोमोसनकालागि आएका थिए । प्रसिद्धिको शिखरमा पुग्दै गरेका यी अभिनेताको पुरा नाम उनका प्रशंसकलाइ पनि थाहा थिएन होला , कपिलको शोबाट धेरैले उनको नाम वेंकटा सत्यानारायना प्रभास राजु उप्पलापाटि भन्ने थाहा पाए होलान ।

त्यसोत ‘साहो’मा प्रभासको नयाँ लुक सार्वजानिक भएदेखि फिल्मको पोष्टर रिलिज, टिजर र ट्रेलरले पाएको प्रतिक्रिया हेर्दा यो सिनेमाले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने सिनेमा विश्लेषकहरुले अनुमान लगाइरहेका छन् । चलचित्रको केहि साता अघि रिलिज भएको गीत ‘सैंया साइको’ डान्सिंग फ्लोरको हिट गीत बनिसकेको छ ।११अगस्तमा रिलिज भएको ट्रेलरलाइ ६ करोड ११ लाख भन्दा बढि हेरिसकिएको छ ।

फिल्मलाइ स्वतन्त्रता दिवसका दिन नै रिलिज गर्ने भनिएको थियो । तर पछि यो फिल्ममा केहि एक्सन दृश्यहरु परिवर्तन गर्ने भनेर ३० अगस्तमा सारिएको हो । उता १५ अगस्तमा अक्षय कुमार र विद्या वालन अभिनित मिशन मंगल र जान अब्राहमको बाटला हाउस रिलिज भएको थियो । ट्रेलर अनुसार मुम्बइमा भएको २हजार करोड रुपैयाको चोरीमा यो सिनेमाको कथावस्तु घुमेको बुझिन्छ ।
बाहुबली फिल्मबाटै चर्चाको शिखरमा पुगेका प्रभासको बलिउड इन्ट्रि गर्ने साहो पहिलो सिनेमा हो । यसलाइ बनाउने घोषणा बाहुबली २ रिलिज हुने साता नै गरिएको थियो । ‘बाहुबली २’ २८ अप्रिल २०१७मा रिलिज भएको थियो । मल्टी स्टारर एक्सन थ्रिलर यो फिल्ममा निल नितिन मुकेश, जैकी श्राफ, मन्दिरा बेदी, महेश माँजरेकर, चंकी पाण्डे लगायतले अभिनय गरेका छन् ।

‘साहो’ को अर्थ हो जय हो । लगभग ३००देखि ३५० करोडको अनुमानित लागतमा बनेको यो फिल्मकालागि प्रभासले नै सय करोड पारिश्रमिक लिएको अफवाह पनि चलेको थियो तर प्रभासले भारतीय संचारमाध्यमा गरेको कुराकानीमा यो हल्लाको खण्डन गरेका थिए । उनका अनुसार २० प्रतिशत मुनाफाको हिस्सा लिने गरि फिल्ममा जोडिएका हुन् । उनले फिल्म चल्ने नचल्ने निश्चित नै नभइ चर्को पारिश्रमिक लिन नसक्ने बताएका थिए ।

फिल्ममा महंगो स्पेशल इफेक्ट्स र कारहरुको प्रयोग गरिएको छ । हिन्दिका अलावा तमिल र तेलगु तीन भाषामा एकै साथ फिल्मलाइ रिलिज गर्न लागिएको छ । । तेलगु इण्डस्ट्रीका सुपरस्टार प्रभासले ‘साहो’ बाट बलिउडमा इन्ट्रि गर्दैछन् । तर उनको पहिलो बलिउड फिल्मको चर्चा चुलिएको देख्दा प्रभास बलिउडका सबैभन्दा धेरै कमाउने स्टार सलमान खान,अक्षय कुमार, आमिर खान, अजय देवगन लगायतकालागि चुनौती बन्ने देखिन्छ ।
भारतीय मिडियाका अनुसार सिनेमालाइ उत्तरी भारतका ४५०० स्क्रिनमा , तामिलनाडुमा करीब ५५० स्क्रिनमा एकसाथ रिलिज गरिदैछ । बाहुबली २ राज्यका ५२५ स्क्रिनमा मात्र रिलिज भएको थियो । साहोको तेलगु थिएट्रिकल राइट्स १२५ करोड रुपैयामा ब्रिकी भइसकेको छ । यसले पनि बाहुबली २ को रेकर्ड तोडेको छ। बाहुबली २ को तेलगु राइट्स १२२ करोड भारतीय रुपैयामा बिक्री भएको थियो । रिलिज अघि आफ्नै फिल्मको रेकर्ड तोडेका प्रभासले रिलिज पछि कुन कुन रेकर्ड भत्काउने हुन प्रतीक्षा गर्नै पर्छ ।

फिल्मलाइ तेलगु निर्देशक सुजीथले निर्देशन गदैछन् भने युबी क्रिएसन्सको निर्माण र टी सिरिजले प्रस्तुत गर्दैछ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live