स्टाइपेन्ड निर्णयमा पूनसमीक्षा गर्न एम्सलाई स्वास्थ्यमन्त्री हर्षवर्धनको आग्रह

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतका केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा.हर्षवर्धनले नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा पोष्ट ग्राजुएटमा अध्ययनरत नेपाली आवासिय चिकित्सकहरुले पाउनुपर्ने स्टाइपेन्ड(निर्वाह भत्ता)सुविधामाथिको निर्णयलाइ पूनसमीक्षा गर्न एम्स व्यवस्थापनलाइ आग्रह गरेको बताएका छन् ।

दिल्लीमा रहेको विदेशी पत्रकारहरुको दक्षिण एशियाली संस्था फरेन करेसपोन्डेन्ट क्लब(एफसीसी)मा सोमबार राखेको जिज्ञासामा मन्त्री हर्षवर्धनले भने,‘ यो मुद्दामा हामीले चासो लिइरहेका छौं र एम्सलाइ हामीले आफ्नो निर्णयलाइ पूनसमीक्षा गर्न भनिसकेका छौं।’ डा. हर्षवर्धन भारत सरकारको आयुष्मान भारत योजनाको वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य क्षेत्रमा भए गरेको प्रगतिबारे विदेशी पत्रकारहरु समक्ष समीक्षात्मक अन्तक्रियाकालागि एफसीसीमा आएका थिए ।

कुराकानीकै क्रममा उनले स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग यो विषयमा छलफल भएको बताउँदै भने, ‘केहि दिन अघि मात्र नेपालका स्वास्थ्य मन्त्रीसँग पनि यो विषयमा कुराकानी भएको थियो । हामीले यो विषयलाइ गम्भीरतापूर्वक लिएका छौं । चण्डीगढ संस्थानले यस विषयमा निर्णय लिइसकेको छ । एम्सलाइ निर्णयको पूनसमिक्षा गर्न भनेका छौं ।’एम्सका विद्यार्थीहरुले स्टाइपेन्ड  पाउँछन त भन्ने जिज्ञासा पून दोहरयाउँदा मन्त्री हर्षवर्धनले भने , ‘हेर्नुस एम्स भनेको एउटा स्वायत्त निकाय हो तर हामीले उनीहरुलाइ निर्णयमा पूनसमीक्षा गर्न भनेका छौं ।’

नयाँ दिल्लीको एम्स, चण्डीगढको स्नात्तकोत्तर चिकित्सा शिक्षा एवं अनुसंधान संस्थान (पीजीआईएमईआर) र पोन्डिचेरीको जवाहरलाल इन्स्टिच्युट अफ एजुकेसन एण्ड रिसर्च (जेपीआइएमईआर)मा लगभग १५० आवासिय चिकित्सकहरु रहेका छन् । स्टाइपेन्ड खुला प्रतिस्पर्धाबाट एमडी र डीएम पढन आएका चिकित्सकहरुले अध्ययन अवधिमा पुरयाएको चिकित्सकीय सेवा वापत पाउने भत्ता हो ।

तीनै संस्थान मध्ये पीजीआईएमईआर चण्डीगढले भने गत ११ सेप्टेम्बर(भदौ २५ गते)मा विदेशी विद्यार्थीहरुलाइ समेत भारतीय विद्यार्थी सरह स्टाइपेन्ड दिने भनेर निर्णय गरिसकेको छ । संस्थान प्रशासनले नेपाली विद्यार्थीहरुको बैंक खाता पनि संकलन गरिसकेको बुझिएको छ ।

चण्डीगढको निर्णय पछि एम्सका विद्यार्थीहरुको पनि आशा जागेको छ । तर उनीहरुको चिन्ता कम भएको छैन् । जति सजिलो गरि चण्डीगढ व्यवस्थापनले विद्यार्थीको पक्षमा निर्णय गरेको छ त्यति सहज तरीकाले एम्सले पनि निर्णय गर्नेमा विद्यार्थीहरु सशंकित छन् । एम्सका विद्यार्थीहरुले स्टाइपेन्ड निश्चय नै पाउँछन त भन्ने जिज्ञासा पून दोहरयाउँदा मन्त्री हर्षवर्धनले भने , ‘हेर्नुस एम्स भनेको एउटा स्वायत्त निकाय हो तर हामीले उनीहरुलाइ निर्णयमा पूनसमीक्षा गर्न भनेका छौं ।

स्वायत्त निकाय आफ्नो संस्थान भित्र निर्णय गर्नकालागि स्वतन्त्र हुन्छ । एउटै मुद्दामा दुइवटा स्वायत्त निकायको निर्णय बेग्लाबेग्लै कसरी हुन सक्छ भन्ने गुनासो एम्सका विद्यार्थीहरुको रहेको छ । अन्तराष्ट्रिय नियम कानुन अनुसार पनि अनिवार्य रुपमा स्टाइपेन्ड पाउनुपर्ने हुन्छ , एम्सका विद्यार्थीहरु भन्छन् । उता पोन्डिचेरीले पनि एम्सको निर्णयलाइ पछयाउने हुँदा त्यहाँ पनि कुनै निर्णय हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live