चीनसँगको सम्बन्धले नेपाल भारतको मित्रतामा फरक पर्दैनःराजदूत आचार्य

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्यले आर्थिक सामाजिक तथा सांस्कृतिक समानताको आधारमा घनिष्ट रहेको नेपाल–भारतबीचको सम्बन्धलाइ अन्य मुलुकसँगको मित्रताले फरक नपर्ने बताए । चीनसँगको नेपालको आर्थिक सहकार्य बढदै गएको परिवेशमा भारत पक्षको चासो तर्फ इगिंत गदै राजदूत आचार्यले भने, नेपालको अन्य मुलुक अथवा चीन सँगको मित्रताले भारतसँगको निकटतम सम्बन्धलाइ फरक पर्दैन् । नेपालका मित्र अनेक हुन सक्छन तर ती मित्रहरुका कारण भारतसँगको घनिष्टता कम हुन्छ भन्ने हुँदैन् । ’


बरु नेपाल भारत निकट छिमेकी भएर पनि गहिरो रुपमा जोडिन नसकेको भन्दै आचार्यले यसकालागि भारतको द्रूत आर्थिक विकासलाइ नेपालको विकासमा सहकार्य गराउनुपर्नेमा जोड दिए । नयाँ दिल्लीको पिएचडी चेम्बर भवनमा मंगलबार आयोजित उद्योगी व्यवसायीहरुको एक अन्तरसंवाद कार्यक्रमलाइ सम्बोधन गर्दै राजदूत आचार्यले भारतले विज्ञान तथा प्रविधीमा गरेको उल्लेख्य विकासलाइ नेपाल भित्रायाउनु पर्नेमा जोड दिए । काठमाडौंमा लगानी सम्मेलन हुनु दुइ दिन अघि आयोजना गरिएको कार्यक्रममा भारतीय उद्योगी व्यवासायीहरुलाइ संभावना भएका क्षेत्रहरु पहिल्याएर लगानी बिस्तार गर्न आग्रह गरे ।

पिचडि चेम्बर अफ कमर्शको भारत नेपाल केन्द्रले आयोजना गरेको कार्यक्रममा राजदूत आचार्यले नेपालको आर्थिक विकासकालागि अथाह संभावना रहेको जलविद्युत, पर्यटन,सडक तथा यातायात पूर्वाधार लगायतका क्षेत्रमा भारतीय लगानीे आवश्यक रहेको औंल्याए ।

अन्तराष्ट्रिय लगानीकर्ताको चासो रहेको बुद्धिस्ट सर्किटका संभावना बारे नेपाल सरकारको गम्भीर पहल आवश्यक रहेको भारतीय पूर्व ब्यूरोक्रेट एम.पी. बेजबरुवाले उल्लेख गरे । अन्तराष्ट्रिय सभा सम्मेलनकालागि भारतीयहरु सिंगापुर, मलेशिया लगायतका मुलुक पुग्ने गरेको सन्दर्भ उल्लेख गर्दै यही प्रयोजनकोलागि स्थलको रुपमा नेपालको संभावना प्रशस्त रहेको बरुवाले औंल्याए ।

नेपालकालागि पूर्व भारतीय राजदूत केबी राजनले संघीय राज्य प्रणालीमा गइसकेको नेपालमा अब लगानीकालागि संघीय सहकार्यको संभावना औल्याए । पूर्वाधार विकासकालागि नेपाल भारत संयुक्त परियोजनाको परिकल्पना गर्न सकिने संभावना पनि उद्योगी व्यवसायीले औल्याएका थिए ।
कार्यक्रममा दक्षिण एशिया विश्वविद्यालयकी सहायक प्राध्यापक मल्लिका शाक्यले दुइ मुलुकबीच नेपालमा लगानीकालागि उद्योगी व्यवसायीहरुले यस क्षेत्रका वौद्धिकसहयोग लिनुपर्ने सुझाव राखेकी थिइन् ।

आफनो कलेजमा नेपाल भारत कला तथा संस्कृति मंचको स्थापना गरेर दुइ मुलुकबीच कला क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै मारवाह स्टुडियोजका अध्यक्ष संदीप मारवाहले नेपालको फिल्म तथा कला क्षेत्रमा थप सहकार्यकालागि आफू सदैव तयार रहेको बताए । हाल दुइ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको पनि मारवाहले उल्लेख गरे । भौतिक पूर्वाधारको विकासकालागि नयाँ प्रविधिको प्रयोगबाट कम लागत तथा छिटो भन्दा छिटो समयमा संरचना तयार पार्ने बताउँदै त्यस क्षेत्रका विज्ञहरुले आफूहरु नेपाल सरकारसँग काम गर्न तयार रहेको इच्छाएका थिए । इकमर्श, बुद्ध सर्किट , रामायण सर्किट, इको टुरिजमका साथै शिक्षा,स्वास्थ्यको क्षेत्रमा हब नै बनाउन सकिने संभावना रहेको पनि भारतीय उद्योगीहरुले उल्लेख गरे ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live