तातोपानी नाका खुल्यो

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २९मे , १५ जेठ
पुलमा रातो कार्पेट बिच्छ्याइएको छ । पंक्तिवद्ध रुपमा नेपाली र चिनियाँ अधिकारी उपस्थित छन् । लाग्छ आज नयाँ बेहुली भित्रयाइंदैछ । नेपाली र चिनियाँ झण्डा फहराइएको छ । फूलका बुके बोकेका नेपाली र चिनियाँ नागरिक लामवद्ध भएर बसेका छन् । यो दृश्य हो तातोपानी स्थित नेपाल र चीन जोड्ने मितेरी पुलको ।
जब ना ६ ख ४७५१ नम्बरको कन्टेनर चिनियाँ भूमि हुँदै मितेरी पुलमा ओच्छ्याइएको रातो कार्पेटमा प्रवेश ग¥यो, तब भव्यताका साथ स्वागत गरियो । खासाबाट ऊन बोकेर आएको कन्टेनर नेपाल प्रवेश गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव लगायत नेपाली पक्ष र चिनियाँ उच्च प्रतिनिधिले नाका औपचारिक रुपमा खुला भएको घोषणा गरे । गणतन्त्र दिवसको अवसर पारेर नाका सञ्चालनमा ल्याइएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले नाका सञ्चालनमा आएपछि त्यसले दुई देशको सम्बन्ध समेत थप उचाइमा पुगेको र व्यापार व्यवसायको वृद्धिमा थप योगदान दिने बताइन् ।
भुकम्पले भत्काएको मितेरी पूलदेखि सुख्खा बन्दरगाहको सडक निर्माण चीन सरकारले गरेको थियो । २० करोड रुपैयाँको लागतमा सुविधासम्पन्न सुख्खा बन्दरगाहको निर्माण सम्पन्न भएको हो। भूकम्पपछि बन्दरगाहसँगै ६ किलोमिटर सडक र मितेरी पुलको चीन सरकारले पुननिर्माण गरेको थियो । बाह्रबिसेदेखि लार्चासम्मको सडक दोलखा सडक डिभिजन कार्यालयले मर्मत गरेको हो। चार वर्षपछि संचालनमा आएको नाका पूर्ण रुपमा संचालनमा आउन भने केहि समय लाग्ने छ ।
उदघाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै नाकालाई थप व्यवस्थित र मर्या्दित बनाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले तातोपानी नाका सञ्चालनमा आएसँगै दुई देशको व्यापारमा थप सहजता हुन बताइन् । गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको मितेरी पुलको मङ्गलबार राति मात्रै निर्माण सम्पन्न भएको हो ।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक २० अर्ब बराबरको आयात र तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हालै गरेको चीन भ्रमणको क्रममा नाका खोल्ने विषयमा औपचारिक सहमति भएको थियो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष गर्नु भएको चीन भ्रमणको क्रममा नाका खोल्ने विषयमा द्विपक्षीय समझदारी भएको थियो । –राससबाट सम्पादित


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live