भारतका ३५ प्रभावशाली होटल व्यवसायीको सुचीमा सीजीका राहुल चौधरी

तस्वीर साभारःहोटेलियर डट कम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतको ३५ प्रभावशाली व्यवसायीको सुचीमा सिजी होटल्स एण्ड रिसोर्टका कार्यकारी निर्देशक राहुल चौधरी परेका छन् । भारतको होटेलियर म्यागेजिनले सार्वजानिक गरेको आतिथ्य सत्कार(हस्पिटालिटी) क्षेत्रमा सफल ३५ प्रभावशाली व्यवासायीहरुको सुचीमा राहुल समेत परेका छन् । राहुल लगातार दोश्रो वर्ष यो सुचीमा परेका हुन् । २०१८को सुचीमा पनि राहुल परेका थिए ।

राहुलले चौधरी ग्रुप(सीजी) को आतिथ्य सत्कार(हस्पिटालीटी) व्यवसायको नेतृत्व गरिरहेका छन् । राहुलले भारतको नयाँ दिल्लीबाट  संचालित सीजी कर्प ग्लोबल र सीजी होटल्स एण्ड रिसोर्टको कार्यकारी निर्देशकको जिम्मेबारी निभाइरहेका छन् । सीजी होटल्सले एण्ड रिसोर्टले भारतका विभिन्न होटलका ब्राण्डहरुमा लगानी गरेको छ । मध्यमदेखि उच्चस्तरीय ब्राण्डहरुसँग साझेदारी गरेर सेवा बिस्तार गरेको छ ।

दि ताज, दि फर्न, दि जिंक जस्ता प्रसिद्ध र स्थापित होटलहरुको चेनसँग सीजीको साझेदारी रहेको छ । सीजीले २० मुलुकमा १ सय भन्दा बढी होटल तथा रिसोर्ट संचालन गरिरहेको छ । ६५ गन्तव्यमा गरेका यी होटलहरुमा ६ हजार कोठाहरु रहेका छन् ।

यस अघि १० वटा होटल रहेकोमा २०२० सम्म होटलको संख्या २०० पुरयाउने लक्ष्य रहेको राहुलले पत्रिकालाइ दिएको अन्तर्वातामा बताएका छन् । २०२० सम्मा हामी थप १५ देशका ९७ पर्यटकीय गन्तव्यमा पुग्नेछौं र १० हजार भन्दा बढी कोठाहरु हुनेछन्, उनले भने । आतिथ्य सत्कारको क्षेत्रम विश्वका विभिन्न मुलुकहरुमा सेवालाइ बढाउँदै लगेका राहुल भन्छन्, त्यसैले हामी चीनदेखि न्यूयोर्क सम्म फैलिन सकेका हौं । राहुल आफ्नो सफलताको श्रेय बुबा विनोद चौधरीको बुद्धिमता र धैर्यलाइ दिन्छन् ।

सीजीले दुइ दशक अघि टाटा समुह–आईएचसीएल सँग श्रीलंकाको कोलम्बोमा ताज समुद्र र माल्द्धिभ्समा ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र भिवान्ता कोरल रीफसँगको साझेदारीबाट विधिवत रुपमा हस्पिटालिटी क्षेत्रमा लगानी शुरु गरेको थियो ।

‘कुनै पनि साझेदारीलाइ अघि बढाउनु पूर्व विशेषज्ञता क्षेत्र,अनुभव र रणनीतिलाइ आधार बनाउनुपर्छ,’राहुलले भने । उनले आफना साझेदारहरु विकासका विज्ञ, स्थानिय क्षेत्रमा मजबुत उपस्थिति र स्थानिय अधिकारीलाइ हयान्डल गर्ने क्षमताका साथै सफा नियतको हुनुपर्ने भन्दै भने,‘यति सबै कुरा हुनुपर्छ , बाँकी त कार्यान्वयको कुरा हो ।

यो सुचीमा भारतका प्रभावकारी तारे होटल्सका संचालकहरुदेखि अन्तराष्ट्रिय चेनका प्रमुखहरु रहेका छन् । म्यागजिनले यो सुचीमा ओबराय समुह, हयात होटल्स एण्ड रिसोर्टस, दि लिला प्यालेस, आइटिसी एवं वेलकम होटल्स, एकर होटल्स, आइटीसी, प्रेस्टिज समुह प्रिया पाल, अपिजे सरेन्द्र ग्रुप, किज होटल्स, ब्रिग्ज हस्पिटालिटी ग्रुप लगायत ओयो होटल्स एण्ड होम्स समेत गरेर ३५ प्रभावशाली व्यक्तिहरुको चयन गरेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live