प्रधानमन्त्री ओलीले दिल्लीमा भने ‘मोदीजीसँग व्यक्तिगत सम्बन्ध राम्रो छ’

तस्बीर साभार ः भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारको टिविटबाट

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतका समग्र विषयमा छलफल भएको बताइएको छ ।
भेटमा नेपाल र भारतको सम्बन्ध राज्य र जनस्तरमा राम्रो हुँदै गएकोप्रति दुवै प्रधानमन्त्रीद्धयले खुशी व्यक्त गर्दै यसैको जगमा आगामी दिनमा सम्बन्धलाइ अगाडि बढाउने भन्नेमा सहमति जनाएका छन् । प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच हुने संयुक्त आयोग बैठकमा समग्र दुई पक्षीय सम्बन्धको समीक्षा हुने प्रष्ट पारेका थए ।

‘उहाँसँग हाम्रो पुरानो चिनजान हो । हाम्रो आवागमन पनि बाक्लै रहयो’, मोदीको शपथ समारोहमा सहभागी हुन दिल्ली पुगेका ओलीले दोस्रो सफल कार्यकालको शुभकामना दिँदै भने, ‘यसमै रहेर सम्बन्ध अगाडि बढाउने हो ।’ भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीले रुद्राक्षको माला उपहार दिएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले मोदीलाइ नेपालको भ्रमणकालागि निम्तो समेत गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट बधाइ तथा शुभकामना समेत दिएका थिए । साथै भण्डारीका तर्फबाट भारतीय राष्ट्रपति रामनाथ कोबिन्दलाइ पठाएको निमन्त्रणाको जानकारी समेत गराए ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अध्यक्षसमेत रहेका ओलीले यसलाई अगाडि बढाउन भारतीय सहयोगको अपेक्षा गरेका छन् । प्रधानमन्त्रीसँग भेटनुअघि भारतस्थित नेपाली दूतावासमा पत्रकारसँग कुरा गर्दै आफ्नो मोदीसँग व्यक्तिगत संबन्ध राम्रो रहेकोले दुइ मुलुकबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

….
यसैबीच प्रधानमन्त्री ओलीले नवनियुक्त वित्तमन्त्री अमित शाहलाइ फोनमार्फत बधाइ पनि दिएका छन् ।
….
प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेट सकाएर ताज प्यालेस फर्किएपछि प्रधानमन्त्री ओलीलाइ भेटन भारतीय जनता पार्टीका महासचिव राम माधव पुगेका थिए । ओली र माधवबीच करीब चालिस मिनेट लामो कुराकानी भएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराइ पनि यो कुराकानीमा सँगै रहेका थिए । ‘कुराकानीका विषयमा खासै जानकार छैनौ तर उहाँहरुबीच झण्डै चालिस मिनेट कुराकानी भएको थियो,’ परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिए ।
….
प्रधानमन्त्री के.पी. ओलीलाइ भेटन बलिउड अभिनेत्री तथा भाजपा नेतृ जयाप्रदा होटल ताजमा पुगेकी थिइन् । नेपाल सरकारले गत वर्ष सेप्टेम्बरमा जया प्रदालाइ ‘गुडविल एम्बेसेडर’ नियुक्त गरेको थियो । भारतमा नेपालको पर्यटन प्रवद्र्धनको दूतका रुपमा अगामी चार वर्षलागि जया नियुक्त भएकी हुन् । प्रधानमन्त्री ओली अस्सीकी दशककी बलिउडकी चर्चित अभिनेत्री जयाको अभिनयका प्रशंसक हुन् । यस अघि प्रधानमन्त्रीको पहिलो भारत भ्रमणमा दुतावासले आयोजना गरेको रात्रीभोजमा जया सरिक भएकी थिइन् ।
शुक्रबार विहान प्रधानमन्त्री ओली सहितको टोली नेपाली दूतावास पुगेको थियो । दूतावासको आन्तरिक छलफलमा करीब पौने घण्टा बिताएका मोदीले एक भारतीय टेलिभिजनकालागि अन्तर्वाता दिएका थिए । त्यसपछि दूतावासको ब्रेकफास्ट सकेर उनी मोदीलाइ भेटन हैदरावाद हाउस लागेका थिए । प्रधानमन्त्री ओलीको टोली शुक्रबार साँझ स्वदेश फर्किसकेको थियो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live