प्रधानमन्त्री ओली ग्राण्डीबाट डिस्चार्ज, उपचारमा संलग्न चिकित्सकले भने, ‘प्राइम मिनिस्टर इज परर्फेक्टली फाइन’

फाइल

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं

प्रधानमन्त्री के.पी शर्मा ओली विहिबार साँझ ८ बजेपछि ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उपचारकालागि उनी बुधबार ग्राण्डी अस्पताल भर्ना भएका थिए ।

उपचारका क्रममा प्रधानमन्त्री ओलीको हेमोडायलासिस गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको बुधबार र विहिबार दुइ पटक डायलासिस गरि।्एको थियो । विहिबार साँझ अस्पतालले पत्रकार सम्मेलन गरेर प्रम ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको हुँदा डिस्चार्ज गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले भने , प्राइममिनिस्टर इज परर्फेक्टली फाइन ।

ओलीको उपचारमा पाण्डे र प्रधानमन्त्री ओलीकी नीजी चिकित्सक तथा ग्राण्डीको नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन डिपार्टमेन्टकी अध्यक्ष डा. दिव्या सिंह शाह लगायतको टोली संलग्न थियो । पत्रकार सम्मेलन अघि अस्पतालले प्रेस विज्ञप्ति जारी गरेर हेमोडायलासिस गरेको सुचना सार्वजानिक गरेको थियो । प्रमको नीजी चिकित्सक शाह र पाण्डेको हस्ताक्षरसहितको विज्ञप्ति जारी गरिएको थियो ।

बाह्र वर्ष अघि भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यस यता उनले नियमित औषधि सेवन गर्दै आएका छन् । सो औषधिको साइड इफेक्टका कारण उनको रोग प्रतिरोधात्मक क्षमता ह्रास हुने गरेको हुँदा स्वास्थ्यमा बेला बेलामा समस्या आउने गरेको छ ।
गत भदौको पहिलो साता पनि उनको शरीरमा एन्टिबडी बढेको भन्दै सिंगापुरमा पहिलो चरणमा दुइ साताको उपचार गराएर फर्किएका थिए । तर छाउनी स्थित सैनिक अस्पतालमा रेनल बायोप्सीको रिपोर्ट पछि उनी पून सिंगापुर पुगेर प्लाज्माफेरोसिस उपचार पद्धतिबाट उपचार गराएर फर्किएका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live