राष्ट्रपति भण्डारी चीनको नौ दिने राजकीय भ्रमणकालागि प्रस्थान

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार नेपाल बायुसेवा निगमको जहाज चार्टड गरेर चीनको सियान पुगेकी छन् । राष्ट्रपति भण्डारी शुक्रबारदेखि बेइजिंगमा शुरु हुने तीन दिने बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को दोश्रो शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा गएकी हुन् । नौ दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारी पहिलो दिन सियान पुगेकी हुन् ।

सियानबाट भण्डारी बेइजिंग पुग्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा भण्डारी र समकक्षी सि जिंगपिंगबीच उच्चीस्तरीय वार्ता हुने र केहि सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

यसै क्रममा बेइजिंगमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाइ पनि राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको छ । अप्रिल २९मा राष्ट्रपति भण्डारी बेइजिंग नजिकै शुरु हुने वागवानी प्रदर्शनीमा पनि समभागी हुने कार्यक्रम रहेको छ । त्यसपछि चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा हुँदै अप्रिल २ अर्थात वैशाख १९ गते स्वदेश फर्किने गरी भ्रमणको कार्यतालिका तय भएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली , प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायत अधिकारीहरु सहभागी हुँनेछन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live