राष्ट्रपति भण्डारीले चीनको ९ दिने राजकीय भ्रमण गर्दै

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख ११ गतेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छन् । चिनियाँ समकक्षी सी जिंनपिंगको निमन्त्रणामा राष्ट्रपति भण्डारीले चीनको ९ दिने राजकीय भ्रमण गर्नलागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भण्डारीको कार्यक्रम तालिका सार्वजानिक गरेको छ ।

राष्ट्रपति भण्डारीले अप्रिल २५मा बेइजिंगमा हुनलागेको बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआइ)को दोश्रो शिखर सम्मेलनमा भाग लिने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति सीले आयोजना गर्ने भोजमा पनि सहभागी हुनेछिन् । चीनले एशिया,अफ्रिका र युरोपलाइ जल र जमीनबाट जोडने लक्ष्यकासाथ ल्याएको महत्वकाँक्षी बीआरआइ परियोजनामा नेपालले हस्ताक्षर गरिसकेको छ ।

त्यसैगरि राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिंग पुग्ने कार्यक्रम रहेको छ । सियान चिनीयाँ राष्ट्रपतिको जन्मस्थल हो । सियानमा राष्ट्रपति भण्डारीले चिनियाँ प्रान्तस्तरीय नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
सियानको भेटघाट सकाएर राष्ट्रपति बेइजिंग पुग्नेछिन् र बीआरआईको सम्मेलनमा सहभागी हुनेछिन् । बेइजिंगमा राष्ट्रपतिले चिनियाँ समकक्षी जिनपिंगसँग दुइ पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको भेटकै अवधिमा तीन वर्षअघि भएको नेपाल–चीन पारवहन संझौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ ।

अप्रिल २९मा राष्ट्रपति भण्डारी बेइजिंग नजिकै शुरु हुने वागवानी प्रदर्शनीमा पनि समभागी हुने कार्यक्रम रहेको छ । त्यसपछि चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा हुँदै अप्रिल २ अर्थात वैशाख १९ गते स्वदेश फर्किने गरी भ्रमणको कार्यतालिका तय भएको छ । राष्ट्रपति भण्डारीको भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली , प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायत अधिकारीहरु सहभागी हुँनेछन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live