एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयोः परराष्ट्रमन्त्री

pradeep gyawali

तस्वीर:फाइल फोटो / रासस

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

४ फेब्रुअरी २०२०

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्ट्रसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए ।

मंगलबारदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आएका मन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसिसीको विस्तृत रूप थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गरे।

पार्टीहरु लोकतन्त्रका आधार स्तम्भ भएको भन्दै उनले पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने बताए । दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएको समेत जिकिर गरे ।

जनताको वर्षांैदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको भन्दै उनल् सो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताए । ––रासस


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live