प्रधानमन्त्री ओली र जयशंकरबीच भेटवार्ता सम्पन्न

बालुवाटारमा शिष्टाचार भेटका क्रममा हात मिलाउँदै प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री एस जयशंकर । तस्बीर श्रोतःपरराष्ट्र मन्त्रालय,काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबी संवाददाता,काठमाडौं

प्रधानमन्त्री के.पी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकर बीच भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता सम्पन्न भएको हो । नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन बुधबार दिउँसो काठमाडौ आएका जयशंकरले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनको भ्रमणको राजनीतिक भेटघाटको शुरुवात नै यही भेटवार्ता भएको छ । यो भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराइ , परराष्ट्र सचिव शंकरदास बैरागी तथा नेपालकालागि भारतीय राजदूत मंजीव सिंह पुरी सहभागी थिए ।

तस्बीर श्रोतःपरराष्ट्र मन्त्रालय,काठमाडौं

विमानस्थलमा बैरागी र आचार्यले गरे स्वागत

दुइ दिने बंगलादेश भ्रमणमा रहेका जयशंकर उतैबाट काठमाडौ पुगेका हुन् । १२ बजेर १५ मिनेटमा त्रिभुवन विमानस्थल ओर्लिएक विदेशमन्त्री जयशंकरलाइ नेपालका परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए भने अति विशिष्ट कक्षमा भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले स्वागत गरे । जयशंकर २५ सदस्यीस टोलीका साथ काठमाडौं आएका हुन् ।

जयशंकरको अन्य कार्यक्रम

जयशंकरले अन्य उच्च राजनीतिक भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ । उनले राष्ट्रपति लगायत अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् । भारतीय दूतावासले आयोजना गरेको विशेष स्वागत कार्यक्रममा विदेशमन्त्री जयशंकर सहभागी हुँनेछन् ।

बैठकबारे

बैठकमा दुबै मुलुकको परराष्ट्रमन्त्रीद्धय प्रदीप कुमार ज्ञवाली र जयशंकरले आ आफनो धारणा प्रस्तुत गरेपछि एजेण्डाका विषयले प्रवेश पाउनेछ । दुवै तर्फबाट विभिन्न मन्त्रालयलाइ प्रतिनिधित्व गरेका २५ सदस्यीय प्रतिनिधि मण्डलले विभिन्न विषयमा समूहगत रुपमा द्धिपक्षिय छलफल गर्नेछन् । बैठकमा राजनीतिक, सीमा सुरक्षा, डुवान समस्या, आर्थिक सहयोग तथा पूर्वाधार निर्माण, ऋण, कृषि क्षेत्रको विकास, सडक निमार्ण, रेल कनेक्टिभिटी लगायतको विषयमा छलफल हुनेछ ।

संयुक्त आयोग दोश्रो ठूलो संयन्त्र

प्रधानमन्त्रीस्तरीय पछि द्धिदेशीय हितका समग्र विषयमा छलफल हुने परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग नै सबैभन्दा ठूलो द्धिपक्षिय संयत्र हो । यो सन् १९८७ स्थापना भएको हो । तर त्यसको २२ वर्षपछि यसको पहिलो बैठक बसेको थियो ।
२६–२७अक्टोबर २०१६मा नयाँ दिल्लीमा बसेको आयोगको चौथो बैठकमा संयुक्त छलफललाइ विदेश सचिवको रुपमा नेतृत्व गरेका थिए । पाँचौ बैठकमा उनी विदेशमन्त्रीको रुपमा भाग लिएका छन् । मोदी सरकारको दोश्रो कार्यकालका विदेशमन्त्री जयशंकर यो भुमिकामा पहिलो पटक नेपाल आएका हुन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live