पूर्व वित्त मन्त्री पी चिदम्बरम पक्राउ

तस्वीर साभारःमनीकन्ट्रोल डट कम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतका पूर्व वित्त मन्त्री पी चिदम्बरमलाइ आइएनएक्स मिडिया घोटाला आरोपमा केन्द्रिय अनुसंधान ब्यूरो(सीबीआई) र प्रवर्तन निर्देशनालयका अधिकारीहरुले पक्राउ गरेका छन् । बुधबार राती साढे दश बजेको आसपासमा नयाँ दिल्लीको जोरबाग स्थित उनको निवासबाट चिदम्बरलाइ पक्राउ गरिएको हो । सीबीआईको समुहले उनलाइ मुख्यालयमा ल्याएर पहिलो चरणको सोधपुछ सकाएको छ । विहिबार बिहान पनि उनीसँग सोधपुछ गरिने भएको छ । उनीमाथि सम्पती शुद्धिकरण सम्बन्धी अनुसंधान भइरहेको छ ।

उनले अग्रिम जमानतकालागि दिल्ली उच्च न्यायलयमा याचिका दायर गरेका थिए । ंमगलबार दिल्ली उच्च न्यायलयले उनको याचिका खारेज गरेको र हाइ कोर्टमा पनि उनलाइ बुधबार मात्रै याचिका दायर हुने भनेर फर्काएपछि चिदम्बरमलाइ पक्राउ गर्न सीबीआइ र ईडी अधिकारीहरु उनको घर पुगेका थिए । तर चिदम्बरलाइ फेला नपारेपछि दुइ घण्टामा एजेन्सीको कार्यालयमा उपस्थित हुनुपर्ने सुचना उनको घरको बाहिर टाँसेर फर्किएका थिए । उनलाइ जल स्थल र हवाइ मार्गबाट बाहिर जान प्रतिबन्ध लगाइएको थियो । चिदम्बरमको असहयोगका कारण यस्तो सुचना जारी गर्नु परेको अनुसंधानमा खटिएका अधिकारीहरुले बताए । बुधबार पनि उनीहरु तीन पटक सम्म चिदम्बरको घर धाएका थिए । अन्त्यमा अधिकारीहरु चिदम्बरमको घरको मुख्य ढोका नखोलिएपछि पर्खाल नाघेर भित्र पसेर उनलाइ नियन्त्रणमा लिएका थिए ।

चिदम्बरममाथिको आरोप

आइएनएक्स मिडिया ग्रुपलाइ ३सय ५ करोड रुपैया बराबरको बैदेशिक लगानी लिनकालागि वैदेशिक लगानी प्रवद्र्धन बोर्डबाट अनुमति दिलाउनमा चिदम्बरको भुमिका देखिएकोले अनुसंधानकालागि उनलाइ पक्राउ गर्न सीबीआइले माँग गरिरहेको थियो । आइएनएक्स मिडिया कम्पनीले अनुमति पत्र प्राप्त गरेको वर्ष ( सन् २००७) पि चिदम्बरम वित्त मन्त्री थिए । सीबीआइले सो रकममा ठूलो अनियमितताको आशंका गरयो ।

अनि आइएनएक्स मिडिया कम्पनीका प्रोमोटर इन्दाणी मुखर्जी र उनका पति पिटर मुखर्जीसँग प्रवर्तन निर्देशनालय(ईडी)का अधिकारीहरुले सोधपुछ गरे । त्यसपछि चिदम्बर जाँच एजेन्सीको शंकाको घेरामा आए । यो मामिलामा ईडीले सन् २०१८मा सम्पती शुद्धिकरण सम्बन्धित मुद्दा पनि दायर गरेको थियो । टाइम्स अफ इण्डियाको एक रिपोर्टका अनुसार ईडीले आफनो चार्जशिटमा लेखेका छन् ,‘इण्द्राणी मुखर्जीले जाँच अधिकारीहरुलाइ बताए अनुसार चिदम्बरले वैदेशिक लगानी बोर्डको अनुमतिको बदलामा आफना छोरा कार्तिक चिदम्बरलाइ विदेशी लगानीको मामिलामा सहयोग गर्न भनेका थिए।’

सीबीआइले कार्तिक चिदम्बरलाइ फेब्रअरी २०१८मा चेन्नइ विमानस्थलबाट पक्राउ गरेको थियो । उनको विरुद्ध आइएनएक्स मिडियाको विरुद्ध सम्भावित जाँचलाइ रोक्नकालागि १० लाख डलरको माँग गरेको आरोप थियो । पछि कार्तिकले न्यायलयबाट जमानत पाए । सीबीआइका अनुसार आइएनएक्स मिडियाकी पूर्व निर्देशक इण्द्राणी मुखर्जीले सोधपुछका क्रममा कार्तिकले पैसा माँगेको स्वीकार गरेकी थिइन । जाँच एजेन्सीहरुका अनुसार यो सौदाबाजी दिल्लीको एक पाँच तारे होटमा तय भएको थियो । सीबीआइले ३५०० करोडको एयरसेल मेक्सिस सौदामा पनि चिदम्बरको भुमिकाको जाँच गरिरहेको छ ।

स्मरणिय रहोस, कि इण्द्राणी मुखर्जी आफ्नै छोरी शिना बोरा (२०१२मा भएको रहस्मयी हाइप्रोफाइल हत्या, अझै सम्म सुल्झिएको छैन् ) को हत्याको आरोपमा जेलमा छिन् ।

चिदम्बरमको लुकामारी

उता चिदम्बरम भने सीबीआइसँग लुकामारी खेल्दै पार्टीको शरणमा पुगेका थिए । बुधबार साँझ साढे आठ बजेतिर काँग्रेस मुख्यालयमा पुगेर प्रेस बिफ्रिंग गरेर नै उनले भाजपा सरकारले आफूलाइ फँसाउन लागेको आरोप लगाए । उनले आफू कानुनबाट भागेको भन्ने आरोप निराधार रहेको भन्दै अघिल्लो रात वकिलहरुसँग सल्लाह गरेर कागजात तयार पारिरहेको दाबी गरे । उनले भने, म कानुनबाट लुकेको होइन कानुनको शरणा नै जान खोज्दैथे । संचारकर्मीहरुसँगको साक्षात्कार पछि चिदम्बर आफ्नो निवास पुगेका थिए ।

यता चिदम्बरको बचाउमा काँग्रेस पूर्व अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीले विरोध गरेका छन् । राजनीतिक प्रतिशोध लिनकालागि भाजपा सरकारले चिदम्बरमाथि आरोप लगाएका छन् । आफनो पोल खुल्ने डरले केन्द्र सरकारले चिदम्बरलाइ फसाउन खोजेको उनीहरुले आरोप लगाए । काँग्रेसका अर्का बौद्धिक नेता शशि थरुर ( २०१४मा उनकी श्रीमती सुनन्दा पुस्करको रहस्मय मृत्युको केस अझै सुल्झिएको छैन्) ले पनि मोदी सरकारले चिदम्बरमलाइ तर्साउन खोजेको आरोप लगाएका छन् ।

सीबीआइले चिदम्बरमलाइ विहिबार राउज एभेन्यू कोर्टमा पेश गर्दैछ । । हाइ कोर्टमा उनको अग्रिम जमानत याचिकाको सुनुवाइ विहिबार हुनेछ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live