ओलीले दिए शुभकामना,मोदीले गरे कदर

तस्वीरःनेपईनबिज डट कम (फाइल फोटो)

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओलीको गुजरातीे भाषामा शुभकामना, मोदीको नेपालीमा जवाफ

ओली भन्छन, प्रधानमन्त्री नरेन्द्र मोदी जी,मोदी भन्छन्,मेरा मित्र प्रधानमन्त्री ओली जी

एनआईबी संवाददाता,नयाँ दिल्ली
भारतीय प्रधानमन्त्रीको ६९ औं जन्मदिन, मंगलबार नेपालका प्रधानमन्त्री के.पी. ओलीले ट्वििटरबाट तीन भाषामा शुभकामना दिए । अंग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वििट गर्दै उनले मोदीको स्वास्थ्य, खुशहाल जीवन र दीर्घायुको कामना मात्र गरेनन दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा नेपाल भारत सम्बन्धलाइ थप मजबुत बनाउँदै लैजाने दृढता समेत व्यक्त गरे ।

उनले हिन्दीमा यसरी लेखेका छन्, ‘ प्रधानमंत्री श्री जी, आपको जन्मदिन की हार्दिक शुभकामनाएँ। मैं आपके अच्छे स्वास्थ्य, खुशहाल जीवन और दीर्घायु की कामना करता हूं। मुझे पूरा विश्वास है कि हम मिलकर नेपाल-भारत द्विपक्षीय संबंधोंको और अधिक मजबूत करते जाएंगे।’

मोदीले ओलीलाइ नेपाली भाषामा धन्यवाद फर्काएका छन् । उनले लेखेका छन, ‘मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।’

सम्बन्धित मुलुकको भाषामै शुभकामना दिने, सम्बोधनको शुरुवात गर्ने अभ्यास संभवत मोदीले नै शुरु गरेका हुन् । पहिलो कार्यकालमा २०१४ अगस्तमा गरेको पहिलो नेपाल भ्रमणका समयमा नेपालको संसदमा गरेको सम्बोधन नेपाली भाषामै शुरु गरेर उनले समग्र नेपालीको मन जितेका थिए ।

‘म नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु, धेरै धेरै वर्ष अघि एक पथिक यात्रु, तीर्थालुको रुपमा म यहाँ आएको थिए । यो भनाइ कि एक पटक तपाईले नेपालको भ्रमण गर्नुभयो भने यो जीवन पर्यन्त सम्बन्धमा बदलिन्थ्यो । प्रथमत यस सुन्दर देशको साथीको रुपमा म फेरि फर्केर आएको छु । भारतको प्रधनमन्त्रीको हैसियतमा पून आउन पाउँदा वास्तवमा म भाग्यशाली महशुस गर्छु । ‘
‘यो यस्तो यात्रा थियो जुन म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने वित्तिकै गर्न चाहन्थे । किनकी हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकता मध्येको हो । निमन्त्रणा गर्नुभएकोमा म सरकार र नेपालका जनतालाइ धन्यबाद दिन चाहन्छु । मसँगै मैले एक सय पच्चीस करोड भारतीय जनताको माया शुभकामना र सदभावना लिएर आएको छु ,मोदीले नेपालीमा भनेका थिए । केहि दिन अघि पेट्रोलियम पाइपलाइन उदघाटनको खुशी पनि उनले नेपाली भाषामा समेत लेखेका थिए ‘, उनले थपे।

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live