प्रधानमन्त्री ओली काठमाडौं फर्किए

तस्वीर साभारः प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको ट्वििटरबाट

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता, काठमाडौैं

सिंगापुरमा स्वास्थ्योपचार गराएर प्रधानमन्त्री के.पी.ओली काठमाडौं फर्किएका छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौला चेकजाँचको फलोअप उपचारकालागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर गएका थिए । ‘प्लाज्माफेरिसस’ उपचार विधिबाट मिर्गौलाको उपचार गराएर १५ दिनपछि उनी काठमाडौं फर्किएका हुन् । एक दिन बिराएर गर्ने यो उपचार बुधबार सकिएको थियो । स्वास्थ्य अवस्था सामान्य भएपछि ओली स्वदेश फर्किएका हुन् ।
थाइ एयरवेजबाट आएका प्रधानमन्त्रीलाइ रक्षामन्त्री ईश्वर पोखरेल , गृहमन्त्री राम बहादुर बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सभामुख कृष्ण बहादुर महरा लगायग सरकार उच्च पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री सँगै उनलाइ भेटन सिंगापुर पुगेका नेकपाका सदस्य सचिव वामदेव गौतम , महासचिव विष्णु पौडेल लगायत नेताहरु पनि संगै फर्किएका छन्।

प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीहरुसँग यस पटक पनि आफ्नो स्वास्थ्य अवस्था बारे प्रतिक्रिया दिएनन् । यस अघि पनि उनले स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिएनन् ।

ओली यस अघि साउनमा पनि सोही अस्पतालमा एक साता उपचार गराएर फर्किएका थिए । साउन १८ गते फर्किएका ओली फलोअपकालागि भन्दै १० दिनपछि पून उपचारकालागि सिंगापुर गएका थिए । उनले सिंगापुरबाटै दुइ पटक मन्त्रीपरिषद सदस्यहरुसँग टेलिप्रिन्सेज प्रविधिबाट छलफल समेत गरेका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live