‘कुटनीति र विदेश नीतिमा भएको परिवर्तन जनताले पनि अनुभुत गर्नुुपर्छ’

तस्वीरःएनआईबि

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतको कुटनीतिक अपरिपक्वताले गर्दा नेपाल भारत सम्बन्ध एक समयमा तल पुगेको प्रोफेसर वीरेन्द्र कुमार(बी.के) मलहोत्राले बताएका छन् । ‘कुटनीतिक अपरिपक्वताका कारण द्धिदेशीय सम्बन्धमा डाउन फल आएको थियो । नेपालको राजनीतिज्ञ र जनता के चाहन्छन भन्ने कुरालाइ कुटनीतिज्ञहरुले बुझ्नु जरुरी हुन्छ,’ ‘भारतको छिमेक पहिलो नीतिःसुशासनमा भारत–नेपाल सहयोग’ विषयक एक छलफल कार्यक्रममा नयाँ दिल्लीमा भेट भएका प्रोफेसर मलहोत्राले अन्नपूर्णसँगको कुराकानीमा भने । कुटनीतिक अपरिपक्वता जुनसुकै मुलुकमा पनि हुन सक्ने भन्दै मलहोत्राले यसलाइ सच्याउँदै लैजानु पर्ने बताए ।

नेपाल भारतको घनिभुत द्धिपक्षिय सम्बन्धलाइ थप मजबुत बनाउन भारतको विदेश नीतिमा भएको परिवर्तन जनताले समेत अनुभुत गर्नुपर्ने उनले औंल्याए । ‘कुटनीति र विदेश नीतिमा भएको परिवर्तन उच्च तहमा त लागु भएको छ तर जनताको तहसम्म त्यसको प्रभाव देखिनु पर्छ,’ भारतीय सामाजिक विज्ञान अनुसंधान परिषद(आईसीएसएसआर) सदस्य सचिव मलहोत्राले भने ।

प्रधानमन्त्री मोदीले पहिलो कार्यकालदेखि नै छिमेकी मुलकलाइ प्राथमिकतामा राखेका हुन । भुटानको पहिलो तथा नेपालको दोश्रो भ्रमण गरेर उनले भारतको विकाससँगसँगै छिमेकी मुलुकको विकास पनि हुनुपर्छ भन्ने धारणा पस्केका थिए । यस अघि भारतका अन्य कुनै सरकारले यो किसिमको थालनी गरेको थिएन । तर उनकै कार्यकालमा नाकाबन्दीको नमिठो चोट नेपालले पायो । द्धिदेशीय सम्बन्धमा अविश्वास उत्पन्न भयो ।

‘तपाईको जुन मुलुकसँग यति निकट र गहिरो मित्रता छ,त्यो मुलकले तपाइसँगको सम्बन्धलाइ घटाउँदै लगिरहेको छ, निकटता कम गर्दै गइरहेकोे छ । त्यसको केहि कारण त पक्कै हुन्छ, त्यसलाइ बुझ्नु जरुरी हुन्छ, त्यसले तपाइको समझदारीलाइ पनि दर्शाउँछ,’ प्रोफेसर मलहोत्राले थपे । भारतलाइ साँच्चै आफ्ना गल्तीको रियलाइजेसन भएको छ त भन्ने अन्नपूर्णको जिज्ञासामा मलहोत्राले भने,‘ हो यहाँ त्यो रियलाइजेसन छ र निरन्तर कुराकानी र छलफल भइरहेको छ ।’
कार्यक्रममा सहभागी भएका नेपालका प्रोफेसर हिरेन्द्रमान प्रधानले नेपाल भारत ७० वर्ष लामो सम्बन्धकालमा दुवै देशले उच्चतम फाइदा लिन नसकेको बताए । उनले यति लामो समयावधिमा भारतले नेपालको श्रोत साधनको उच्चतम दोहन गर्न नसकेको औंल्याएका छन् । पंचेश्वर परियोजनाको उदाहरण दिदैं उनले भने, यो परियोजनाले दुवै मुलुकलाइ उत्तिकै फाइदा हुन्छ तर तीस वर्ष सम्म पनि परियोजना शुरु हुन सकेको छैन्, उनले भने ।

सानो चित्त राखेर दुवै पक्ष अडिएको हुँदा यो परियोजना अडकिएको छ । संचालनमा आइसकेको भए यसले नेपालको पनि आर्थिक विकासमा मदत पुग्थ्यो भने भारतलाइ अझ बढि बिजुली र पानी दुवैकालागि फाइदा पुग्थ्यो । यसमा भारतले पनि बढि उदारता देखाउनुपर्छ, ‘किन बढि दिने र किन बढि नलिने भन्ने मानसिकता राखेर हुँदैन् ।, प्रधानले थपे ।

नीति अनुसंधान प्रतिष्ठान, नेपालले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा सहभागी यी दुइ वक्ताहरुले भारतको छिमेक नीति बारे बोल्दै यसबाट दुइ देशको सम्बन्धलाइ अझ बढि मजबुत र बिस्तार गर्दै लैजानु पर्ने धारणा राखे ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live