भारतमा पछिल्लो सत्तरी वर्षमा गहिरो तरलता संकट

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

शुक्रबार नीति आयोगका उपाध्यक्ष राजीव कुमारले भारतको हालको आर्थिक गिरावटलाइ ‘अभुतपूर्व स्थिति’को संज्ञा नै दिए । उनले भने ‘पछिल्लो सत्तरी वर्षमा भारतले नगद प्रवाह(तरलता)लाइ लिएर यति भयावह अवस्थाको सामना गरेको थिएन । समग्र वित्तिय क्षेत्र आन्दोलित छ । ’ उनले एक अन्तर्वातामा सरकारले नीजी क्षेत्रको समस्यालाइ तत्काल सम्बोधन गर्नुपर्ने बताए । उनले सरकारले अर्थव्यवस्थाको संतुलनकालागि कडा कदम उठाउनुपर्ने सुझाएका थिए ।

अर्थशास्त्री तथा नीती आयोगका उपाध्यक्षको यो टिप्पणीले भारतको अर्थव्यवस्थामा वित्तिय संकट गहिरिदै गएको स्पष्ट पारेको छ । मोदी सरकारको पहिलो कार्यकालदेखि नै अर्थव्यस्था अघिल्ला वर्षहरुको तुलनामा खराब अवस्थाबाट गुज्रिरहेको छ । समस्या वित्तिय क्षेत्रमा रहेको दाबी गर्दै तरलता संकट गहिरिदै गएर टाट पल्टिने स्थिति सम्म पुग्न थालेको भन्दै सरकारले यसलाइ समयमै रोक्नुपर्नेमा राजीवले जोड दिएका थिए ।

तरलता संकट बारे थप बोल्दै उपाध्यक्ष कुमारले बजारको वास्तविक अवस्था बारे खुलेर भने , ‘बजारमा कस्तो अवस्था छ भने कसैले कसैमाथि विश्वास नै गर्दैनन । सरकार र नीजी क्षेत्रकाबीच मात्र नभएर नीजी क्षेत्रका बीच पनि एकले अर्कालाइ उधारो दिन चाहदैनन । ’

मोदी सरकारले पछिल्लो केहि समयदेखि विभिन्न क्षेत्रमा उद्योगी व्यवसायीहरुसँग छलफल शुरु गरिरहेको थियो । सवारी साधन, विद्युतिय सामग्री, र उत्पादनमूलक उद्योगहरुका उद्योगपतिहरुसँग छलफल पनि गरेको थियो । लगत्तै सरकारको विकासको मुख्य योजना अंग नीति आयोगले पनि यो संकट निम्तिएको भन्दै स्थितिलाइ सरकारले तत्काल सम्बोधन गर्नु पर्ने बताउँदै आएको थियो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live