पत्रपत्रिकाबाट : नयाँ दिल्लीको डीबीजी रोडमा एक नेपालीको हत्या

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

नयाँ दिल्लीको एक पार्कमा २१ वर्षीय एक नेपालीको हत्या भएको छ । सेन्ट्रल दिल्लीको देशबन्धु गुप्ता रोड(डीबीजी )मा रहेको पार्कमा सोमबार बीरेन्द्र नाम गरेका नेपालीको हत्या भएको हिन्दूस्तान टाइम्स दैनिकले समाचार छापेको छ । पत्रिकामा छापिएको समाचार अनुसार मृतकका विशाल नाम गरेका एक साथीले पैसाको विवादमा मा हत्या गरेको उल्लेख छ । २२ वर्षीय हमलावर विशालले छुरा प्रहार गरेर हत्या गरेको खुल्न आएको छ । प्रहरीले हमलाबरलाइ शहरबाट भाग्दै गरेको अवस्थामा पक्राउ समेत गरेको थियो ।

डीबीजी रोड स्थित भाडाको घरमा एउटै कोठमा मृतक र आरोपी सँगै बस्दै आएका थिए । प्रहरीका अनुसार बीरेन्द्रले विशालसँग सापटी लिएका थिए र फिर्ता माग्दा दिएका थिएनन् । सोमबार दिउँसो दुबै अजमल खान पार्कमा भएको बेला यस बारेमा विवाद भयो । बीरेन्द्रले विशालसँग कुटाकुट पनि गरे र उसको मजाक पनि उडाए । रिसको झोंकमा विशालले छुरा निकालेर बीरेन्द्रको घाँटीमा प्रहार गरे । बीरेन्द्रको घाँटीबाट रगत निकै बग्न थाल्यो , उनलाइ स्थानिय अस्पताल पुरयाइयो तर अस्पतालले उनलाइ मृत घोषित गरयो ।

पुलिस उपायुक्त मनदीप सिंह रंधावाका अनुसार एक स्थानीयले घटनाबारे प्रहरीलाइ साँझ ४ बजे जानकारी दिएका थिए । प्रहरीले हमलाबर विशाललाइ उनी बसेको घरबाटै पक्राउ गरेको थियो जहाँ उनी आफनो सामान प्याकिंग गर्दैर भाग्ने तयारीमा थिए । विशाल स्थानिय भोजनालयमा काम गर्थे भने बीरेन्द्र करोल बाग इलाकामा कार सफाइ गर्ने स्थानिय प्रहरीलाइ उद्धृत गर्दै समाचारपत्रले लेखेको छ ।
(समाचार श्रोत ःहिन्दूतान टाइम्स)


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live