बुधबारदेखि औपचारिक रुपमा तातोपानी नाका खुल्ने

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्ततः लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका सिन्धुपाल्चोक तातोपानी नाका बुधबारदेखि सञ्चालन हुने भएको छ । भुईचालोले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४सय ९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो ।

औपचारिक उदघाटन बुधबार हुने भएपनि मंगलबारै नेपालबाट चारवटा खाली कन्टेनर चीनतर्फ प्रवेश गरेका छन् । भोटेकोशी गाउँपालिकामा नेपाल र चीन सरकारको अध्यागमन प्रमुखको रोहवरमा १० जना नेपाली सहित चार वटा खाली कन्टेनरलाई खासा प्रवेशका लागि अस्थायी पास उपलब्ध गराइएको थियो । सोहीअनुरुप ती कन्टेनर चिनियाँ सामान लिएर बुधबार नेपाल भित्रिने गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । नेपालका तर्फबाट पनि दुई कण्टेनर खासा पठाउने तयारी गरिएको छ ।

नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम आयोजना हुने छ । नाका खुलाउने सिलसिलामा मंगलबारै चिनियाँ राजदूत होउ यान्छी निरीक्षणका लागि तातोपानी पुगेकी थिइन । राजदूत यान्छीले गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरेकी थिइन ।

अरनिको राजमार्ग र तातोपानी क्षेत्रको सीमापुल निर्माणसहित सबै काम सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा लार्चा्स्थित भोटेकोशीको १सय१२ मिटर पक्की पुलका साथै ५सय रोपनी क्षेत्रमा फैलिएको अत्याधुनिक सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

यसअघि सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएकामा त्यहाँदेखि ६.५ किलोमिटर तल रहेको लार्चाबाट सबै काम हुने भएको छ । त्यसैगरी अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्मको बाटो चीन सरकार र त्यहाँदेखि बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाद्वारा निर्माण गरिएको इञ्जिनीयर प्रदीप निरौलाले बताए ।
नेपाल चीनको प्रमुख व्यापारिक सो नाका उद्योग, वाणिज्य तथा आपूर्तिन्त्री मातृका यादव र चिनियाँ अधिकारीले बुधबार औपचारिक रुपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ । –रासस

नाका खुलाउने अन्तिम तयारीका लागि गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालगायतको टोली शनिबार तातोपानी पुगेको थियो । नाकामा शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न र कुनै पनि प्रकारको कमजोरी नगर्न गृहमन्त्री थापाले निर्देशन दिएका थियो ।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्सााहित भएका छन् । –रासस


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live