मिजोरमबाट २३ नेपाली चेलीको उद्धार

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट उद्धार गरिएको छ । भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई काँकडभिट्टा पुरयाएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको छ । भारतको मिजोरम प्रहरी र सामाजिक कल्याण केन्द्रको सहयोगमा यी चेलीहरुलाइ काँकरभिट्टा बोर्डर सम्म ल्याइएको थियो ।

म्यानमासँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट ती महिलालाई उद्धार गरिएको थियो । केही महीनाअघि म्यान्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि १सय ७८ चेलीहरुलाई उद्धार गरी नेपाल फर्काइएको थियो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् ।

माइती नेपालमा राखिएका महिलाहरुसँग दलालले कसरी म्यानमाको सीमामा पु¥याए बारे सोधखोज भइरहेको बुझिएको छ । उद्दार गरिएका महिला २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौँलगायत जिल्लाका रहेका छन् । मन्त्रालयका कर्मचारी नेतृत्वको टोली तथा मानव बेचबिखन र अनुसन्धान ब्यूरोले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live