मोदीको सपथमा नेपालका प्रधानमन्त्री ओली सहभागी हुने

तस्वीरःरासस

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

प्रधानमन्त्री के.पी.शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुँदैछन् । भारत सरकारको निमन्त्रणामा यही विहिबार हुने समारोहमा सहभागी हुनकालागि उनी दिल्ली आउदैछन् । परराष्ट्र श्रोत अनुसार प्रधानमन्त्री सपथ ग्रहण समारोहमा आउने निश्चित भएको छ । नयाँ दिल्ली स्थित नेपाली दूतावास प्रधानमन्त्री ओलीको भ्रमणको तयारीमा जुटिसकेको बुझिएको छ ।

भारत सरकारले बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुलाइ समारोहमा सहभागीताकालागि निमन्त्रणा पठाएको छ । सोमबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले टिविट गर्दे सो जानकारी सार्वजानिक गरेका छन् । नेभरहुड फस्ट (छिमेकी पहिलो नीति) पालिसी अनुसार विमस्टेक मुलुकका प्रमुखहरुलाइ निमन्त्रणा गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

विमस्टेकको सदस्य राष्ट्रहरुमा नेपाल, वंगलादेश, भुटान, म्यानमार, थाइलैन्ड र श्रीलंकाका प्रमुख सहभागी हुने बुझिएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना सहभागी हुने बुझिएको छ । वंगलादेशकी प्रधानमन्त्री शेख हसिना पूर्व निर्धारित विदेश यात्रामा जाने हुँदा उनको ठाउँमा राष्ट्रपति अब्दुल हामिद नै सहभागी हुने भारतीय संचारमाध्यमले जनाएको छ ।
रविश कुमारको जानकारी अनुसार किर्गिज गणराज्यका राष्ट्रप्रमुख तथा साँघाइ सहयोग संगठनका प्रमुख समेत रहेका सोरोन्बे जीनवेकोभलाइ तथा मारिससका प्रविन्द जुगनौथलाइ समेत आमन्त्रण गरिएको छ ।
पाकिस्तानका प्रधानमन्त्रीलाइ समेत बोलाइने हो कि भन्ने आशंका भने प्रवक्ताको टिविटले मेटाइदिएको छ । मोदीको पहिलो कार्यकालको सपथ समारोहमा पाकिस्तानका तात्कालिन प्रधानमन्त्री नवाज शरिफ सहभागी भएका थिए । पाँच वर्षे कार्यकालमा भारत पाकिस्तानबीचको सम्बन्ध तनावग्रस्त भएपनि यो पटकका पाकिस्तानका प्रमुखलाइ नबोलाइएको हुनसक्ने आंकलन गरिएको छ ।

 

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live