‘कलंक’ असफल

तस्बीर ः आलिया भट्ट इन्स्टाग्राम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

अन्तत करण जौहरको मल्टी स्टारर फिल्म कलंक असफल भएको छ । कमजोर कथा र पटकथाका कारण चलचित्र सफल हुन नसकेको समीक्षा भारतीय संचारमाध्यमहहरुले गरेका छन् । समीक्षकहरुले यो चलचित्रलाइ औसत श्रेणीमा राखेका थिए । शुरुमै फिल्मको लगानी संकटमा पर्ने अनुमान गरिएको थियो । फिल्म व्यापार समीक्षक तरण आर्दशले पनि चलचित्रलाइ निराशापूर्ण भनेर टिप्पणी गरेका थिए ।

यसका बाबजुद कलंकले २०१९मा रिलिज भएका फिल्महरु मध्ये पहिलो दिन सबै भन्दा बढि कमाउने वर्षको पहिलो फिल्मको रेकर्ड बनाएको छ । पहिलो दिन फिल्मले २१.६० करोडको कमाइ गरेको थियो । चलचित्रले सातौ दिनसम्म सय करोडको आँकडा समेत पार नगरेको हुँदा बक्सअफिसमा चलचित्र असफल भएको छ ।

चलचित्रका मुख्य अभिनेता अभिनेत्री बरुण धवन र आलिया भट्टले चलचित्रको सफलता र असफलता जनता र दर्शकमा निर्भर हुने भनेर यसको असफलता स्वीकारिसकेका छन् ।

८० करोडको लागतमा निर्माण भएको फिल्म निर्माणदेखि नै करण जौहरका बुबा यश जौहरको ड्रिम प्रोजेक्टको रुपमा प्रचार गरिएको थियो । कलंकको कथावस्तु सन् १९४५ को समयको प्रेमकथामा आधारित छ । आलिया भट्ट र बरुण धवनका अलाबा फिल्ममा आदित्य राय कपुर, सोनाक्षी सिन्हा , माधुरी दीक्षित र संजय दत्तले अभिनय गरेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live