अर्थमन्त्री खतिवडा दिल्ली आउँदै

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता, नयाँ दिल्ली

अर्थमन्त्री डा. युवराज खतिवडा यही बुधबार नयाँ दिल्ली आउँदैछन । विहिबारदेखि शुरु हुने इन्डिया इकोनोमिक समिट–२०१९(भारत आर्थिक सम्मेलन) मा भाग दिन खतिवडा दिल्ली आउन लागेका हुन् । नयाँ दिल्लीको सरदार पटेल मार्ग, डिप्लोमेटिक इन्क्लेभ स्थित ताज प्यालेसमा विहिबार उदघाटन हुने दुइ दिने सम्मेलनको साँझको अर्थमन्त्री स्तरीय सत्रमा खतिवडाले भाग लिनेछन् ।

सम्मेलनमा सहभागी हुनु अघि अर्थमन्त्री खतिवडा र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीच द्धिपक्षिय भेटवार्ताको कार्यक्रम तय भएको छ । शुक्रबार नै अर्थमन्त्रीद्धयको भेटघाट तय भएको नयाँ दिल्ली स्थित दूतावास श्रोतले जनाएको छ ।

अर्थमन्त्री खतिवडाको अन्य राजनीतिक भेटघाटको तयारी पनि गरिरहेको दूतावास श्रोतले जनाएको छ । अर्थमन्त्री खतिवडा आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको पनि दूतावास श्रोतले जानकारी दिएको छ ।

अर्थमन्त्रीको जिम्मेबारी संभालेपछि खतिवडा दोश्रो पटक दिल्ली आउन लागेका हुन् । यस अघि इन्डिया फाउन्डेसनले १४–१६ मार्च २०१८(३०फागुन–२ चैत्र २०७४)मा आयोजना गरेको ‘प्रतिआतंकबाद सम्मेलन २०१८’मा भाग लिन एक दिनकालागि उनी दिल्ली आएका थिए । त्यसको उदघाटन सत्रमा मुख्य वक्ताको रुपमा उनले सम्बोधन गरेका थिए ।

सम्मेलनलाइ बंगलादेशकी प्रधानमन्त्रीले सह अध्यक्षता गर्ने

सम्मेलनलाइ बंगलादेशकी प्रधानमन्त्री शेख हसीना र टेनिस खेलाडी तथा दक्षिण एशियाकालागि युएन वुमन गुडविल एम्बेसेडर सानिया मिर्जाले सह अध्यक्षता गर्ने कार्यक्रम रहेको छ । नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हसिनाबीच द्धिपक्षिय भेटघाट हुने तय भएको बुझिएको छ ।
यसअघि संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको क्रममा न्यूयोर्कमा पनि मोदीले समकक्षी हसिनासँग भेटवार्ता गरिसकेका छन् ।सम्मेलनमा सहभागी हुन हसिना पनि विहिबारै नयाँ दिल्ली पुग्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा सिंगापुरका उपप्रधान तथा अर्थमन्त्री हेंग स्वीट केट , अपोलो अस्पताल इन्टरप्राइजकी कार्यकारी उपाध्यक्ष शोभना कामिनेनि, बुकिंग डट कमकी अध्यक्ष गिलियन टान्स , सिक्वोइया क्यापिटल्सका प्रबन्ध निर्देशक शैलेन्द्र सिंहले समेत सह अध्यक्षता गर्नेछन् ।

यही अक्टोबर ३–४मा हुन लागेको सम्मेलन जेनेभा स्थित विश्व आर्थिक मंच(वल्र्ड इकोनोमिक फोरम), भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय तथा भारतीय उद्योग परिसंघ(सीआईआई)को सहकार्यमा हुन लागेको हो । ‘इनोभेटिंग फर इन्डियाः स्ट्रेन्थिंग साउथ एशिया, इम्प्याक्टिंग दि वल्र्ड’, समिटको नारा रहेको छ ।

डब्लुईएफका अनुसार यो समिटमा चारवटा विषयगत स्तम्भमा क्षेत्रीय महत्वका रणनीतिक मुद्दाहरुलाइ सम्बोधन गरिनेछ । नयाँ भुराजनीतिक यथार्थ र नयाँ सामाजिक, परिस्थिति र प्राविधिक प्रणाली । दक्षिण एशियाली मुलुक तथा आसियान सदस्य मुलुकहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न यो सम्मेलन केन्द्रित रहने बुझिएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live