नेपाल–भारतबीच विश्वासको सम्बन्ध पक्का भयोःमोदी

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भिडियो लिंकबाट  ओलीलाइ सम्बोधन गर्दै के भने मोदीले?

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीच विश्वासको सम्बन्ध पक्का भएको बताएका छन् । भारतको मोतीहारीदेखि नेपालको हेटौडा नजिकैको अमलेखगन्ज सम्म तयार पारिएको पेट्रोलियम पाइपलाइनको भिडियो लिंकबाट रिमोट उदघाटनपछि प्रधानमन्त्री के.पी शर्मा ओलीलाइ सम्बोधन गर्दै दिएको भिडियो सन्देशमा उनले दुइ मुलुकबीच विश्वासको आधार पक्का भएको बताएका छन् । उनले द्धिपक्षिय परियोजनाहरु समयमै सम्पन्न गराउनेमा दुवै मुलुकका उच्च राजनीतिक तहले लिएको निर्णयको परिणाम सामुन्ने देखिएको भन्दै मोदीले भने, ‘पछिल्लो केहि वर्षमा हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता आएको छ र नियमित सम्पर्कमा बसेका छौं । पछिल्ला डेढ वर्षमा हामीले चार पटक भेट गरयौं । यो भेटघाटले आपसी विश्वास पक्का भएको छ र परस्पर हितको आधारमा हाम्रो साझेदारी बलियो भएको छ ।’
उनले नेपालको प्राथमिकता अनुसारको विकासको मोडेलमा भारत सरकारको प्रतिवद्धता पनि पून दोहरयाएका छन् । ‘मलाइ आशा छ कि हाम्रो भागीदारीलाइ अझ व्यापक बनाउदै विविध क्षेत्रमा आफनो साझेदारीलाइ थप गहिरो बनाउन द्रुत गतिमा अगाडि बढनेछौं । नेपालको प्राथमिकता अनुसार विकासमा सहयोगकालागि भारत सरकारको प्रतिवद्धता म पून एक पटक दोहराउन चाहन्छु,’ मोदीले भने ।
उनले प्रधानमन्त्री ओलीको उत्तम स्वास्थ्यको कामना पनि गरे । ओली दिएको नेपाल भ्रमणकोलागि निमन्त्रणा आफ्नोलागि महत्वपूर्ण भएको भन्दै चाडै नै नेपाल आउन इच्छुक रहेको समेत बताए । उनले भने, म सधै तपाईैको उत्तम स्वास्थ्य,अभुतपूर्व सक्रियता र भारत नेपाल सम्बन्धलाइ जोडनकालागि हर प्रकारले धेरै धेरै शुभकामना दिन चाहन्छु । तपाइले मलाइ पून एक पटक नेपाल आउनकालािग दिनुभएको निमन्त्रणलाइ महत्वपूर्ण मान्दछु । तपाईहरुबीच र प्रकृतिको काखमा आउन मेरो पनि इच्छा छ ।’

अरु के के भने प्रधानमन्त्री मोदीले ? प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो लिंकबाट दिएको भाषणको बुँदागत सार

 नेपालमा हाम्रो द्धिपक्षिय साझेदारीको परियोजनाको भिडियो लिंकको माध्यमद्धारा रिमोट उदघाटन गर्न पाउँदा मलाइ अत्यन्त खुशी लागको छ । २०१९मा तपाइको भारत यात्राको अवसरमा सम्पन्न परियोजनाको चाँडो उदघाटन गर्ने सहमतिमा हामी पुगेका थियौं । मलाइ खुशी लागेको छ हाम्रो संयुक्त प्रयासले हाम्रा द्धिपक्षिय परियोजनाले प्रगति गरेका छन् । आज हामी मोतीहारी अमलेखगन्ज पाइपलाइनको संयुक्त उदघाटनमा भाग लिइरहेका छौं ।

 भारत र नेपालको बीच सदियौं पुरानो पारिवारिक र साँस्कृतिक सम्बन्ध छ । यो जन जनबीचको सम्बन्ध हाम्रो द्धिपक्षिय परियोजनाको आधार हो । पछिल्लो केहि वर्षमा हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता आएको छ र नियमित सम्पर्कमा बसेका छौं । पछिल्ला डेढ वर्षमा हामीले चार पटक भेट गरयौं । यो भेटघाटले आपसी विश्वास पक्का भएको छ र परस्पर हितको आधारमा हाम्रो साझेदारी बलियो भएको छ । विकासकालागि हाम्रो साझेदारीलाइ थप सक्रिय बनाउन र नयाँ नयाँ क्षेत्रमा सहयोगलाइ अझ बढाउन हामीले नयाँ अवसरको लाभ पनि उठाएका छौं ।

 हाम्रो संयुक्त प्रयासले हाम्रा जनताको विकास होस र उनीहरुलाइ फाइदा पुगोस हाम्रो चाहना हो । त्यसैले समयमै परियोजना सम्पन्न गराउनु दुवै सरकारको प्राथमिकता बनेको छ । पछिल्लो पाँच वर्षमा हामीले महत्वपूर्ण द्धिपक्षिय परियोजना सम्पन्न गरेका छौं । कैंयो अन्य प्रयासहरुको परिणाम हामीले छिटो प्राप्त गरेका छौं ।

 अघिल्लो वर्ष हामीले संयुक्त रुपमा पशुपतिनाथ धर्मशाला र आइसिपी बीरगंजको उदघाटन गरेका थियौं । मोतीहारी अमलेखगन्ज पाइपलाइनको ग्राउण्ड बं्रेक्रिग पनि अघिल्लो वर्ष नै भएको थियो । यो एकदकै संतोषको विषय हो ।

 दक्षिण एशियाली क्षेत्रको पहिलो क्रस बोर्डर पाइपलाइन निर्धारित समयमा पुरा भएको छ । जति अपेक्षा गरिएके थियो त्यसको आधासमय भन्दा अगाडि नै पुरा भएको छ । यसको श्रेय तपाइको नेतृत्वलाइ , नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासलाइ जान्छ ।

 यो पाइपलाइनबाट प्रत्येक वर्ष २ लाख मेट्रिक टनको क्लिन पेट्रोलियम पदार्थ सुपथ मूल्यमा नेपालको जनतालाइ प्राप्त हुनेछ । उदघाटनसँगै पेट्रोलियम पदार्थको मूल्य कम गर्ने घोषणा गर्नुभयो मूल्य कम गर्ने घोषणा गरिदिनुभयो । यो नेपाली जनताको भलाइकालागि भएको हो । नेपालको जनताको भलाइको यो कार्यमा हामीलाइ पनि साक्षी बन्ने अवसर पायौं यो आफैमा ठूलो सन्तोषको विषय हो ।

 २०१५को विनाशकारी भुकम्पपछि जब नेपालको पूननिर्माणको जिम्मा लिएका थियौ । भारतले छिमेकी र निकट मित्रका नाताले सहयोगको हाथ अगाडि बढायो । मलाइ खुशी छ कि नेपालको गोर्खा र नुवाकोट जिल्लामा आपसी सहयोगले पून घर बसेको छ । तपाईले यसबारे निकै गर्वका साथ उल्लेख गरिदिनुभयो त्यसकोलागि म तपाइप्रति आभारी छु । यसको कारण आम जनताले घर पाएका छन् । आशा गर्छु कि यो परियोजनाको संयुक्त उदघाटन गर्ने सौभाग्य पनि छिटै नै प्राप्त गर्नेछु ।

 हामीले आफ्नो साझेदारी लाइ थप बढाउनकालागि एक महत्वकांक्षी एजेन्डा निर्धारित गरेका छौं । मलाइ खुशी छ कि हामी आफ्ना सहयोगका सबै क्षेत्रमा संतोषजनक रुपमा प्रगति गरिहरेका छौं । हाम्रा विदेशमन्त्रीहरुले काठमाडौं भर्खरै सम्पन्न बैठकमा परियोजनाहरुको प्रगतिको बारेमा छलफल गरेका छन् । मलाइ आशा छ कि हाम्रो भागीदारीलाइ अझ व्यापक बनाउदै विविध क्षेत्रमा आफनो साझेदारीलाइ थप गहिरो बनाउन द्रुत गतिमा अगाडि बढनेछौं ।

नेपालको प्राथमिकता अनुसार विकासमा सहयोगकालागि भारत सरकारको प्रतिवद्धता म पून एक पटक दोहराउन चाहन्छु । तपाइले यस महत्वपूर्ण कार्यकालागि भिडियो लिंकको माध्यमबाट जोडनकालागि समय निकाल्नुभयो मलाइ निकै खुशी लागेको छ।

म सधै तपाईैको उत्तम स्वास्थ्य अभुतपूर्व सक्रियता र भारत नेपाल सम्बन्धलाइ जोडनकालागि हर प्रकारले म धेरै धेरै शुभकामना दिन चाहन्छु । तपाइले मलाइ पून एक पटक नेपाल आउनकालािग दिनभएको निमन्त्रणलाइ महत्वपूर्ण मान्दछु । मेरो पनि इच्छा छ तपाइहरुबीच र प्रकृतिको काखमा आउन ।

माेदीकाे सम्बाेधनकाे भिडियाे लिंक


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live