‘नेपाल भारत सम्बन्ध कनेक्टिभिटिको नयाँ चरणमा प्रवेश’

तस्वीरःएनआईबि डट कम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल भारत सम्बन्ध कनेक्टिभिटिको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन रिमोट उदघाटनका साक्षी बन्ने अवसर पाएका राजदूत आचार्यले यो उदघाटनले दुई देशबीचको सम्बन्ध कनेक्टिभिटिको नयाँ चरणमा पुगेको बताए । ‘यो उदघाटन पछि नेपाल भारत सम्बन्ध कनेक्टिभिटिको नयाँ चरणमा प्रवेश गरेको छ । यसले अन्य ऊर्जा, सडक लगायतका क्षेत्रका कनेक्टिभिटिका परियोजनाहरुकालागि पनि उदाहरण स्थापित गरेको छ ।’, नयाँ दिल्ली स्थित दूतावासमा कुरा गर्दै राजदूत आचार्यले भने ।

राजदूत आचार्यले निर्धारित समय भन्दा निकै अगाडि सम्पन्न यो परियोजनाले आयोजना पुरा हुन वर्षो समय लाग्ने प्रवृतिलाइ जवाफ दिएको बताए । उनले परियोजना सीमा वारपारको मात्र नभएकर दक्षिण एशियाकै पहिलो हुनु आफैमा महत्वपूर्ण भन्दै यसले नेपाल भारत सम्बन्धलाइ नयाँ उचाइमा पुरयाउने दुवै देशको प्रतिवद्धतालाइ पुष्टि गरेको उल्लेख गरे । ‘यो उदघाटनले नेपाल भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने दुवै देशको प्रतिवद्धता पुष्टि गरेको छ ’, आचार्यले थपे ।

यसअघि भारतीय सहयोगमा थालिएका परियोजनाहरु समयमा पुरा नहुने उदाहरण नै बनिसकेको थियो । भारतमै पनि दक्षिण एशियाली मुलुकहरुमा भारतीय सहयोगका परियोजनाहरु समयमा सम्पन्न गर्न नसक्नुलाइ छिमेकीहरुसँगको सम्बन्धको असफलताको मुख्य कारक मान्दै विश्लेषण भइरहेको छ ।

नाकाबन्दी पछि नेपाल भारत सम्बन्धमा विश्वासको संकट गहिरिएको थियो । भारतीय राजनीतिक र कुटनीतिक विफलताको रुपमा नाकाबन्दी बारे नेपाल र भारत दुवै देशमा आलोचना भएको थियो । नाकाबन्दीलाइ भारतीय पक्षको ठूलो ब्लन्डर मानेर भारतमै पनि एकथरि वर्गले कडा आलोचना गरेका थिए । त्यही बीचमा चीनले नेपालमा थालेका परियोजनाहरु समय अगावै सम्पन्न गर्न थालेपछि भारतीय पक्षको पनि तातेका हुन । त्यसपछि नेपालसँगको सम्बन्ध सुधारकालागि राजनीतिक नेतृत्व नै गम्भीर भएर लागेको देखियो । नेपाल सँगको सम्बन्ध मोदीको प्रत्यक्ष हस्तक्षेपबाटै सुधार गर्ने प्रयास स्वरुप नेपालमा उच्च राजनीतिक भेटघाट, द्धिपक्षिय संयन्त्रहरुको सक्रियता बढाइएको छ । राजदूत आचार्यले उच्च राजनीतिक तहका सम्बन्धहरुको घनिष्टता बढदै गएको कुरालाइ मोदी स्वंयले स्वीकार गरेको बताए ।

तस्वीरमा देखिए अनुसार उदघाटनको रिमोट थिच्ने क्रममा नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओलीका पछाडिको लाइनमा भारतीय राजदूत मन्जीव सिंह पुरी बसेका थिए । तर नयाँ दिल्लीमा प्रधानमन्त्री निवास लोककल्याण मार्ग स्थित प्रधानमन्त्री मोदी निवासबाट गरिएको उदघाटनमा नेपाली राजदूत आचार्य भने मोदीको समानान्तर बसाइएका थिए । यसलाइ सामाजिक संजालमा मोदीको उदारता भनेर प्रशंसा पनि गरिएको थियो ।

यसबारे प्रतिक्रिया लिन खोज्दा आचार्यले यो ऐतिहासिक उदघाटनको साक्षी बन्न पाउँदा खुशी लागेको बताउँदै भने, ‘यो आकस्मिक अवसर थियो तर घटना महत्वपूर्ण हुन्छ ।’


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live