‘हिन्दू राष्ट्र बनाउन नेपाली जनता निर्णायक’

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रिय स्वंय सेवक संघ(आरएसएस) र अन्तराष्ट्रिय पत्रकारहरुबीच दिल्लीमा पहिलो पटक भएको प्रत्यक्ष संवाद 

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वंयसेवक संघ(आरएसएस)का प्रमुख मोहन राव भागवतले धर्मनिरपेक्षतालाइ सम्बन्धित मुलुकको निर्णयको अधिकारको रुपमा लिनुपर्ने बताए । नयाँ दिल्लीमा अन्तराष्ट्रिय पत्रकारहरुसँग पहिलो पटक प्रत्यक्ष संवादमा सहभागी भएका भागवतले भने,‘ कुनै राष्ट्रले आफ्नो मुलुकलाइ धर्मनिरपेक्ष घोषणा गर्छ भने त्यहाँ कुनै पनि विवादको स्थान नै हुँदैन् । त्यो सम्बन्धित मुलुकको निर्णय गर्ने अधिकार हो ।’

हिन्दूत्वका कट्टर समर्थक भागवतले धर्मनिरपेक्ष नेपाल राष्ट्रप्रति आरएसएसको धारणा बारेकोे जिज्ञासामा स्पष्ट पारेका हुन् ।  हिन्दू राज्य भनेको साँस्कृतिक अवधारणा हो,उनले भने । २०७२ साल असोज ३ गते (२०१५सेप्टेम्बर २०) जारी नयाँ संविधानले नेपाललाइ धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि भारतले आपत्ति जनाउँदै आएको परिवेशमा आरएसएस प्रमुखले यस्तो धारणा राखेका छन् ।

तर नेपाललाइ पून हिन्दू राष्ट्र बनाउनकालागि आरएसएसले अप्रत्यक्ष रुपमा दबाब दिइरहेको भन्ने विश्लेषण हुने गरेको छ । नेपाली राजनीतिमा पछिल्लो समय प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसभित्र पनि हिन्दू राज्यको पक्ष र विपक्षमा लबिंग तीब्र भएको हुँदा पनि यो विश्लेषण स्वभाविक भएको छ ।

ढुलपुले नीति लिएका कोइराला परिवारले अन्तत जोडतोडका साथ हिन्दू राज्यको पक्षमा वकालत गर्न शुरु गरेका छन् । पार्टीभित्रै उपसभापति विमलेन्द्र निधि एकोहोरो रुपमा यसको विपक्षीको रुपमा देखिएका छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र हिन्दुवादी संगठनहरुले खुलेरै हिन्दू राज्यको पक्षमा लबिंग शुरु गरिसकेका छन् ।

यता भारतमा केहि समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाललाइ पून हिन्दू राज्य बनाउनु पर्छ भनेर दिएको अभिव्यक्ति बाहिरिएपछि नेपालको धर्मनिरपेक्षतामाथि भारत सहज नरहेको भन्ने विश्लेषण पून हुन थालेको छ ।

बीजेपीको पहिलो कार्यकालमा धर्मनिरपेक्ष बनाइएको नेपाललाइ दोश्रो कार्यकालमा पून फर्काउने अभियानमा आरएसएसको लबिंग तीब्र भएको आरोप समेत धर्मनिरपेक्षताका समर्थकहरुले लगाउँदै आएका छन् । बीजेपी नेतृत्वको सरकारले प्रत्यक्ष रुपमा संविधानलाइ स्वीकार नगरेको हुँदा पनि यस्ता आँकलनहरु स्वभाविक भएका छन् । तर भागवतले भने यसलाइ सिधै खारेज गरेका छन् ।

उनले भने , ‘संघले नेपालमा कुनै पनि दबाब दिएको छैन र दिदैन पनि । आरएसएसका गतिविधिहरु भारतभित्र मात्र सीमीत छ , यसले आन्तरिक रुपमा आफ्ना शाखा बिस्तार गर्छ । नेपाल औपचारिक रुपमा अलग्ग मुलुक हो । नेपालमा भइरहेको क्रियाकलापमा आरएसएसको कुनै सरोकार छैन् । नेपालको भाग्य र भविष्य तय गर्ने अधिकार नेपाली जनतामा निहित रहेको छ । नेपाली जनता यसका निर्णायक हुन् ।’

भारतीय जनता पार्टीको बलियो स्तम्भ मानिने आरएसएसका प्रमुख भागवतले आरएसएस गैरराजनीतिक उद्धेश्यबाट परिचालित संस्था रहेको स्पष्ट पारे । उनले भने , ‘नेपालमा हिन्दू स्वयंसेवक संघ सक्रिय रहेको छ जसलाइ नेपालीहरुले नै संचालन गरेका छन् । उनीहरुको आफ्नै संरचना र स्वरुप रहेको छ । नेपालमा लोकतन्त्र छ , राजनीतिक प्रोपोगान्डाकालागि हुनसक्छ उनीहरुले क्रियाकलापहरु गरिरहेका छन् तर त्यसको आरएसएस सँग कुनै सम्बन्ध र सरोकार छैन् । ’

आरएसएस प्रमुखले संघ र सरकारबीच आवश्यक परेको भन्दा बाहेक उति साह्रो सक्रिय भेटघाट नहुने बताए । सरकारले माँगेको खण्डमा सुझाव दिन्छौ र सरकारले गरेका निर्णयहरुमा समर्थन जनाउने पनि संघको नीति रहेको स्पष्ट पारे । ‘आरएसएसका स्वयंसेवक सरकारमा जान्छन तर यसको सरकारले गर्ने निर्णयहरुमा चासो र हस्तक्षेप हुँदैन् ,भागवतले थपे ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live