भारतको बाटो भएर विदेश जाँदै हुुनुहुन्छ ? दुतावासको यो सुचना पढनुस है …

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

तपाई भारतको विमानस्थल भएर तेश्रो मुलुक जान लाग्नुभएको छ भने दूतावासको एनओसि(नो अब्जेक्सन सर्टिफिकेट) लिन नबिर्सनुस । हुनत यो एनओसि अनिवार्य लागु भएको वर्षदिन बढि भइसक्यो तर नेपाल सरकारले भर्खरै यसबारे औपचारिक रुपमा सुचना जारी गरेको छ । दूतावासले एनओसीकालागि आवश्यक पर्ने कागजात सहितको सुचना मंगलबार जारी गरेको छ ।

भारत भएर तेश्रो मुलुक यात्रा गर्ने साधारण राहदानीवाहक नेपालीहरुकालागि भारतीय इमिग्रेसनमा आवश्यक पर्ने नो अब्जेक्सन लेटर(एनओसी) बारे जानकारी नभएर बिचल्लिमा परेका नेपालीहरुको गुनासो र आक्रोश बढेपछि बल्ल नेपाल सरकारका तर्फबाट सुचना जारी भएको हो । एनओसीकालािग अनलाइन सेवा समेत रहेको जानकारी दूतावासले दिएको छ ।

 

हुनत भारतको हवाइ तथा सामुद्रिक बाटो हुँदै अबैध रुपमा वैदेशिक रोजगारीमा नेपालीहरु जाने क्रम बढेपछि त्यसलाइ रोक्नकालागि नेपाल सरकारले नेपाली राहदानीवाहकलाइ साउदी अरेयिबा,कुवेत,बहराइन,ओमान,युएई,मलेशिया,लेबनान र कतारमा जानकालागि प्रतिबन्ध लगाएको थियो । तात्कालिन सरकारको निर्णय अनुसार नेपाली दूतावासले भारतको विदेश मन्त्रालय सहित अध्यागमन विभाग र विमानस्थल प्राधिकरणलाइ एनओसी बिना उडन नदिकालागि पत्राचार गरेको थियो ।

तर यी प्रतिबन्धित मुलुकबाहेक अन्य मुलुकको बाटो प्रयोग गरेर अवैध रुपमा मानव तस्करी हुने क्रम नरोकिएपछि भारत सरकारले सबै मुलुककालागि एनओसि अनिवार्य गरयो । तर नेपाल सरकार तथा दूतावासले औपचारिक रुपमा सुचना जारी गर्न गरेको आलटालका कारण कयौं नेपालीहरुले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बल्ल दूतावासले सुचना जारी गरेको छ ।

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live