दुई रुपैयाँमा महिला सुरक्षा, सिक्का हाल्नुस ‘स्यानिटरी प्याड’ लिनुस

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खानेपानी मन्त्रालयले छैटौँ अन्तर्रा्ष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा महिनावारीको समयमा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको प्रयोग मन्त्रालयको भवनबाटै शुरु गरेको छ ।
खानेपानीमन्त्री बिना मगरले महिलालाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिन राखिएको जनाएकी छन् । दुई रुपैयाँको सिक्का राखेपछि उक्त मेसिनबाट प्याड आफैँ निस्कन्छ । मन्त्रालयमा कार्यरत महिला कर्मचारी र काम विशेषले आउने जो कोही महिलाले समेत प्याड प्रयोग गर्न सक्नेछन् ।
मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ । मेसिनको शुरुआत गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयमा राख्दै लगिने बताइन् ।
मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत यो मेसिन जडान गरेको छ । त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ स्थानमा महिला तथा अपाङ्गमैत्री ‘स्मार्ट’ शौचालय बनाउने तयारीसमेत गरेको छ । यी स्मार्ट समेत यस्ता प्याड मेसिन राखिने विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले जानकारी दिइन् । –राससबाट सम्पादित


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live