दिल्लीमा एक नेपाली बालकको उद्धार

भेट्टाइएका बालक कमल रोका मगर परिवारका साथमा , साथमा अखिल भारत नेपाली एकता मन्चका सदस्यहरु । तस्वीरःअखिल भारत नेपाली एकता मंच,नयाँ दिल्ली

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतको हरियाणा राज्यको गुरुग्राममा हराइरहेका एक नेपाली बालक फेला पारिएको छ । दश वर्षीय कमल रोका मगरको खोजी गरि उनका परिवारको जिम्मा लगाइएको छ । रोजगारीको सिलसिलामा कैलाली सहनपुरबाट गुरुग्राम आएर बसोबास गरिरहेका नेपालको कैलाली जिल्ला सहनपुर गाविस वडा नं२ का खड़क बहादुर रोका मगर र ललिता देबि रोका मगरका एक्लो छोरा कमल केहि दिनदेखि परिवारसँग सम्पर्क विहिन थिए ।

बालकलाइ प्रवासी नेपालीहरुको एक संघसंस्था र गुरुग्राम नगर समिति र प्रहरीको सक्रियतामा फेला पारिएको हो । गुरुग्राम रेल्वे स्टेसन नजीकै रहेका एक नेपाली नाइ (कपाल काटने व्यक्ति) व्यवसायी नजिकै भेटाइएको हो । पूर्व माओवादी पाटी निकट संगठन अखिल भारत नेपाली एकता मन्चका सदस्यहरुको सक्रियतामा बालकको उद्धार गरिएको हो । गुरुग्राम सेक्टर ५स्थित प्रहरी थानाका अधिकारीहरुको उपस्थितिमा बालकलाइ परिवारको जिम्मा लगाइएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live