अन्तत कश्मीर बारे नेपालले बोल्यो

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,काठमाडौं

भारत सरकारको जम्मु कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय बारे नेपाल सरकारको धारणा बाहिरिएको छ । नेपाल सरकारका परराष्टमन्त्री प्रदीप ज्ञवालीले कश्मीर घटनाक्रमलाइ नजीकबाट नियालिरहेको बताएका छन् । परराष्ट्रमन्त्रालयमा नेपाल भारत संयुक्त आयोगको काठमाडौमा बुधबारदेखि बस्ने दुइ दिने बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले कुटनीतिक चतुराइका साथ कश्मीर विवादले उत्पन्न क्षेत्रीय अस्थिरता र कश्मीरका विभिन्न ठाउँमा रहेका नेपालीहरुको सुरक्षामा चासो रहेको अभिव्यक्ति दिएका छन् ।
नेपाल सदैव छिमेक र क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै उनले कश्मिर बारे द्धिपक्षिय वार्ताबाट शान्तिको प्रयास हुनेछ भन्ने आफनो विश्वास रहेको धारणा व्यक्त गरे । उनले कश्मिरमा रहेका नेपालीहरु अवस्थाका बारेमा दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसँग निरन्तर समन्वय गरिहरेको जानकारी गराए ।

कश्मीरको विशेष दर्जा खारेज गर्ने भारतको निर्णयलाइ अमेरिका, रसिया , युएइ, लगायत दक्षिण एशियाली मुलुकहरुमा बंगलादेश,श्रीलंका,माल्द्धिभ्स,भुटान, अफगानिस्तानले भारतको आन्तरिक निर्णय भनेर अभिव्यक्ति दिइसकेका छन् । नेपालबाट पनि भारत सरकारले यस किसिमकै अभिव्यक्तिको अपेक्षा गरेको परराष्ट्र श्रोतले जानकारी दिएको छ । तर सार्क अध्यक्ष राष्ट्र भएको नाताले पनि यस किसिमको अभिव्यक्ति दिन नमिल्ने हुँदा अहिले नेपाल सरकार असमन्जसमा रहेको श्रोतले बताएको छ । त्यही भएर पनि कश्मीर बारे नेपालको धारणा आउन झण्डै दुइ साता लाग्यो ।

कश्मीर मुद्दा संयुक्त राष्ट्रसम्म

यसैबीच कश्मीर मुद्दा संयुक्त राष्ट्र सुरक्षा परिषद(युएनएससी) सम्म सम्म पुग्यो । गत शनिबार बन्द सत्रमा बसेको सुरक्षा परिषदको बैठकमा पाकिस्तानका अलाबा चीन बाहेक अन्य राष्ट्रहरुले छलफलमा उत्सुकता नै नदेखाएपछि यो बैठक बिना निष्कर्ष टुगिंएको छ । पाकिस्तानले कश्मीर मुद्दालाइ सुरक्षा परिषदमा छलफलकालागि आग्रह गरेका थिए । अनिर्णित यो बैठक पछि कश्मीर मामिलामा अन्तराष्ट्रिय समुदाय भारतको धारा ३७० र ३५ (क) हटाउने निर्णय प्रति तटस्थ रहेको देखिएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live