सभामुख महराले बुझाए राजीनामा

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं

संसदको तल्लो सदनका सभामुख कृष्ण बहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख(शिवमाया तुम्बाहाङफे)लाइ सम्बोधन गर्दै राजीनामा दिएका छन् । आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठाइ लगाइएको आरोप बारे सत्यतथ्य छानबीन गर्न सहयोग पुरयाउने भन्दै उनले राजीनामा दिएका छन् ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आइतबार महराले यौन दुव्र्यवहार गरेको आरोप लगाए पछि महराले राजीनामा दिएका हुन । ती महिलाले महराले उनको निवासमा गएर नै यौनदुव्र्यवहार गरेको आरोप लगाएकी हुन् । प्रारम्भमा महराको सचिवालयले प्रेस विज्ञप्ति जारी गरेर यसको खण्डन गरेको थियो भने महराले पनि यो आरोप गलत भएको बताएका थिए ।

तर आरोप लागिसकेपछि नैतिकताको आधारमा राजीनामा गरेर छानविनमा सहयोग पुरयाउन संचारमाध्यम र सामाजिक संजालमा दबाब बढन थालेपछि आकस्मिक रुपमा बसेको नेकपा सचिवालय बैठकले महरालाइ पदबाट राजीनामा गर्न सुझाव दिने निर्णय गरेको थियो । त्यसपछि महराको राजीनामा आएको हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live