दिल्लीमा वाणिज्य सन्धि पूनरावलोकनको तेश्रो बैठक बस्दै

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

नेपाल भारत वाणिज्य सन्धि पूनरावलोक सम्बन्धि  बैठक विहिबारदेखि नयाँ दिल्लीमा शुरु हुँदैछ । वाणिज्य सन्धि पूनरावलोक पूर्व बस्न लागेको यो तेश्रो चरणको बैठक हो । दुइ दिने बैठकमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको टोली सहभागी हुँदैछ ।

बैठकमा नेपाल भारतबीचको बढदो उच्च व्यापार घाटा न्यूनिकरणकालागि भंसारजन्य र गैरभंसारजन्य अवरोधहरु हटाउँदै पूर्वाधार सुदृढिकरणको विषयलाइ नेपाली पक्षले जोड दिने बुझिएको छ । दोश्रो चरणको बैठकमा छलफल भएका विषयहरुको प्रगति तथा प्रस्ताव गरिएका नाकाहरुका बारेमा सहमति जुटाउने प्रयास पनि यो बैठकमा गरिनेछ ।

यसबाहेक दोश्रो चरणको बैठकमा उठान भएका विषयका साथै नेपाल भारत व्यापार सन्धिको प्रत्येक धाराको हरेक बुँदामा छलफल हुने पनि बुझिएको छ । नेपाल भारत द्धिपक्षिय व्यापार सन्धि पछिल्लो पटक २००९मा संसोधन भएको थियो ।

नेपालले थोक कार्गो ढुवानी सुविधालाइ नेपाल भारत सीमाको अन्य भंसार विन्दुमा उपलब्ध गराउने विषयलाइ पनि यो बैठकमा प्रस्ताव गर्ने तयारी गरिएको छ ।कोलकात्ता, हल्दिया र विशाखापट्टनम बन्दरगाह मार्फत तेश्रो मुलुकबाट आयात गरिएको थोक कार्गो हालसम्म वीरगन्ज सीमा सम्म मात्र ढुवानी हुँदै आएको छ।

नेपालले भारतसँग थप समुद्री बन्दरगाह प्रयोग गर्न माँग गर्दै आएको छ । भारतले नेपाललाइ उडिसाको धामरा र गुजराताको मुन्द्रा बन्दरगाह प्रयोगकोलागि अनुमति दिन सक्ने संकेत दिएको थियो । यो अनुमतिमा सहमति भयो भने नेपालकालागि वैकल्पिक बन्दरगाह प्रयोगको बाटो खुल्नेछ ।

दुवै मुलुकको भंसार विन्दुहरुमा रहेको एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेक पोष्ट–आइसीटी) को अपग्रेडेसनलाइ पनि यो बैठकमा छलफल हुनेछ ।
नेपालले थप तीन नयाँ भन्सार नाका खोल्न गरेको प्रस्तावलाइ पनि यो वैठकमा प्रवेश गराउने तयारी गरेको छ । नेपालले दुइवटा बिहारसँग र एउटा उत्तर प्रदेश जोडिएको नाकालाइ नयाँ भंसार विन्दु कायम गर्न माँग गरेको छ ।

झापाको गौरीगन्ज–बिहारको फतेहपुर, नवलपरासीको त्रिवेणी– बिहारको वाल्मिकीनगर र कन्चनपुरको बेलौरी– युपीको खजुरिया नाकामा नयाँ भंसार विन्दु कायम गर्न नेपालले माँगेको छ । दोश्रो बैठकमा भारतीय पक्षले त्रिवेणी वाल्मिकीनगरकालागि नेपाल तर्फको पूर्वाधारको विकासकालागि कुरा राखेको थियो ।

भारतले भने मोरंगको मायागन्ज –बिहारको क्वाडि, झापा–दिघल बैंक(भारत), रौतहटको बंकुल(रौतहट)–भारतको झरोखर भन्सार नाका खोल्न जोड दिएको थियो र यसकालागि दुवै मुलकले संयुक्त सर्भे कमिटि बनाउन भारतीय पक्षले दिएको सुझावमा नेपाली पक्षले सकारात्मक समर्थन जनाएका थिए । यसको प्रगतिको समीक्षा पनि यो बैठकमा गरिनेछ ।  द्धिपक्षिय व्यापारकालागि भारतले तोकेको २२ वटा मार्ग खुला गरेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live