दिल्ली भ्रमण सकेर महान्याधिवक्ता खरेल काठमाडौं फर्किए

तस्वीर श्रोतःभारतीय दूतावास,काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवादददाता,नयाँ दिल्ली

महान्याधिवक्ता अग्नि खरेल र उनका भारतीय समकक्षी महान्याधिवक्ता के.के बेणुगोपालबीच बुधबार नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ । वेणुगोपालको कार्यकक्षमा भएको भेटमा दुइ मुलुकबीचको आपसी चासो र हितका अलावा कानुनी क्षेत्रमा आपसी सहयोगको कुराकानी भएको थियो ।

यसका अलावा महान्याधिवक्ता खरेलले भारतका कानुन तथा न्याय मन्त्री रविशंकर प्रसादसँग पनि भेटवार्ता गरेका थिए । यो भेटमा न्यायिक क्षेत्रमा आपसी सहयोगको प्रस्ताव खरेलले राखेकोमा मन्त्री रविशंकरले भारत त्यसकालागि सदैव तयार रहेको बताएको भेटमा सहभागी नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीले बताए । कानुनी क्षेत्रमा आपसी सहयोग अन्तर्गत न्यायिक तालिम तथा शैक्षिक छात्रवृतिकाबारे कुराकानी भएको थियो । भारतीय कानुन मन्त्रीले कुटनीतिक माध्यमबाट त्यसको प्रस्ताव ल्याउन सुझाव दिएको पनि रेग्मीले जानकारी दिए ।

महान्याधिवक्ता खरेलको नेतृत्वमा संघीय सरकार तथा सात प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय टोली साता व्यापी भ्रमणमा गत सोमबार दिल्ली आएका हुन । खरेल बुधबारै काठमाडौ फर्किएका छन् भने टोलीले आउँदो शनिबार सम्म भारतको विभिन्न ठाउँको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

भारतमा केन्द्र र राज्यको न्यायिक निकायबीचको व्यवस्था प्रणाली तथा न्यायिक निकायहरुको अध्ययन अवलोकन गर्न भारत सरकारको निमन्त्रणामा आएको टोलीले भारतको सर्वोच्च अदालत, दिल्लीे उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँ दिल्लि स्थित भारतीय विधि संस्थानद्धारा आयोजित एकदिने कार्यशालामा भाग समेत लिएको छ ।

राज्यको न्यायिक व्यवस्था अवलोकनका क्रममा टोली बुधबारदेखि शुक्रबार सम्म गुजरातको अहमदाबाद पुगेका छन् । गुजरात उच्च अदालत तथा त्यहाँका महान्याधिवक्तासँगको भेटघाटका साथै गान्धी नगर स्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालय(जीएफएसयु)मा एक दिने कार्यशालामा सहभागी हुनेछन् । टोली आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live